दुख्ने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दुख्ने

१ यूहन्‍ना 4 : 20
20 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन।

मत्ती 6 : 14 – 15
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।

यूहन्‍ना 8 : 44
44 तिमीहरू आफ्‍नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्‍छा पूरा गर्ने तिमीहरूको सङ्कल्‍प छ। त्‍यो त सुरुदेखि नै हत्‍यारा थियो, र सत्‍यसँग त्‍यसलाई केही वास्‍ता छैन। किनभने त्‍यसमा केही सत्‍य छैन। जब त्‍यसले झूट बोल्‍दछ, त्‍यो आफ्‍नै स्‍वभावअनुसार बोल्‍दछ, किनभने त्‍यो झूटो हो र झूटको पिता हो।

यशैया 53 : 5
5 तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

२ कोरिन्थी 5 : 21
21 किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।

गन्ती 23 : 19
19 परमेश्‍वर ढाँट्‌नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍न, उहाँले मन बद्‌लनुहुन्‍न, कारण उहाँ मान्‍छेको सन्‍तान हुनुहुन्‍न। उहाँले भन्‍नुभएपछि के त्‍यो गर्नुहुन्‍न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्‍यो पूरा गर्नुहुन्‍न र?

भजनसंग्रह 118 : 1 – 18
1 परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्‍छ, र उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।
2 इस्राएलले भनोस्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”
3 हारूनको वंशले भनोस्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”
4 परमप्रभुको भय मान्‍नेहरूले भनून्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।”
5 मनको वेदनामा मैले परमप्रभुलाई पुकारें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मुक्त गर्नुभयो।
6 परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्‍छ र?
7 परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, उहाँ मेरा सहायक हुनुहुन्‍छ। म मेरा शत्रुहरूलाई विजयको दृष्‍टिले हेर्नेछु।
8 परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।
9 परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ।
10 सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
11 तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
12 तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्‍तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें।
13 म बलपूर्वक पछाडि घचेटिएँ र लड्‌न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।
14 परमप्रभु मेरो शक्ति र मेरो भजन हुनुहुन्‍छ, र उहाँ मेरो उद्धार हुनुभएको छ।
15 धर्मीहरूका पालमा हर्ष र विजयको गुञ्‍जन हुन्‍छ: “परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ!
16 परमप्रभुको दाहिने बाहुली उचालिएको छ, परमप्रभुको दाहिने बाहुलीले सामर्थी काम गरेको छ।”
17 म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु।
18 परमप्रभुले मलाई कठोरतासाथ ताड़ना दिनुभएको छ, तर उहाँले मलाई मृत्‍युको वशमा सुम्‍पनुभएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *