देवता विश्राम प्रवेश

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् देवता विश्राम प्रवेश

मत्ती 11 : 28
28 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।

हिब्रू 4 : 1 – 16
1 यसकारण परमेश्‍वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्‍ये कोही पनि त्‍यस प्रतिज्ञादेखि वञ्‍चित नहोस्‌।
2 किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्‍नेहरूले विश्‍वासपूर्वक यिनलाई ग्रहण गरेनन्‌।
3 किनकि हामी विश्‍वास गर्नेहरूचाहिँ त त्‍यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्‍नुभएको छ, “यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्‍पत्तिदेखि नै पूरा भइसकेका थिए।
4 किनकि उहाँले अरू कुनै ठाउँमा सातौँ दिनको विषयमा यस किसिमले भन्‍नुभएको छ, “परमेश्‍वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो।”
5 र फेरि यसै खण्‍डमा उहाँले भन्‍नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌।”
6 कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू, जसलाई अघिअघि सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्‍ना अनाज्ञाकारिताले गर्दा पस्‍न सकेनन्‌।
7 फेरि परमेश्‍वरले “आज” भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्‍नुभयो, “आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने तिमीहरूका हृदय कठोर नपार।”
8 किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुनेथिएन।
9 यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको [1] विश्राम बाँकी नै छ।
10 किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्‍नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्‍वरले आफ्‍नो परिश्रमदेखि विश्राम लिनुभयो।
11 यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्‌।
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।
13 परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।
14 आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरेको यो विश्‍वास थामिराखौं।
15 किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।
16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

हिब्रू 4 : 1
1 यसकारण परमेश्‍वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्‍ये कोही पनि त्‍यस प्रतिज्ञादेखि वञ्‍चित नहोस्‌।

भजनसंग्रह 95 : 7 – 11
7 किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने,
8 तिमीहरूले मेरीबामा [1] गरेजस्‍तै आफ्‍ना हृदय कठोर नपार, जस्‍तो तिमीहरूले त्‍यस दिन मरुभूमिमा भएको मस्‍साहमा [2] गरेका थियौ,
9 जहाँ मैले गरेका काम तिमीहरूका पूर्वजहरूले देखेका भए तापनि तिनीहरूले मलाई जाँच गरे र मेरो परीक्षा गरे।
10 चालीस वर्षसम्‍म त्‍यस पुस्‍तासँग म क्रोधित भएँ, र मैले भनें, “यी त्‍यस्‍ता मानिस हुन्‌, जसका हृदय बरालिएर जान्‍छन्‌, र तिनीहरूले मेरा मार्ग चिनेका छैनन्‌।”
11 यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌।”

हिब्रू 3 : 19
19 यसैले हामी देख्‍तछौं, अविश्‍वासको कारणले नै तिनीहरू पस्‍न सकेनन्‌।

हिब्रू 4 : 8
8 किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुनेथिएन।

भजनसंग्रह 95 : 1 – 11
1 आओ, परमप्रभुको निम्‍ति हामी आनन्‍दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं।
2 धन्‍यवाद चढ़ाउँदै उहाँको सामुन्‍ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं।
3 किनकि परमप्रभु महान्‌ परमेश्‍वर हुनुहुन्‍छ, सारा देवहरूमाथिका महाराजा।
4 उहाँको बाहुलीमा पृथ्‍वीका गहिरा-गहिरा स्‍थानहरू छन्‌, र पहाड़का शिखरहरू उहाँकै हुन्‌।
5 समुद्र उहाँको हो, उहाँले नै त्‍यसलाई बनाउनुभएको हो, र सुक्‍खा भूमि उहाँले नै रच्‍नुभएको हो।
6 आओ, दण्‍डवत्‌ गरौं र निहुरौं, हाम्रा सृष्‍टिकर्ता परमेश्‍वरकै सामु घुँड़ा टेकौं,
7 किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने,
8 तिमीहरूले मेरीबामा [1] गरेजस्‍तै आफ्‍ना हृदय कठोर नपार, जस्‍तो तिमीहरूले त्‍यस दिन मरुभूमिमा भएको मस्‍साहमा [2] गरेका थियौ,
9 जहाँ मैले गरेका काम तिमीहरूका पूर्वजहरूले देखेका भए तापनि तिनीहरूले मलाई जाँच गरे र मेरो परीक्षा गरे।
10 चालीस वर्षसम्‍म त्‍यस पुस्‍तासँग म क्रोधित भएँ, र मैले भनें, “यी त्‍यस्‍ता मानिस हुन्‌, जसका हृदय बरालिएर जान्‍छन्‌, र तिनीहरूले मेरा मार्ग चिनेका छैनन्‌।”
11 यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌।”

हिब्रू 4 : 6
6 कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू, जसलाई अघिअघि सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्‍ना अनाज्ञाकारिताले गर्दा पस्‍न सकेनन्‌।

हिब्रू 3 : 1 – 19
1 यसकारण स्‍वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्‍वीकार गरेका प्रेरित तथा प्रधान पूजाहारी येशूलाई विचार गर।
2 उहाँलाई नियुक्त गर्नुहुनेप्रति येशू विश्‍वस्‍त हुनुहुन्‍थ्‍यो, जसरी मोशा पनि परमेश्‍वरको परिवारमा विश्‍वस्‍त थिए।
3 मोशाभन्‍दा येशू अझ बढ़ी गौरवशाली ठहरिनुभयो, जसरी घरभन्‍दा घर बनाउनेको बढ़ी आदर हुन्‍छ।
4 किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्‍छ, तर सब थोक बनाउने त परमेश्‍वर नै हुनुहुन्‍छ।
5 अब भविष्‍यमा बोलिने कुराका गवाहीको निम्‍ति मोशा परमेश्‍वरका सारा घरानामा दासको रूपमा विश्‍वस्‍त थिए।
6 तर ख्रीष्‍टचाहिँ परमेश्‍वरका घरानामा पुत्रको रूपमा विश्‍वस्‍त हुनुहुन्‍थ्‍यो। यदि हाम्रो आशामा हामीले आफ्‍नो भरोसा र गौरव अन्‍त्‍यसम्‍मै थामिराख्‍यौं भने हामी उहाँका परिवार हौं।
7 यसकारण पवित्र आत्‍मा भन्‍नुहुन्‍छ, “आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने,
8 उजाड-स्‍थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्‍तो आफ्‍ना हृदयलाई कठोर नपार,
9 जहाँ तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरे, र चालीस वर्षसम्‍म मेरा कामहरू देखे।
10 यसकारण त्‍यस पुस्‍तासँग म क्रोधित भएँ, र भनें, ‘तिनीहरूका हृदय सधैँ बरालिन्‍छन्, तिनीहरूले मेरा मार्ग चिनेका छैनन्‌।’
11 यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।”
12 भाइ हो, होश गर, तिमीहरूमध्‍ये कसैमा भएको दुष्‍ट र अविश्‍वासी हृदयले तिमीहरूलाई जीवित परमेश्‍वरबाट टाढ़ा नलैजाओस्‌।
13 जबसम्‍म “आजको दिन” भन्‍ने कुरा छ, तबसम्‍म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्‌।
14 यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्‍त्‍यसम्‍मै दृढ़तासाथ थामिराख्‍यौं भने, हामी ख्रीष्‍टका सहभागी भएका छौं।
15 धर्मशास्‍त्रले भन्‍दछ, “आजै तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने विद्रोहका दिनमा जस्‍तै गरी आफ्‍नो हृदय कठोर नपार।”
16 सुन्‍नेहरू को थिए, जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन्‌ र, जो मोशाको नेतृत्‍वमा मिश्रदेशबाट निस्‍किआएका थिए?
17 कोसँग उहाँ चालीस वर्षसम्‍म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग होइन, जुनहरू उजाड-स्‍थानमा मरेर गएका थिए?
18 आज्ञा नमान्‍नेहरू नै उहाँको विश्राममा कहिल्‍यै पस्‍न पाउनेछैनन्‌ भनी उहाँले शपथ खानुभएको होइन र?
19 यसैले हामी देख्‍तछौं, अविश्‍वासको कारणले नै तिनीहरू पस्‍न सकेनन्‌।

हिब्रू 4 : 3
3 किनकि हामी विश्‍वास गर्नेहरूचाहिँ त त्‍यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्‍नुभएको छ, “यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्‍पत्तिदेखि नै पूरा भइसकेका थिए।

व्यवस्था 28 : 1 – 68
1 आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्‍यौ भने, उहाँले तिमीहरूलाई पृथ्‍वीका सबै जातिहरूमध्‍ये श्रेष्‍ठ तुल्‍याउनुहुनेछ।
2 परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:
3 तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ।
4 तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि।
5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ।
6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ।
7 तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌।
8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
9 परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ।
10 तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌।
11 तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ।
12 परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ।
13 मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।
14 मैले आज तिमीहरूलाई दिएका आदेशहरूमध्‍ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्‍य देवताहरूका पछि लागी तिनीहरूको सेवा नगर।
15 तर आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा र विधिहरू होशियारीसाथ मानेर उहाँको वचन पालन गरेनौ भने, यी सबै श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिमीहरूलाई उछिन्‍नेछन्‌:
16 तिमीहरूलाई सहरमा श्राप पर्नेछ, र गाउँ-बस्‍तीमा श्राप पर्नेछ।
17 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा श्राप पर्नेछ।
18 तिमीहरूका सन्‍तानमाथि, साथै खेतको उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।
19 भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ।
20 उहाँलाई त्‍यागेर तिमीहरूले गरेका दुष्‍ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्‍जेल र खतम नहोउञ्‍जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्‍की पठाउनुहुनेछ।
21 तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्‍जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ।
22 क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।
23 अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्‍तै हुनेछन्‌।
24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टि धूलोपीठोमा बदल्‍नुहुनेछ। तिमीहरू नष्‍ट नभएसम्‍म आकाशबाट त्‍यो तिमीहरूमाथि आउनेछ।
25 परमप्रभुले तिमीहरूलाई आफ्‍ना शत्रुहरूका अगि पराजित तुल्‍याउनुहुनेछ। उनीहरूसित लड्‌न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्‍नेछौ। पृथ्‍वीका सबै राज्‍यमा तिमीहरू तिरस्‍कृत हुनेछौ।
26 तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन।
27 निको हुन नसक्‍ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्‍यथाले प्रहार गर्नुहुनेछ।
28 परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्‍धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ।
29 अन्‍धाले अन्‍धकारमा छामछुम गरेझैँ मध्‍यदिनमा तिमीहरू हिँड्‌नेछौ। तिमीहरूका सबै काममा तिमीहरू असफल हुनेछौ। तिमीहरूलाई छुटाउने कोही नभएर तिमीहरू निरन्‍तर शोषणमा परी लुटिनेछौ।
30 तिमीहरूसँग मगनी भएकी केटीलाई अन्‍य मानिसले लानेछ र भ्रष्‍ट पार्नेछ। तिमीहरूले बनाएको घरमा आफै बस्‍न पाउनेछैनौ। तिमीहरूले दाखबारी लगाउनेछौ, तर त्‍यसको फल अलिकति पनि आफै चाख्‍न पाउनेछैनौ।
31 तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।
32 तिमीहरूका छोराछोरी अर्कै जातिलाई दिइनेछन्, र दिनदिनै तिनीहरूको बाटो हेर्दा तिमीहरूका आँखा टट्टाउनेछन्‌। तर तिनीहरूको प्रवास रोक्‍ने तिमीहरूसँग शक्ति हुनेछैन।
33 तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्‍नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ।
34 तिमीहरूका आँखाले देख्‍नुपरेको दृश्‍य हेर्दा तिमीहरू बौलाहा हुनेछौ।
35 परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्‍पादेखि पैतालासम्‍म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्‍याउनुहुनेछ।
36 तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्‍यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्‍य देवताहरूको पूजा गर्नेछौ।
37 परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्‍कार, हेला र गिल्‍लाका पात्र बन्‍नेछौ।
38 तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्‍नेछौ, किनकि सलहहरूले त्‍यो स्‍वाहा पार्नेछन्‌।
39 तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्‍न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्‌।
40 तिमीहरूले देशभरि भद्राक्ष लगाउनेछौ, तर तिमीहरूले तेल चलाउन पाउनेछैनौ, किनभने भद्राक्षका फल जमिनमा झर्नेछन्‌।
41 तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्‍न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्‌।
42 तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्‍वाहा पार्नेछन्‌।
43 तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्‍दा माथि-माथि चढ्‌नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ।
44 त्‍यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्‍यसलाई ऋण दिनेछैनौ। त्‍योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्‍छर हुनेछौ।
45 परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्‍म यी सराप तिमीहरूमाथि आइपर्नेछन्‌। यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्‍नेछन्‌।
46 तिमीहरू र तिमीहरूका सन्‍तानमाथि सधैँको निम्‍ति ती चिन्‍ह र उदेकका कुरा हुनेछन्‌।
47 तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।
49 परमप्रभुले टाढ़ाबाट, पृथ्‍वीको पल्‍लो छेउदेखि वेगसित गरुडले तल झम्‍टिएझैँ तिमीहरूले नबुझ्‍ने भाषा बोल्‍ने एउटा जाति तिमीहरूका विरुद्धमा ल्‍याउनुहुनेछ,
50 एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन।
51 अनि उनीहरूले तिमीहरूका गाईबस्‍तुका बाछा-बाछी र भेड़ाबाख्राका पाठापाठी र तिमीहरूको जमिनका फसल तिमीहरू नष्‍ट हुने गरी खाइदिनेछन्‌। तिमीहरू खतम हुने गरी अन्‍न, नयाँ दाखमद्य, तेल, गाईबस्‍तुका बाछा-बाछी वा भेड़ाबाख्राका पाठापाठीहरू केही छोड्‌नेछैनन्‌।
52 तिमीहरूका सबै सहरमा उनीहरूले घेरा लाउनेछन्, अनि तिमीहरूले भरोसा राखेका देशभरिका अग्‍ला पर्खालहरू उनीहरूले भत्‍काउनेछन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिन लाग्‍नुभएका सारा देशभरि उनीहरूले सहर-सहरमा तिमीहरूलाई घेरा लाउनेछन्‌।
53 घेरामा परेको समय तिमीहरूका शत्रुहरूले दिने कष्‍टले गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सन्‍तान, आफ्‍नै छोराछोरीको मासु पनि तिमीहरूले खानेछौ।
54 तिमीहरूमध्‍ये सबैभन्‍दा कोमल र अति भद्र मानिसले पनि आफ्‍नै भाइ, आफूले प्रेम गरेकी पत्‍नी र आफ्‍ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउनेछैन,
55 यहाँसम्‍म कि उसले खाँदैगरेको आफ्‍ना बालबच्‍चाहरूका शरीरको मासु उसले कसैलाई दिनेछैन। शत्रुहरूले तिमीहरूका सहरहरू घेरेको सङ्कष्‍टमा त्‍यसकहाँ अरू केही बाँकी रहेको हुँदैन।
56 तिमीहरूमध्‍ये कोमल र शिष्‍ट स्‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्‍यस्‍ती स्‍त्रीले त्‍यसका पति र आफ्‍नै छोराछोरीलाई
57 त्‍यसको कोखबाट निस्‍केको साल र त्‍यसले जन्‍माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन। उसको दृष्‍टि खराब हुनेछ, किनकि त्‍यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्‍याउने सङ्कष्‍टमा त्‍यसले गुप्‍तमा त्‍यो मासु आफै खाने इच्‍छा गर्नेछे।
58 यदि परमप्रभु तिमीहरूका परमेश्‍वरको गौरवमय भययोग्‍य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्‍तकमा लेखिएका व्‍यवस्‍थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने,
59 परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्‍चामाथि डरलाग्‍दो, असहाय र रहिरहने कष्‍टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्‍याउनुहुनेछ।
60 मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्‍यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्‍याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्‌।
61 यस व्‍यवस्‍थाको पुस्‍तकमा उल्‍लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूमाथि ल्‍याउनुहुनेछ।
62 तिमीहरू, जो अघि संख्‍यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मानेनौ।
63 जसरी परमप्रभुले खुशीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्‍यसरी नै तिमीहरूलाई खुशीसाथ ध्‍वंस र विनाश पार्नुहुनेछ। अनि तिमीहरूले अधिकार गर्नलाई पस्‍न लागेको देशबाट तिमीहरू उखेलिनेछौ।
64 तब पृथ्‍वीको एक छेउदेखि अर्को छेउसम्‍म विभिन्‍न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ। त्‍यहाँ तिमीहरू र तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्‍य देवताहरू तिमीहरूले पुज्‍नेछौ।
65 ती जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ पनि पाउनेछैनौ। त्‍यहाँ परमप्रभुले तिमीहरूलाई चिन्‍तित मन, पर्खंदा-पर्खंदा थाकेका आँखाहरू र निराश हृदय दिनुहुनेछ।
66 तिमीहरूको जीवन निरन्‍तर दोधारमा झुण्‍डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन।
67 तिमीहरूका हृदयमा भरिएको त्रासले र तिमीहरूका आँखाले देखेका दृश्‍यले गर्दा बिहान तिमीहरूले भन्‍नेछौ, “बेलुकी भएदेखि हुन्‍थ्‍यो!” अनि बेलुकी भन्‍नेछौ, “बिहान भएदेखि हुन्‍थ्‍यो!”
68 अनि परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूमा त्‍यस बाटोदेखि मिश्रदेशमा फर्काउनुहुनेछ, जुन बाटोको विषयमा मैले तिमीहरूले फेरि त्‍यो देख्‍नेछैनौ भनी प्रतिज्ञा गरेको थिएँ। त्‍यहाँ तिमीहरूले आफैलाई शत्रुहरूका हातमा कमारा-कमारी हुनलाई बिक्रीको लागि दिनेछौ, तर कसैले तिमीहरूलाई किन्‍नेछैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *