यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् धनुष
उत्पत्ति 21 : 16
16 आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्” भनी त्यसले मनमा सोची। अनि हागार त्यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।
उत्पत्ति 21 : 20
20 परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दैगयो, र उजाड़-स्थानमा बसेर एक धनुर्धारी बन्यो।
२ शमूएल 22 : 35
35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन्।
अय्यूब 20 : 24
24 फलामका हतियारहरूको चोटबाट भागे तापनि, काँसाको टुप्पा भएको काँड़ले त्यसलाई छेड्नेछ।
भजनसंग्रह 18 : 34
34 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालीम दिनुहुन्छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्छन्।
इजकिएल 39 : 9
9 “‘तब इस्राएलका नगरहरूमा बस्नेहरू आउनेछन् र हतियारहरू— साना र ठूला ढालहरू, धनुहरू र काँड़हरू, युद्धका लाठाहरू र भालाहरू दाउराको निम्ति प्रयोग गर्नेछन्। सात वर्षसम्म तिनीहरूले ती जलाउनेछन्।
यशैया 13 : 18
18 उनीहरूका काँड़हरूले जवान मानिसहरूलाई हिर्काएर ढाल्नेछन्। उनीहरूले शिशुहरूलाई दया गर्नेछैनन्, न त उनीहरूले केटाकेटीहरूलाई दयाको दृष्टिले हेर्नेछन्।
विलाप 2 : 4
4 शत्रुले झैँ उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभएको छ, विरोधीझैँ उहाँ खड़ा हुनुभएको छ। आँखालाई मन पर्ने जति कुरा प्रिय थिए, ती सबैलाई उहाँले शत्रुलाई झैँ घात गर्नुभएको छ। सियोनकी छोरीको पालमा उहाँले आफ्नो रीस आगोझैँ पोखाउनुभएको छ।
इजकिएल 39 : 3
3 तब म तेरो देब्रे हातमा भएको धनुलाई हिर्काउनेछु र तेरो दाहिने हातमा भएका काँड़हरूलाई खसालिदिनेछु।
यर्मिया 49 : 35
35 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म एलामको धनु भाँचिदिनेछु, जो तिनीहरूका शक्तिको आधार हो।
उत्पत्ति 49 : 24
24 तैपनि त्यसको धनु दह्रो नै रह्यो, र त्यसका पाखुराहरू फूर्तिलै रहे, याकूबका परमशक्तिशालीको हातद्वारा, ती गोठाला, इस्राएलको चट्टानद्वारा,
अय्यूब 16 : 13
13 उहाँका धनुर्धारीहरू मेरा चारैतिर छन्, निर्दयतापूर्वक उहाँले मेरो मिर्गौला छेड्नुभयो। उहाँले मेरो पित्त भूइँमा पोखाउनुभयो।
अय्यूब 29 : 20
20 मेरो महिमा मसित सधैँ ताजा हुनेछ र मेरो हातमा धनु सधैँ नयाँ हुनेछ’।
भजनसंग्रह 78 : 57
57 तिनीहरू आफ्ना पुर्खाहरूझैँ बेवफादार र विश्वासघाती बने, र भर पर्न नसकिने बिग्रेको धनुझैँ भए।
विलाप 3 : 12
12 उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभयो, र मलाई नै काँड़को तारो बनाउनुभयो।
Leave a Reply