द्रष्टाहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् द्रष्टाहरू

१ कोरिन्थी 2 : 13
13 जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्‍दहरूमा होइन, तर पवित्र आत्‍माले सिकाउनुभएअनुसार हामी आत्‍मिक शब्‍दहरूमा आत्‍मिक सत्‍यताहरूको अर्थ खोल्‍दछौं।

आमोस 3 : 7
7 निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न।

२ इतिहास 9 : 29
29 सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्‍तकमा वर्णन गरिएका छैनन्‌ र?

व्यवस्था 4 : 2
2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्‍वरका आज्ञाहरू पालन गर्नू।

२ इतिहास 33 : 19
19 आफैलाई विनम्र तुल्‍याउन अघि तिनको प्रार्थना र परमेश्‍वरले कसरी तिनको अर्ज-बिन्‍ती ग्रहण गर्नुभयो, अनि तिनका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्‍बा र मूर्तिहरू— यी सबै दर्शीहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।

१ इतिहास 29 : 29
29 [29-30] दाऊद राजाको राज्‍यका घटनाहरू सुरुदेखि आखिरीसम्‍म, तिनको राज्‍यका पूरा-पूरा वर्णन, र तिनका वीरताका कामहरू, र तिनी र इस्राएल र संसारका अरू सबै देशमा बितेका घटनाहरू दर्शी शमूएल, अगमवक्ता नातान र दर्शी गादका पुस्‍तकहरूमा लेखिएका छन्‌।

२ इतिहास 12 : 15
15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म वंशावलीअनुसार शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्‍तकहरूमा लेखिएका छैनन्‌ र? रहबाम र यारोबामका बीचमा निरन्‍तर लड़ाइँ भइरह्यो।

२ पत्रुस 1 : 21
21 किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *