दोहोरो दिमाग भएको

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दोहोरो दिमाग भएको

याकूब 1 : 6 – 8
6 तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
7 त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।

याकूब 4 : 8
8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।

याकूब 1 : 8
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।

याकूब 1 : 22 – 25
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।

१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।

याकूब 4 : 7
7 यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ।

२ कोरिन्थी 7 : 1
1 यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्‍माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।

१ पत्रुस 4 : 12 – 13
12 प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्‍निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्‍तै तिमीहरू छक्‍क नपर।
13 तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक।

याकूब 1 : 22
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।

याकूब 4 : 3
3 तिमीहरू माग्‍छौ तर पाउँदैनौ, किनकि आफ्‍ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्‍छौ।

याकूब 1 : 1 – 27
1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन।
2 मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।
3 किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।
4 धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।
6 तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।
7 त्‍यस्‍तो मानिसले यो नसम्‍झोस्, कि उसले प्रभुबाट केही पाउनेछ।
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।
9 दीन अवस्‍थाको भाइले आफ्‍नो उच्‍च अवस्‍थामा गर्व गरोस्,
10 र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।
11 किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्‍छ। फूल झर्छ र त्‍यसको शोभा नष्‍ट हुन्‍छ। त्‍यसरी नै धनी मानिस पनि आफ्‍नै कामधन्‍धामा नष्‍ट भएर जान्‍छ।
12 त्‍यो मानिस धन्‍यको हो, जो आपत्‌-विपत्‌मा स्‍थिर रहन्‍छ, किनकि जाँचको सामना गरिसकेपछि त्‍यसले जीवनको त्‍यो मुकुट पाउनेछ, जो परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
13 परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।
16 मेरा प्‍यारा भाइ हो, धोकामा नपर।
17 हरेक असल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्‍तो उहाँमा कुनै हेरफेर हुँदैन।
18 उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
20 किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।
21 यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ।
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।
26 यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ।
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

२ कोरिन्थी 11 : 3
3 तर जसरी सर्पले आफ्‍नो चलाकीले हव्‍वालाई छल्‍यो, त्‍यसरी नै ख्रीष्‍टप्रतिका तिमीहरूको निष्‍कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन्‌ कि भनेर मलाई डर लागेको छ।

१ यूहन्‍ना 3 : 22
22 अनि हामी जे माग्‍छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं।

याकूब 2 : 8
8 यदि “आफ्‍ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र-धर्मशास्‍त्रको राजकीय व्‍यवस्‍थालाई साँच्‍चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।

२ कोरिन्थी 10 : 5
5 परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।

रोमी 6 : 22
22 तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्‍वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्‍यसको अन्‍त्‍यचाहिँ, अनन्‍त जीवन।

मत्ती 27 : 1 – 66
1 बिहान सबेरै, सबै मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले येशूलाई मृत्‍युदण्‍ड दिन भनी उहाँको विरुद्धमा सरसल्‍लाह गरे।
2 अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्‍पिदिए।
3 तब उहाँलाई पक्राउने यहूदाले उहाँमाथि दण्‍डाज्ञा भएको देखिकन पछुतो गर्‍यो, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूलाई चाँदीका तीस सिक्‍का फिर्ता दिन ल्‍यायो,
4 र भन्‍यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” तर तिनीहरूले भने, “हामीलाई के मतलब? तँ आफै जान्‌।”
5 तब चाँदीका ती सिक्‍काहरू मन्‍दिरमा फ्‍याँकेर त्‍यो गयो, र त्‍यसले झुण्‍डेर आत्‍महत्‍या गर्‍यो।
6 तर मुख्‍य पूजाहारीहरूले चाँदीका ती सिक्‍काहरू लिएर भने, “ढुकुटीमा यो राख्‍न उचित छैन, किनकि यो रगतको मोल हो।”
7 तिनीहरूले आपसमा सल्‍लाह गरेर त्‍यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने।
8 यसैकारण त्‍यो जमिन आजसम्‍म पनि रगतको जमिन कहलाइन्‍छ।
9 तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्‍का लिए, त्‍यस मूल्‍यको रूपमा, जुन मूल्‍य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए,
10 र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्‍ति तिनीहरूले दिए।”
11 येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”
12 अनि मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले उहाँमाथि दोष लगाए, तर उहाँले केही जवाफ दिनुभएन।
13 तब पिलातसले उहाँलाई भने, “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिँदैछन्, के तिमी सुन्‍दैनौ?”
14 तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्‍क परे।
15 निस्‍तार-चाड़मा भीड़ले चाहेबमोजिम हाकिमले एक जना कैदी छोडिदिने प्रथा थियो।
16 त्‍यस बेला बारब्‍बा नाउँ भएको एक जना कुख्‍यात कैदी थियो।
17 जब मानिसहरू भेला भए, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति कसलाई छोडिदिऊँ? बारब्‍बा कि ख्रीष्‍ट भनिने येशूलाई?”
18 किनभने तिनीहरूले येशूलाई डाहले नै सुम्‍पिदिएका हुन्‌ भनी तिनलाई थाहा थियो।
19 तब न्‍याय-आसनमा बसिरहेको बेला तिनकी पत्‍नीले यसो भनी खबर पठाइन्, “त्‍यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु।”
20 तर मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले बारब्‍बालाई छोडिदिने र येशूलाई मृत्‍युदण्‍ड दिने माग गर्न भनी मानिसहरूलाई सुर्‍याए।
21 हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्‍ति मुक्त गरिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?” तिनीहरूले भने, “बारब्‍बालाई।”
22 पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यो क्रूसमा टाँगिओस्‌।”
23 तिनले भने, “किन? तिनले के अपराध गरेका छन्‌ र?” तर तिनीहरू अझ बढ़ी यसो भन्‍दै चिच्‍च्‍याए, “त्‍यो क्रूसमा टाँगिओस।”
24 तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्‍चिन्‍छ भन्‍ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्‍ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।”
25 सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्‍तानमाथि परोस्‌।”
26 तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए।
27 तब हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे, र जम्‍मै पल्‍टनलाई उहाँको सामुन्‍ने भेला गराए।
28 तिनीहरूले उहाँको वस्‍त्र फुकालेर उहाँलाई लाल वस्‍त्र लगाइदिए।
29 तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”
30 तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए।
31 उहाँको गिल्‍ला गरिसकेपछि तिनीहरूले त्‍यो वस्‍त्र फुकालिदिए, र उहाँको आफ्‍नै वस्‍त्र पहिराएर उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे।
32 जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्‍यसलाई उहाँको क्रूस बोक्‍न कर लाए।
33 जब तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्‍थान भनिन्‍छ,
34 तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्‍यो पिउन चाहनुभएन।
35 तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्‍त्रहरू आपसमा बाँड़े।
36 तब त्‍यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे।
37 “येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए।
38 उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्‍ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि।
39 त्‍यहाँबाट आउने-जानेहरूले आ-आफ्‍नो मुन्‍टो हल्‍लाएर उहाँको गिल्‍ला गरे,
40 र भने, “ए मन्‍दिर भत्‍काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज।”
41 मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने,
42 “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं।
43 यसले परमेश्‍वरमा भरोसा राख्‍छ। परमेश्‍वरले यसलाई चाहनुहुन्‍छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्‍वरको पुत्र हुँ,’ भनी भन्‍थ्‍यो।”
44 अनि उहाँसँग क्रूसमा झुण्‍ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।
45 अब मध्‍याह्नदेखि तीन बजेसम्‍म सारा देशमा अन्‍धकार भयो।
46 तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”
47 त्‍यहाँ उभिएकाहरूमध्‍ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।”
48 तिनीहरूमध्‍ये एक जनाले झट्टै दगुरेर गई एउटा स्‍पन्‍ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो।
49 तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन्‌ कि?”
50 तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्‍नो आत्‍मा त्‍याग्‍नुभयो।
51 त्‍यसै घड़ी मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो, र जमिन काँप्‍न लाग्‍यो, र चट्टानहरू फुटे।
52 चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्‍तहरूका मृत शरीर जीवित भई उठे,
53 र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।
54 जब कप्‍तान र तिनीसँग येशूलाई रुँग्‍नेहरूले भूकम्‍प र त्‍यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्‍चै, यिनी परमेश्‍वरका पुत्र रहेछन्‌।”
55 त्‍यहाँ गालीलबाट आएका धेरै स्‍त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए।
56 तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्‍दियाका छोराहरूकी आमा थिए।
57 साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्‍वयम्‌ येशूका चेला थिए।
58 तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे।
59 योसेफले मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे,
60 र तिनले चट्टानमा खोपेर बनाएका आफ्‍नै नयाँ चिहानमा त्‍यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए।
61 चिहानको सामुन्‍ने मरियम मग्‍दलिनी र अर्की मरियम पनि बसिरहेका थिए।
62 भोलिपल्‍ट, अर्थात्‌ तयारीको दिनको भोलिपल्‍ट, मुख्‍य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए,
63 र भने, “हजूर, हामीलाई याद छ, कि त्‍यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्‌नेछु’ भनेको थियो।
64 यसकारण तेस्रो दिनसम्‍म त्‍यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस्, नत्रता त्‍यसका चेलाहरूले आएर त्‍यो चोरेर लैजालान्, र ‘त्‍यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्‍नेछन्, र त्‍यो पछिल्‍लो धोका पहिलोभन्‍दा अझ नराम्रो हुनेछ।”
65 पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्‍नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्‍म सुरक्षित राख।”
66 तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।

मत्ती 5 : 5
5 धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌।

रोमी 8 : 28
28 हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ।

भजनसंग्रह 103 : 1 – 22
1 दाऊदको भजन [1] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌।
2 हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, र उहाँका सबै उपकारहरू नबिर्सी—
3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ, र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,
4 जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्‍छ, र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्‍छ,
5 जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ, ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌।
6 थिचोमिचोमा परेकाहरू सबैका निम्‍ति परमप्रभुले धार्मिकता र न्‍यायको काम गर्नुहुन्‍छ।
7 उहाँले मोशालाई आफ्‍ना मार्ग, र इस्राएलीहरूलाई आफ्‍ना काम प्रकट गर्नुभयो।
8 परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्‍छ।
9 उहाँले सधैँ दोष लगाइरहनुहुन्‍न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्‍नुहुन्‍न।
10 उहाँले हामीसँग हाम्रा पापअनुसारको व्‍यवहार गर्नुहुन्‍न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्‍ड दिनुहुन्‍न।
11 किनकि पृथ्‍वीबाट स्‍वर्ग जत्ति अग्‍लो छ, उहाँका भय मान्‍नेहरूमाथि उहाँको करुणा त्‍यत्तिकै महान्‌ छ।
12 पश्‍चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्‍यत्तिकै टाढ़ा हटाइदिनुभएको छ।
13 जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ।
14 किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ।
15 मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्‍यो ढकमक्‍क फुल्‍दछ,
16 अनि बतास त्‍यस फूलमाथि भएर जान्‍छ, र त्‍यो विलीन हुन्‍छ, र त्‍यसको ठाउँले पनि त्‍यसको याद गर्दैन।
17 तर परमप्रभुको करुणा आफ्‍ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्‍तदेखि अनन्‍तसम्‍म रहन्‍छ—
18 तिनीहरूमाथि ज-जसले उहाँको करार पालन गर्दछन्‌, र उहाँका आदेशहरू पालन गर्न ख्‍याल गर्छन्‌।
19 परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ।
20 हे उहाँका स्‍वर्गदूतहरू हो, उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो, परमप्रभुको प्रशंसा गर।
21 हे स्‍वर्गका सबै सेना हो, उहाँको इच्‍छाअनुसार काम गर्ने सेवक हो, परमप्रभुको प्रशंसा गर।
22 हे उहाँका सारा सृष्‍टि हो, उहाँका समस्‍त राज्‍यमा रहेका हो, परमप्रभुको प्रशंसा गर। ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *