देवताहरूको न्याय

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् देवताहरूको न्याय

यूहन्‍ना 3 : 18
18 जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।

१ पत्रुस 4 : 17
17 किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ, र यदि यो हामीबाट सुरु हुन्‍छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्‍त्‍य कस्‍तो होला?

रोमी 2 : 1 – 5
1 यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्‍यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्‍यही काम गर्छौ।
2 यस्‍ता काम गर्नेहरूमाथि परमेश्‍वरको इन्‍साफ ठीकसँग पर्छ भनेर हामी जान्‍दछौं।
3 ए मानिस, तिमीले यस्‍ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्‍यही काम गर्छौ भने, के परमेश्‍वरको इन्‍साफबाट उम्‍कन्‍छु भन्‍ने तिमी ठान्‍छौ?
4 अथवा परमेश्‍वरको कृपाले तिमीलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्‍ततालाई तुच्‍छ ठान्‍छौ?
5 तर परमेश्‍वरको धार्मिक इन्‍साफ प्रकट हुने त्‍यस क्रोधका दिनको लागि आफ्‍नो कठोर र अपश्‍चात्तापी हृदयले गर्दा तिमीले आफ्‍नो निम्‍ति क्रोध थुपारिरहेछौ।

२ कोरिन्थी 5 : 10
10 किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।

यूहन्‍ना 3 : 17
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

हिब्रू 9 : 27
27 जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ,

रोमी 5 : 1 – 21
1 यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ।
2 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
3 यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,
4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।
5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।
6 किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो।
7 धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला।
8 तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।
9 यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन्‌ बढ़ी हामी परमेश्‍वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं।
10 किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको थियो भने, झन्‌ बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्‍टको जीवनद्वारा हामी बचाइनेछौं।
11 यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्‍वरसँग मिलाप प्राप्‍त भएको छ।
12 एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्‍यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्‍यु फैलियो।
13 व्‍यवस्‍था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्‍यवस्‍था छैन, त्‍यहाँ पापको लेखा पनि हुँदैन।
14 आदमदेखि लिएर मोशासम्‍मका मानिसहरूमाथि मृत्‍युले राज्‍य गर्‍यो, तिनीहरूमाथि पनि जसले आदमले गरेजस्‍तो अपराध गरेका थिएनन्‌। ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए।
15 सित्तैँको वरदान र त्‍यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन्‌ बढ़ी परमेश्‍वरको अनुग्रह र एक जना मानिसको, अर्थात्‌ येशू ख्रीष्‍टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्‍ति प्रशस्‍त भयो।
16 सित्तैँको वरदानचाहिँ त्‍यस एक जना मानिसको पापको नतीजाजस्‍तै होइन। किनकि एउटा अपराधको इन्‍साफले दण्‍डको आज्ञा ल्‍यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्‍याउँछ।
17 यदि एउटै मानिसको अपराधले गर्दा त्‍यस मानिसद्वारा मृत्‍युले राज्‍य गर्‍यो भनेता झन्‌ बढ़ी प्रशस्‍त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्‍टद्वारा जीवनमा राज्‍य गर्नेछन्‌।
18 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्‍डका भागीदार बने, त्‍यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्‍ति धर्मी ठहराएर जीवन ल्‍याउँछ।
19 किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्‍यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्‌।
20 व्‍यवस्‍था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन्‌ बढ़ी मात्रामा बढ़्यो,
21 यस हेतुले कि जसरी पापले मृत्‍युमा राज्‍य गर्‍यो, त्‍यसै गरी येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्‍त जीवनसम्‍म राज्‍य गरोस्‌।

१ यूहन्‍ना 2 : 1 – 29
1 मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्‍यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्‍छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्‍ट।
2 उहाँ हाम्रा पापका निम्‍ति प्रायश्‍चित हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मात्र होइन, तर सारा संसारका पापका निम्‍ति पनि।
3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौं भने यसैबाट हामी थाहा पाउन सक्‍छौं, कि हामी उहाँलाई चिन्‍दछौं।
4 जसले “म उहाँलाई चिन्‍छु” भन्‍छ, तर उहाँका आज्ञाहरू उल्‍लङ्घन गर्छ, त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य छैन।
5 तर जसले उहाँको वचन पालन गर्छ, त्‍यसमा परमेश्‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्‍छ। हामी उहाँमा छौं भन्‍ने कुरामा यसैबाट निश्‍चित हुन्‍छौं।
6 उहाँमा रहन्‍छु भन्‍ने व्‍यक्ति आफै पनि उहाँको चालअनुसार चल्‍नुपर्छ।
7 प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्‍यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो।
8 तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्‍दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्‍धकार बितिरहेछ, र साँचो ज्‍योति अघिदेखि नै चम्‍किरहेछ।
9 जसले आफू ज्‍योतिमा छु भनी भन्‍छ तर आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अझै पनि अन्‍धकारमा नै छ।
10 जसले आफ्‍नो भाइलाई प्रेम गर्छ, त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसमा ठक्‍करको कारण हुँदैन।
11 तर जसले आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अन्‍धकारमा हुन्‍छ, र अँध्‍यारोमा हिँड्‌छ, र त्‍यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसलाई अन्‍धो पारेको हुन्‍छ।
12 मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ।
13 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ।
14 पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ।
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।
16 किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌।
17 संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ।
18 ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो।
19 तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌।
20 तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ।
21 तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु।
22 झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो।
23 पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ।
24 जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ।
25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन।
26 तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु।
27 तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो।
28 साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌।
29 उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।

यूहन्‍ना 8 : 24
24 मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्‍ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्‍वास गरेनौ भने आफ्‍ना पापमा मर्नेछौ’।”

भजनसंग्रह 32 : 1 – 11
1 दाऊदको मस्‍किल भन्‍ने भजन [1] धन्‍य त्‍यो व्‍यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्‌।
2 त्‍यो मानिस धन्‍य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जसको मनमा छलकपट छैन।
3 जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्‍दनले मेरा हाड़हरू खिइएर गए।
4 किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्‍मको तापले भएझैँ सुकिसकेको थियो। सेला
5 तब मैले आफ्‍नो पाप तपाईंको सामुन्‍ने स्‍वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्‍ना अपराध परमप्रभुको सामुन्‍ने स्‍वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
6 यसकारण हरेक भक्तजनले, जबसम्‍म तपाईंलाई प्राप्‍त गर्न सकिन्‍छ, तपाईंमा प्रार्थना गरोस्‌। अनि दु:ख-कष्‍ट र उर्लेको भेलले त्‍यसलाई छुनेछैन।
7 तपाईं मेरो आश्रय हुनुहुन्‍छ, तपाईंले मलाई दु:खबाट रक्षा गर्नुहुन्‍छ। तपाईंले मलाई उद्धारका गीतले घेर्नुहुन्‍छ। सेला
8 म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्‌नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्‍नेछु।
9 समझै नभएको घोडा अथवा खच्‍चरजस्‍ता तिमी नहोऊ, जसलाई रोक्‍न लगाम र डोकरि चाहिन्‍छन्‌, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्‌।
10 दुष्‍टहरूले धेरै कष्‍ट भोग्‍नुपर्नेछ, तर परमप्रभुमा भरोसा राख्‍नेहरूलाई भने अचूक कृपाले घेर्नेछ।
11 हे धर्मात्‍मा हो, परमप्रभुमा आनन्‍दित होओ र हर्ष मनाओ, र सोझो मन भएका हो, तिमीहरू सबै आनन्‍दसाथ जयजयकार गर!

उत्‍पत्ति 18 : 16 – 33
16 तब ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्‍म बाटो देखाउन गए।
17 परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?
18 अब्राहामबाट एउटा ठूलो र शक्तिशाली जाति बन्‍नेछ, र त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌
19 किनभने त्‍यसले आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर मैले त्‍यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिनुहुनेछ।”
20 तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, र तिनीहरूका पाप साह्रै ज्‍यादा भएका छन्‌।
21 अब त्‍यही आवाजअनुसार तिनीहरूबाट यो काम भएको हो कि होइन भनी हेर्नलाई म तल ओर्लेर जानेछु। होइन रहेछ भने मलाई थाहा हुनेछ।”
22 यसकारण ती पुरुषहरू त्‍यहाँबाट झरेर सदोमतिर गए। तर अब्राहामचाहिँ अझै परमप्रभुकै सामु उभिरहे।
23 तब अब्राहामले नजिक गएर उहाँलाई भने, ‘के दुष्‍टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ?
24 त्‍यस सहरमा पचास धर्मी जन रहेछन्‌ भने, के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र?
25 दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्‍यै नहोस्‌। धर्मीको दशा पनि दुष्‍टको जस्‍तै हुनु त तपाईंबाट पर रहोस्‌। सारा पृथ्‍वीका न्‍यायकर्ताले उचित न्‍याय गर्नुहुन्‍न र?
26 परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर जम्‍मैलाई छोड़िदिनेछु।”
27 अब्राहामले भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु।
28 पाँच कम पचास जना धर्मी जन त्‍यहाँ रहेछन्‌ भने, केवल पाँच मात्र घटी भएकामा सारा सहरै तपाईं नाश गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ।” फेरि तिनले भने, “त्‍यहाँ चालीस रहेछन्‌ भने?”
29 उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।”
30 तब तिनले भने, “परमप्रभुलाई रिसानी नभए म अझै बोल्‍नेछु। यदि त्‍यहाँ तीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तीसै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ।”
31 तिनले भने, “हेर्नुहोस्, परमप्रभुसँग मैले कुरा गर्ने आँट गरिरहेछु। बीस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बीस जनाका खातिर पनि म नाश गर्नेछैनँ।”
32 अनि तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब एक पल्‍ट मात्र बोल्‍नेछु। यदि त्‍यहाँ दश जना पाइए भने?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिरमा पनि म त्‍यो नाश गर्नेछैनँ।”
33 अब्राहामसित कुरा गरिसक्‍नुभएपछि परमप्रभु गइहाल्‍नुभयो, र अब्राहामचाहिँ आफ्‍नो ठाउँमा फर्के।

रोमी 14 : 12
12 यसैले हामी हरेकले परमेश्‍वरलाई आफ्‍नो लेखा दिनेछौं।

इजकिएल 9 : 1 – 11
1 तब उहाँले ठूलो सोरमा कराउनुभएको मैले सुनें, “सहरका गारदहरूलाई हरेकको हातमा आफ्‍नो हतियारसमेत ल्‍याओ।”
2 तब छ जना मानिसहरू हरेकले आ-आफ्‍नो हातमा घातक हतियार लिएर उत्तरतिर फर्केको माथिल्‍लो प्रवेशद्वारबाट आइरहेका मैले देखें। सूती कपड़ा लगाएको र कम्‍मरमा मसीदानी भिरेको एक जना मानिस तिनीहरूसित थियो। तिनीहरू भित्र आए, र काँसाका वेदीको छेउमा उभिए।
3 अब इस्राएलका परमेश्‍वरको महिमाचाहिँ करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्‍यो सूती कपड़ा लाउने र मसीदानी भिर्ने मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो,
4 र त्‍यसलाई भन्‍नुभयो, “यरूशलेम सहरका चारैतिर गएर त्‍यसमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्‍ह लगा।”
5 मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्‍नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्‍यसको पछिपछि गएर मार।
6 बूढ़ा मानिस, तरुण-तरुणी, स्‍त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ। मेरो पवित्रस्‍थानदेखि नै सुरु गर।” यसैले तिनीहरूले मन्‍दिरको सामुन्‍ने भएका धर्म-गुरुहरूदेखि नै यो काम सुरु गरे।
7 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पारिदेओ, र चोकहरू मारिएकाहरूका लाशहरूले भरिदेओ। जाओ!” यसैले तिनीहरू गएर सहरका चारैतिर मार्न सुरु गरे।
8 जब तिनीहरूले मार्दैथिए, र मचाहिँ एकलै छोड़िएँ, तब घोप्‍टो परेर रुँदै मैले भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई पनि के तपाईं सर्वनाश गर्नुहुन्‍छ र?”
9 उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठूलो छ। देश रक्तपातले भरिएको छ, र सहरचाहिँ अन्‍यायले भरिपूर्ण छ। तिनीहरू भन्‍छन्, ‘परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, परमप्रभुले देख्‍नुहुन्‍न’।
10 यसैले म तिनीहरूलाई टिठ्याएर हेर्नेछैनँ। म तिनीहरूलाई छोड्‌नेछैनँ, तर जे तिनीहरूले गरेका छन्, तिनीहरूको कामको बदला म तिनीहरूकै शिरमा खन्‍याइदिनेछु।”
11 तब त्‍यो सूती कपड़ा लगाएको र कम्‍मरमा मसीदानी भिरेको मानिसले यसो भनेर खबर ल्‍यायो, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरें।”

याकूब 4 : 4
4 व्‍यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्‍छ त्‍यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ।

भजनसंग्रह 1 : 1 – 6
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
5 यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।

यशैया 53 : 1 – 12
1 हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो?
2 ऊ उहाँको सामु कलिलो बोटजस्‍तो र सुक्‍खा जमिनबाट निस्‍केको जरोजस्‍तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्‍दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन।
3 ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
4 निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं।
5 तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।
6 हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।
7 ऊ थिचोमिचोमा पर्‍यो, र उसलाई कष्‍ट पर्‍यो, तापनि उसले आफ्‍नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्‍तै ऊ डोर्‍याएर लगियो। आफ्‍नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्‍नो मुख खोलेन।
8 अत्‍याचार र इन्‍साफद्वारा ऊ लगियो। उसका सन्‍तानका बारेमा कसले विचार गर्न सक्‍छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो, र मेरो प्रजाका अपराधको निम्‍ति उसमाथि कुटाइ पर्‍यो।
9 उसको चिहान दुष्‍टहरूसित बनाइयो, र मृत्‍युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो।
10 तापनि उसलाई चकनाचूर र कष्‍टमा पार्न परमप्रभुको इच्‍छा थियो, र परमप्रभुले उसको प्राणलाई दोषबलिझैँ बनाउनुभए तापनि, उसले आफ्‍ना छोराछोरीलाई देख्‍नेछ र आफ्‍नो दिन बढ़ाउनेछ र परमप्रभुको इच्‍छा उसकै हातमा उन्‍नत हुनेछ।
11 उसका प्राणको वेदनापछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्‍नेछ।
12 यसैकारण महान्‌हरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लूटको माल सामर्थीहरूसित बाँड्‌नेछ। किनभने उसले आफ्‍नो जीवन मृत्‍युमा खन्‍यायो, र ऊ अपराधीहरूको गन्‍तीमा गनियो। किनकि उसले धेरैको पाप बोक्‍यो र उसले अपराधीहरूका निम्‍ति मध्‍यस्‍थता गर्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *