यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् देवताहरूको दया
याकूब 2 : 13
13 किनकि जुन मानिसले कृपा गरेको छैन, त्यसको न्याय कृपाविना नै हुन्छ। कृपा न्यायमाथि विजयी हुन्छ।
१ यूहन्ना 1 : 9
9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।
योएल 2 : 12 – 14
12 परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”
13 आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ।
14 कसले जान्दछ, कतै दु:खित भएर उहाँले आफ्नो मन बदली आशिष् दिनुहुन्छ— परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरूले चढ़ाउने अन्नबलि र अर्घ-बलिहरू।
यूहन्ना 3 : 1 – 36
1 फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्य थिए।
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन।”
4 निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्मन सक्छ र? के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ?”
5 येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।
6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो।
7 मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान।
8 बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।”
9 निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्दछ?”
10 येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्दैनौ?
11 साँच्चै, म तिमीलाई भन्दछु, हामी जे जान्दछौं त्यो भन्दछौं, र हामीले जे देखेका छौं त्यसको गवाही दिन्छौं, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ।
12 मैले तिमीहरूलाई पृथ्वीका कुरा भनें, र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताएँ भने कसरी विश्वास गर्न सक्छौ?
13 स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन।
14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ,
15 र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ।
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
17 किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो।
18 जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन।
19 फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए।
20 किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन्।
21 सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ।”
22 यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्तिस्मा दिनुभयो।
23 यूहन्नाले पनि सालीमको छेउ एनोनमा बप्तिस्मा दिन्थे, किनकि त्यहाँ प्रशस्त पानी थियो। त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे।
24 त्यस बेलासम्म यूहन्ना झ्यालखानमा परेका थिएनन्।
25 त्यसै बेला यूहन्नाका चेलाहरूको एक जना यहूदीसँग शुद्धीकरणको विषयमा वाद-विवाद भयो।
26 यूहन्नाकहाँ आएर तिनीहरूले उनलाई भने, “गुरुज्यू, यर्दन पारि जो तपाईंसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईंले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनुभएको छ, र सबै उहाँकहाँ जाँदैछन्।”
27 यूहन्नाले जवाफ दिए, “मानिसलाई स्वर्गबाट नदिइएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन।
28 ‘म ख्रीष्ट होइनँ, तर म उहाँभन्दा अगाडि पठाइएको हुँ’ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ।
29 जससँग दुलही छ, दुलहा त्यही हो। दुलहाको मित्र जो उसको छेउमा खड़ा हुन्छ, उसको सोर सुनेर अत्यन्त आनन्दित हुन्छ। यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ।
30 उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।
31 “माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट हुने पृथ्वीकै हो, र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ।
32 उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन।
33 जसले उहाँको गवाही ग्रहण गरेको छ, त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ।
34 किनभने जसलाई परमेश्वरले पठाउनुभयो, त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले विनानाप पवित्र आत्मा दिनुहुन्छ।
35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा दिनुभएको छ।
36 जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।”
रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
एफिसी 2 : 4 – 5
4 तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,
5 यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।
हिब्रू 4 : 16
16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं।
गलाती 5 : 1
1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नपर।
मलाकी 3 : 17
17 “जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “जसरी कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्नेछु।
१ तिमोथी 1 : 12 – 13
12 मलाई सामर्थ्य दिनुहुने ख्रीष्ट येशू हाम्रा प्रभुलाई म धन्यवाद दिन्छु, किनभने आफ्नो सेवामा नियुक्त गरेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो।
13 अगाडि मैले निन्दा गरें, खेदो गरें र उहाँको अपमान गरें, तर मैले यी अजान र अविश्वासमा गरेको हुनाले मैले कृपा पाएँ।
गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।
Leave a Reply