धन्यवाद दिँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धन्यवाद दिँदै

१ थेसलोनिकी 5 : 18
18 सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।

कलस्सी 3 : 17
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।

भजनसंग्रह 100 : 1 – 5
1 हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2 आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।
3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
4 उहाँको भवनका द्वारहरूभित्र धन्‍यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँलाई धन्‍यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
5 किनभने परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।

भजनसंग्रह 150 : 6
6 सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्‌! हल्‍लेलूयाह!

२ कोरिन्थी 9 : 7
7 अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।

१ इतिहास 29 : 10 – 20
10 दाऊदले सबै समुदायको उपस्‍थितिमा यसो भनेर परमप्रभुको प्रशंसा गरे: “हे हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वर, सनातनदेखि सनातनसम्‍म तपाईंको प्रशंसा होस्‌।
11 हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र ऐश्‍वर्य तपाईंकै हुन्, किनकि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्‍य तपाईंकै हो, अनि सबैमाथि तपाईं सर्वोच्‍च हुनुहुन्‍छ।
12 धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌।
13 अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।
14 “तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं।
15 हामी त तपाईंको दृष्‍टिमा विदेशी र प्रवासीहरू हौं, जस्‍ता हाम्रा पुर्खाहरू थिए। हाम्रा दिन यस पृथ्‍वीमा छायाजस्‍ता मात्र छन्‌ र हाम्रा निम्‍ति आशा छैन।
16 हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मानको निम्‍ति भवन बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र यी सबै तपाईंकै हुन्‌।
17 हे मेरा परमेश्‍वर, म जान्‍दछु कि तपाईं हृदयको जाँच गर्नुहुन्‍छ, र मनको सोझोपनादेखि तपाईं खुशी हुनुहुन्‍छ। साँचो हृदयले मैले राजीखुशीसित यी सबै दान तपाईंमा टक्र्याएको हुँ। यहाँ उपस्‍थित भएका तपाईंका प्रजाले राजीखुशीसित टक्र्याएको देख्‍दा अब मलाई आनन्‍द लागेको छ।
18 हे हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, तपाईंका प्रजाको यो अभिप्राय सधैँको निम्‍ति कायम राख्‍नुहोस्, र तिनीहरूका हृदयलाई तपाईंतिर खिँच्‍नुहोस्‌।
19 मेरा छोरा सोलोमनले तपाईंका आज्ञाहरू, तपाईंका धार्मिक-नियमहरू र तपाईंका विधिहरू भक्तिसाथ पालन गर्न अनुग्रह गर्नुहोस्, र तिनले ती सबै पूरा गर्न सकून्, र तिनले त्‍यो भवन निर्माण गर्न सकून्, जसको निम्‍ति मैले सबै कुरा तयार पारिराखेको छु।”
20 तब सारा समुदायतिर फर्केर दाऊदले भने, “अब परमप्रभु तिमीहरूका परमेश्‍वरको प्रशंसा गर।” यसैले सारा समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको प्रशंसा गरे। तिनीहरूले परमप्रभु र राजाको सामु घोप्‍टो परी साष्‍टाङ्ग दण्‍डवत्‌ गरे।

याकूब 1 : 17
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।

फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,

रोमी 12 : 1
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

मलाकी 3 : 10
10 सम्‍पूर्ण दशांश ढुकुटीमा ल्‍याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म स्‍वर्गका ढोकाहरू उघारेर पर्याप्‍त ठाउँ पनि नहुनेसम्‍मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

भजनसंग्रह 92 : 1
1 शबाथको निम्‍ति एक भजन [1] परमप्रभुको प्रशंसा गर्नु, र हे सर्वोच्‍च, तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो।

हिब्रू 13 : 15
15 यसकारण परमेश्‍वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्‍तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो।

१ शमूएल 16 : 7
7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”

हितोपदेश 31 : 30
30 सौन्‍दर्य भ्रमात्‍मक हुन्‍छ, र सुन्‍दरता उड़िजाने हुन्‍छ, तर परमेश्‍वरको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिनुपर्छ।

भजनसंग्रह 15 : 1 – 5
1 दाऊदको भजन [1] हे परमप्रभु, तपाईंको पवित्रस्‍थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्‍न पाउनेछ?
2 त्‍यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्‍य बोल्‍छ,
3 जसले आफ्‍नो जिब्रोले अरूको निन्‍दा गर्दैन, जसले आफ्‍नो छिमेकीको बिगार गर्दैन, र आफ्‍नो साथी-भाइको अपवाद फैलाउँदैन,
4 जसले भ्रष्‍ट मानिसलाई घृणा गर्दछ, तर परमप्रभुको भय मान्‍नेहरूलाई आदर गर्दछ, जसले आफ्‍नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बद्‌लँदैन,
5 जसले आफ्‍नो रुपियाँ व्‍याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।

भजनसंग्रह 9 : 11
11 सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्‍तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर।

भजनसंग्रह 147 : 7
7 धन्‍यवादका साथ परमप्रभुको स्‍तुति गाओ, वीणा बजाएर हाम्रा परमेश्‍वरको स्‍तुति गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *