दृष्टान्तहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दृष्टान्तहरू

न्यायकर्ताहरू 9 : 15
15 “काँढ़ाको पोथ्राले रूखहरूलाई भन्‍यो, ‘यदि तिमीहरू साँच्‍ची नै मलाई तिमीहरूका राजा अभिषेक गर्न चाहन्‍छौ भने मेरो छत्रछायामा आओ। होइन भने, काँढ़ाहरूबाट आगो निस्‍केर लेबनानका देवदारुहरूलाई स्‍वाहा पारोस्‌।’

२ शमूएल 12 : 6
6 त्‍यसले दयामाया नगरेर यस्‍तो काम गरेबापत त्‍यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।”

२ शमूएल 14 : 12
12 तब त्‍यस स्‍त्रीले भनी, “हजूर, म अझै एउटा कुरा भन्‍न पाउँछु कि?” राजाले भने, “भन।”

१ राजाहरू 11 : 32
32 तर मेरो दास दाऊदको खातिर र इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर एउटा कुलचाहिँ त्‍यसको हुनेछ।

१ राजाहरू 20 : 42
42 तिनले राजालाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले मार्न निश्‍चय गरेको मानिसलाई तैंले छोड़िदिइस्‌। यसकारण त्‍यसको प्राणको साटो तेरो प्राण र त्‍यसको प्रजाको साटो तेरो प्रजा हुनेछ।”

२ राजाहरू 14 : 9
9 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहलाई यस्‍तो जवाफ पठाए, “लेबनानको एउटा सिउँड़ीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर समाचार पठायो, ‘तिम्री छोरी मेरो छोरासित विवाह गरिदेऊ’। तब लेबनानको एउटा वन-पशु त्‍यसबाट भएर आयो, र त्‍यस सिउँड़ीलाई कुल्‍चिदियो।

भजनसंग्रह 80 : 16
16 तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढ़ाइएको छ। तपाईंको हप्‍कीमा तपाईंका जनहरू नष्‍ट हुन्‍छन्‌।

यशैया 5 : 7
7 सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्‍दको बगैँचा हो। उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो।

यशैया 27 : 3
3 म, परमप्रभु, त्‍यसको हेरचाह गर्छु। म त्‍यसमा निरन्‍तर पानी हाल्‍छु। म रातदिन त्‍यसको रेखदेख गर्छु, नत्रता कसैले त्‍यसलाई नोक्‍सानी गर्ला।

यशैया 28 : 29
29 यी सबै पनि सर्वशक्तिमान्‌ परमप्रभुबाटै हुन आउँछ, जो सल्‍लाह दिनमा उदेकका र बुद्धिमा सर्वोत्तम हुनुहुन्‍छ।

यर्मिया 13 : 14
14 तिनीहरू एउटालाई अर्कामा, बुबाहरू र छोराहरूलाई आपसमा म थिचोमिचो गरिदिनेछु। म दया देखाएर वा टिठ्याएर तिनीहरूलाई सर्वनाश गर्नदेखि थामिनेछैनँ,’ परमप्रभु भन्‍नुहुन्‍छ।”

इजकिएल 15 : 8
8 तिनीहरूले विश्‍वासघात गरेका हुनाले म तिनीहरूको देशलाई उजाड़ पार्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।”

इजकिएल 17 : 10
10 त्‍यसलाई सार्‍यो भने पनि के त्‍यो सप्रन्‍छ र? पूर्वीय बतासले हानेपछि के त्‍यो जम्‍मै सुकिहाल्‍दैन र— त्‍यो उम्रेकै ठाउँमा सुकिहाल्‍दैन र?

इजकिएल 19 : 14
14 त्‍यसका मुख्‍य हाँगाहरूमध्‍ये एउटाबाट आगो निस्‍क्‍यो, र त्‍यसका फलहरू भस्‍म पार्‍यो। त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासकको जो राजदण्‍डको निम्‍ति उचित थियो। यो एउटा विलापी गीत हो, र विलापी गीतजस्‍तै यो प्रयोग गरिनुपर्छ।

इजकिएल 19 : 9
9 तिनीहरूले अङ्‌कुसेले त्‍यसलाई समातेर एउटा खोरमा हाले, र त्‍यसलाई बेबिलोनको राजाकहाँ ल्‍याए। इस्राएलका डाँड़ाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै नसुनिओस्‌ भनेर तिनीहरूले त्‍यसलाई कैदमा राखे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *