यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दुष्टहरू
हितोपदेश 6 : 16 – 19
16 छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्:
17 अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,
18 दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,
19 असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।
प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
प्रकाश 2 : 2
2 तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्दछन्, तर वास्तवमा होइनन्, त्यस्तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्दछु।
लूका 16 : 15
15 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ, परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ।
भजनसंग्रह 37 : 1 – 10
1 दाऊदको भजन [1] दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ,
2 किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्, र हरिया बिरुवाजस्तै ओइलिजानेछन्।
3 परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ।
4 परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ।
5 आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ:
6 उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्योतिसमान र तिम्रो मामिलाको न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।
7 परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान।
8 रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ।
9 किनकि कुकर्मीहरू बहिष्कृत हुनेछन्, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्।
10 अलिक बेरपछि दुष्टहरू रहनेछैनन्, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्।
मत्ती 7 : 21 – 23
21 “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
22 त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
मत्ती 25 : 46
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
यूहन्ना 8 : 44
44 तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो।
१ यूहन्ना 3 : 4
4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो।
१ यूहन्ना 2 : 4
4 जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन।
याकूब 2 : 14 – 17
14 मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र?
15 यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्यसलाई दिनहुँको भोजनको अपुग छ,
16 र तिमीहरूमध्ये कसैले त्यसलाई, “शान्तिसँग जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्यसबाट के लाभ हुन्छ र?
17 यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।
तीतस 1 : 16
16 तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।
लूका 16 : 19 – 31
19 “एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो।
20 उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो।
21 त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे।
22 “त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो।
23 नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
24 अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’
25 “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।
26 यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’
27 “उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,
28 किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’
29 “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’
30 “तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
31 “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।”
रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
रोमी 16 : 19
19 तिमीहरूको आज्ञाकारिता सबै मानिसहरूमा जाहेरै छ, र तिमीहरूको कारण म आनन्द गर्दछु। तर म चाहन्छु, कि जे असल छ त्यसको निम्ति तिमीहरू बुद्धिमान् होओ, र जे खराब छ त्यसमा दोषरहित रहो।
यहूदा 1 : 7
7 जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू, जुनहरू व्यभिचार गरेर अस्वाभाविक कामवासनामा फसेका थिए, तिनीहरू अनन्त अग्निको दण्ड भोगेर उदाहरण बनेका छन्।
१ तिमोथी 1 : 10
10 व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरणकारीहरूका निम्ति, झूटा बोल्नेहरूका निम्ति, झूटा गवाही दिनेहरूका निम्ति, र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूका निम्ति हो।
हिब्रू 13 : 5
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।”
२ थेसलोनिकी 1 : 9
9 तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्,
Leave a Reply