दुष्ट मानिसहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दुष्ट मानिसहरू

रोमी 12 : 21
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

रोमी 3 : 23
23 किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌।

रोमी 1 : 26 – 29
26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे,
27 र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे।
28 यसरी तिनीहरूले परमेश्‍वरलाई मान्‍यता दिन नचाहेका हुनाले परमेश्‍वरले तिनीहरूलाई भ्रष्‍ट मनका अवस्‍थामा अनुचित आचरणको निम्‍ति त्‍यागिदिनुभयो।
29 तिनीहरू सबै किसिमका बदमाशी, दुष्‍टता, लोभ, इबीले भरिएका छन्‌। तिनीहरू डाह, हत्‍या, झैँझगड़ा, छल, बदख्‍वाइँले भरिएका हुन्‍छन्, र तिनीहरू कुरौटे,

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

भजनसंग्रह 5 : 4
4 तपाईं दुष्‍टतामा प्रसन्‍न हुने परमेश्‍वर हुनुहुन्‍न। खराबी तपाईंमा वास गर्न सक्‍दैन।

रोमी 1 : 18 – 22
18 परमेश्‍वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्‍टताको विरुद्ध स्‍वर्गबाट प्रकट भएको छ, जसले सत्‍यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्‌।
19 परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ।
20 उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
21 किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्‍यवाद नै चढ़ाए, तर तिनीहरू आफ्‍ना विचारमा बेकम्‍मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्‍यारो भयो।
22 बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,

हिब्रू 9 : 27
27 जसरी मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ,

यर्मिया 12 : 1
1 हे परमप्रभु, तपाईं सधैँ धर्मी हुनुहुन्‍छ, जब म तपाईंको अगि मुद्दा पेश गर्छु। तापनि तपाईंका न्‍यायको विषयमा म तपाईंसित कुरा गर्न चाहन्‍छु। दुष्‍टहरूको चाल किन सफल हुन्‍छ? अविश्‍वासीहरू किन आरामसित बस्‍छन्‌?

रोमी 2 : 6 – 8
6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7 धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ।
8 तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।

यशैया 45 : 7
7 मैले उज्‍यालो बनाएँ, र अँध्‍यारोलाई सृष्‍टि गरें। म उन्‍नति ल्‍याउँछु, र संहार सृष्‍टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।

एफिसी 4 : 29
29 तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।

रोमी 2 : 9 – 11
9 खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्‍ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्‍यजातिहरूमाथि पनि।
10 तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्‍यजातिलाई पनि गौरव, इज्‍जत र शान्‍ति प्राप्‍त हुनेछ।
11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।

उत्‍पत्ति 2 : 16 – 17
16 अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्‍छ,
17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्‍यो खान्‍छस्‌ तँ निश्‍चय नै मर्नेछस्‌।

प्रस्‍थान 22 : 1 – 31
1 यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्‍यसलाई मार्‍यो कि बेच्‍यो भने, त्‍यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्‌।
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”
4 “यदि चोरीको माल त्‍यससँग जीवित पाइयो भने— त्‍यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्‍यसको निम्‍ति दुई गुणा तिर्नुपर्छ।”
5 “कसैले आफ्‍नो पशुलाई चराउँदा छोड़िदियो र त्‍यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्‍यसले आफ्‍नो खेत र दाखबारीको सबैभन्‍दा असल उब्‍जनी त्‍यसको सट्टा देओस्‌।”
6 “यदि झाड़ीमा आगलागी भएर अन्‍नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्‍म गर्‍यो भने, त्‍यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”
7 “कसैले आफ्‍नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्‍नलाई दियो, र त्‍यो त्‍यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्‍यो भने, त्‍यस चोरले दोबर तिरोस्‌।
8 तर चोरचाहिँ पक्राउ परेन भने, त्‍यस घरको मालिकले आफ्‍नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्‍यायकर्ताहरूकहाँ त्‍यो आओस्‌।
9 जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्‍तु देखाएर कसैले त्‍यो मेरो हो भन्‍यो भने, दुवै जना न्‍यायकर्ताहरूका अगि आऊन्‌। न्‍यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्‍यसले नै आफ्‍नो छिमेकीलाई दोबर देओस्‌।”
10 “यदि कुनै मानिसले आफ्‍नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्‍न दियो, र त्‍यो कसैले नदेखीकन मर्‍यो अथवा त्‍यसलाई चोट लाग्‍यो वा त्‍यो खेदेर भगाइयो भने,
11 ती दुवैका बीचको झगड़ा आफ्‍नो छिमेकीको सम्‍पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्‌। तब त्‍यसको मालिकले त्‍यो कुरा स्‍वीकार गरोस्, र त्‍यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।
12 तर त्‍यो छिमेकीबाट चोरिएको हो भनेता, त्‍यसको मालिकलाई भर्ना दिनुपर्नेछ।
13 त्‍यो जङ्गली पशुले छिन्‍नभिन्‍न पारेको छ भने, त्‍यसले त्‍यो गवाहीको निम्‍ति ल्‍याओस्, र त्‍यो छिन्‍नभिन्‍न भएको कारण त्‍यसले भर्ना तिर्नुपर्दैन।”
14 “यदि कसैले आफ्‍नो छिमेकीबाट पशुको पैँचो लियो, र त्‍यसको मालिक साथमा नहुँदा त्‍यसलाई चोट लाग्‍यो कि मर्‍यो भने, त्‍यसले त्‍यसको भर्ना देओस्‌।
15 तर त्‍यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्‍यसको भर्ना दिनुपर्नेछैन। त्‍यो पशु ज्‍यालाको हो भने, ज्‍यालाको लागि तिरेको रकमले सो नोक्‍सानी बेहोर्छ।”
16 “यदि कसैले मगनी नभएकी कन्‍ये-केटीलाई फकाएर त्‍यससित सुत्‍यो भने, त्‍यस मानिसले दुलहीको दाम दिएर त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्‌।
17 तर त्‍यस केटीको बुबाले त्‍यो केटी त्‍यसलाई दिन इन्‍कार गर्‍यो भने, त्‍यसले कन्‍ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।
18 “जादुगरी गर्ने स्‍त्रीलाई जीवित नराख।
19 जसले पशुसित यौन सम्‍बन्‍ध राख्‍छ, त्‍यो मारिनैपर्छ।
20 जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्‍यो बिलकुलै नष्‍ट पारिओस्‌।
21 परदेशीलाई नसताओ, त्‍यसलाई अत्‍याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ।
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।
23 फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु।
24 मेरो क्रोध दन्‍कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्‍नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्‌।
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ।
26 तिमीहरूका छिमेकीको खास्‍टो बन्‍धकमा लिएका छौ भने, सूर्यास्‍त हुन अघि नै त्‍यो त्‍यसलाई फर्काइदेओ,
27 किनकि त्‍यो त्‍यसको एउटै मात्र ओढ्‌ने हो। त्‍यसबाहेक त्‍यो केमा सुत्‍छ? त्‍यसले मेरो पुकारा गर्‍यो भने म त्‍यसको पुकारा सुन्‍नेछु, किनकि म कृपालु छु।
28 “परमेश्‍वरको विरुद्धमा निन्‍दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप।
29 “आफ्‍नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्‍ब नगर। “तिमीहरूका छोराहरूमध्‍ये जेठोचाहिँ मेरो निम्‍ति देओ।
30 त्‍यस्‍तै गरी तिमीहरूका गाईबस्‍तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्‍म ती आफ्‍ना माउसित रहून्‌। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्‍ति देओ।”
31 “तिमीहरू मेरो निम्‍ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्‍यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।”

मीका 5 : 12
12 म तिमीहरूको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु र तिमीहरूले फेरि कहिल्‍यै झारफूक गर्नेछैनौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *