दु:ख र कठिनाइहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दु:ख र कठिनाइहरू

भजनसंग्रह 80 : 5
5 तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ, र पिउनलाई आँसु प्रशस्‍त मात्रामा दिनुभएको छ।

यशैया 9 : 1
1 तापनि सङ्कष्‍ट परेकाहरूका निम्‍ति नैराश्‍य हुनेछैन। पहिले त उहाँले जबूलूनको देश र नप्‍तालीको देशलाई नम्र तुल्‍याउनुभयो, तर भविष्‍यमा उहाँले यर्दनका किनारको समुद्र नजिकैको अन्‍यजातिहरूको गालीललाई सम्‍मानित तुल्‍याउनुहुनेछ।

यर्मिया 46 : 28
28 हे मेरो दास याकूब, नडरा, किनकि म तँसित छु,” परमप्रभु भन्‍नुहुन्‍छ। जुन जातिहरूका बीचमा मैले तँलाई तितरबितर पारें, उनीहरूलाई म पूरै संहार गर्नेछु, तापनि तँलाई चाहिँ म पूरै संहार गर्नेछैनँ। म तँलाई न्‍यायपूर्वक अनुशासन गर्नेछु, तँलाई दण्‍ड नदिई म त्‍यसै छोड्‌नेछैनँ।”

उत्‍पत्ति 15 : 14
14 तर तिनीहरू जुन जातिका दास बन्‍नेछन्, उनीहरूको पनि म इन्‍साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्‍पत्ति लिएर निस्‍किआउनेछन्‌।

गन्ती 14 : 33
33 तिमीहरूमध्‍येको अन्‍तिम मानिसको मृत्‍यु नभएसम्‍म तिमीहरूको अविश्‍वासको कारण आफ्‍ना छोराछोरीहरू चालीस वर्षसम्‍म गोठाला भएर उजाड़-स्‍थानमा डुल्‍नेछन्‌।

यशैया 10 : 25
25 तिमीहरूको विरुद्धमा उठेको मेरो रीस चाँड़ै शान्‍त हुनेछ, र तिनीहरूका सर्वनाशको निम्‍ति मेरो क्रोध तिनीहरूतिर फर्कनेछ।”

यर्मिया 29 : 10
10 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको निम्‍ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु।

विलाप 3 : 33
33 किनभने उहाँले मानिसका सन्‍तानलाई स्‍वेच्‍छाले दु:ख दिनुहुन्‍न।

अय्‍यूब 5 : 7
7 आगोको फिलिङ्गो माथि उड़ेझैँ, मानिस पनि दु:खकै लागि जन्‍मन्‍छ।

अय्‍यूब 14 : 1
1 “स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ,

१ थेसलोनिकी 3 : 3
3 ताकि यी कष्‍टहरूले गर्दा कोही नडग्‍मगाओस्‌। तिमीहरू आफैलाई थाहा छ, कि यसैको निम्‍ति हामी खटाइएका हौं।

उत्‍पत्ति 3 : 19
19 माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्, र माटैमा फर्किजानेछस्‌।”

अय्‍यूब 4 : 8
8 मैले देखेको छु, कि अधर्म जोत्‍ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन्‌।

अय्‍यूब 20 : 11
11 युवावस्‍था र बल त्‍यसका हड्डी-हड्डीमा भए तापनि, ती त्‍यससँगै धूलोमा पड़िरहनेछन्‌।

हितोपदेश 1 : 31
31 तिनीहरूले आफ्‍नो चालचलनको फल भोग्‍नेछन्, र आफ्‍ना कपट योजनाको फलले आफै लादिनेछन्‌।

२ शमूएल 12 : 14
14 तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्‍मेको छोरोचाहिँ मर्नेछ।”

भजनसंग्रह 89 : 32
32 म तिनीहरूका पापको सजाय छड़ीले, र तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु।

यशैया 57 : 17
17 त्‍यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ। मैले त्‍यसलाई दण्‍ड दिएँ, र मेरो मुख लुकाएँ। तर पनि त्‍यो आफ्‍नै चालमा अटेरी गरेर चल्‍दैरह्यो।

प्रेरित 13 : 11
11 अब हेर्‌, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्‍म घामको प्रकाश नदेख्‍ने भई अन्‍धो हुनेछस्‌।” अनि उत्तिखेरै कुइरो र अन्‍धकारले त्‍यसलाई छोप्‍यो, र कसैले त्‍यसको हात पक्रेर डोर्‍याइदेला कि भनेर त्‍यो यताउता जान लाग्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *