दीर्घायु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दीर्घायु

भजनसंग्रह 91 : 16
16 लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”

उत्‍पत्ति 6 : 3
3 तब परमप्रभुले भन्‍नुभयो, “मेरो आत्‍माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्‍यो मरणशील हो। त्‍यसको उमेर एक सय बीस वर्षको हुनेछ।”

हितोपदेश 9 : 11
11 किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन्, अनि तँ दीर्घायु हुनेछस्‌।

हितोपदेश 3 : 16
16 बुद्धिको दाहिने हातमा दीर्घायु, र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌।

भजनसंग्रह 90 : 10
10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्‍यायो भने, असी पुग्‍ला। तापनि तिनीहरूको अवधि कष्‍ट र शोकमा बित्‍छ, किनकि आयुचाहिँ चाँड़ै बित्‍छ, र हामी उड़िजान्‍छौं।

हितोपदेश 3 : 2
2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्‍पन्‍नता ल्‍याउनेछन्‌।

हितोपदेश 10 : 27
27 परमप्रभुको डरले जीवनको आयु थपिन्‍छ, तर दुष्‍टको आयु घटाइन्‍छ।

यशैया 65 : 20
20 “थोरै दिनसम्‍म बाँच्‍ने बालक वा आफ्‍नो पूरा उमेरसम्‍म नबाँच्‍ने वृद्ध मानिस त्‍यहाँ कहिल्‍यै हुनेछैन। सय वर्षसम्‍म बाँचेर मर्नेचाहिँ जवान मानिनेछ, र सय वर्षसम्‍म नबाँच्‍नेचाहिँ श्रापित मानिनेछ।

भजनसंग्रह 21 : 4
4 उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो।

प्रस्‍थान 20 : 12
12 “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *