दृष्टि

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दृष्टि

हबकूक 2 : 2
2 तब परमप्रभुले मलाई जवाफमा भन्‍नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्‍ट गरी लेख्, र समाचारवाहक त्‍यससित दौड्‌न सकोस्‌।

हितोपदेश 29 : 18
18 जहाँ दर्शन-प्रकाश छैन, त्‍यहाँ मानिसहरू भाँड़िन्‍छन्‌। तर त्‍यो मानिस धन्‍य हो, जसले व्‍यवस्‍था पालन गर्छ।

योएल 2 : 28
28 “त्‍यसपछि म मेरा आत्‍मा सबै मानिसमाथि खन्‍याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्‍नेछन्‌। तिमीहरूका बूढ़ा मानिसहरू स्‍वप्‍नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌।

आमोस 3 : 7
7 निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न।

प्रेरित 18 : 9
9 एक रात दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो,

हबकूक 2 : 3
3 किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्‍यसले अन्‍तको विषयमा बताउँछ र त्‍यो झूटो ठहरिनेछैन। त्‍यो पूरा हुन ढिलो भए तापनि त्‍यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ, त्‍यसले ढिलो गर्नेछैन।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

यर्मिया 23 : 16
16 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अगमवक्ताहरूका कुरा तिमीहरू नसुन, तिनीहरू झूटा आशाले तिमीहरूलाई भरिपूर्ण पार्छन्‌। तिनीहरू परमप्रभुको मुखबाट होइन, तर आफ्‍नै मनबाट दर्शनहरू बताउँछन्‌।

प्रेरित 9 : 10 – 12
10 दमस्‍कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।”
11 तब प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र ‘सीधा’ नामक गल्‍लीमा जाऊ, र त्‍यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्‌।
12 तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्‍टि पाऊन्‌ भनेर आफूमाथि उनका हात राखेका देखेका छन्‌।”

प्रेरित 2 : 17
17 ‘आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌।

१ शमूएल 3 : 1
1 अब बालक शमूएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्‍यस बेला परमप्रभुको वचन विरलै सुनिन्‍थ्‍यो, अनि दर्शन पनि उस्‍तो दिइँदैनथ्‍यो।

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

गन्ती 12 : 6
6 तब उहाँले भन्‍नुभयो, “अब मेरो कुरा सुन: “जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ, तब म त्‍यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्‍यससँग सपनामा कुरा गर्छु।

प्रेरित 16 : 9
9 राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्‍ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्‌।”

प्रकाश 19 : 11 – 16
11 मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। त्‍यसमाथि सवार हुनुहुने “विश्‍वासयोग्‍य” र “सत्‍य” कहलाइनुहुन्‍छ। धार्मिकतामा उहाँले इन्‍साफ र युद्ध गर्नुहुन्‍छ।
12 उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन।
13 उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो।
14 स्‍वर्गका सेनाहरू सेता र स्‍वच्‍छ मलमलका वस्‍त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे।
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्‍कन्‍छ, र उहाँले फलामको डन्‍डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका क्रोधको दाख-कुण्‍ड उहाँले कुल्‍चनुहुन्‍छ।
16 उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।

उत्‍पत्ति 1 : 27
27 यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *