दिवालियापन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दिवालियापन

व्यवस्था 15 : 1 – 2
1 प्रत्‍येक सात वर्षको अन्‍तमा कर्जा-माफीको समय राख्‍नुपर्छ।
2 त्‍यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्‍नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्‌। त्‍यसले आफ्‍नो स्‍वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्‍य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ।

प्रस्‍थान 22 : 25 – 27
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ।
26 तिमीहरूका छिमेकीको खास्‍टो बन्‍धकमा लिएका छौ भने, सूर्यास्‍त हुन अघि नै त्‍यो त्‍यसलाई फर्काइदेओ,
27 किनकि त्‍यो त्‍यसको एउटै मात्र ओढ्‌ने हो। त्‍यसबाहेक त्‍यो केमा सुत्‍छ? त्‍यसले मेरो पुकारा गर्‍यो भने म त्‍यसको पुकारा सुन्‍नेछु, किनकि म कृपालु छु।

भजनसंग्रह 37 : 21
21 दुष्‍टहरूले ऋण लिन्‍छन्‌, र तिर्दैनन्‌, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्‍छन्‌।

व्यवस्था 15 : 7 – 10
7 यदि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्‍यस गरीब भाइप्रति निष्‍ठुर भएर आफ्‍नो मुट्ठी नबाँध्‍नू।
8 बरु आफ्‍नो मुट्ठी खोलेर त्‍यसको खाँचोअनुसार जे-जति चाहिन्‍छ सापट दिनू।
9 होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्‍यो भन्‍ने कुभावना मनमा राखेर आफ्‍नो गरीब दाजुभाइलाई गोहार गर्न इन्‍कार गर्‍यो, भने त्‍यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्‍नेछ।
10 तिमीहरूले त्‍यसलाई निस्‍सङ्कोच दिनू, त्‍यसलाई दिँदा तिमीहरूको मनमा कष्‍ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै काममा र तिमीहरूले हात हाल्‍ने हरेक कुरामा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।

व्यवस्था 15 : 1 – 23
1 प्रत्‍येक सात वर्षको अन्‍तमा कर्जा-माफीको समय राख्‍नुपर्छ।
2 त्‍यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्‍नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्‌। त्‍यसले आफ्‍नो स्‍वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्‍य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ।
3 परदेशीलाई चाहिँ कर गरेर माग्‍न सक्‍छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ।
4 मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन,
5 किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रशस्‍त आशिष्‌ दिनुहुनेछ।
6 आफ्‍नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्‌।
7 यदि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्‍यस गरीब भाइप्रति निष्‍ठुर भएर आफ्‍नो मुट्ठी नबाँध्‍नू।
8 बरु आफ्‍नो मुट्ठी खोलेर त्‍यसको खाँचोअनुसार जे-जति चाहिन्‍छ सापट दिनू।
9 होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्‍यो भन्‍ने कुभावना मनमा राखेर आफ्‍नो गरीब दाजुभाइलाई गोहार गर्न इन्‍कार गर्‍यो, भने त्‍यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्‍नेछ।
10 तिमीहरूले त्‍यसलाई निस्‍सङ्कोच दिनू, त्‍यसलाई दिँदा तिमीहरूको मनमा कष्‍ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै काममा र तिमीहरूले हात हाल्‍ने हरेक कुरामा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
11 देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।
12 यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्‍छ, त्‍यसले छ वर्ष तिमीहरूको सेवा गर्‍यो भने, सातौँ वर्ष त्‍यसलाई मुक्त भएर जान दिनू।
13 त्‍यो मुक्त भएर जाँदा त्‍यसलाई रित्तै हात नपठाउनू,
14 तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएअनुसार आफ्‍ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्‍तसँग दिएर त्‍यसलाई पठाउनू।
15 मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्‍झना गर। त्‍यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।
16 तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्‍नँ” भन्‍यो भने,
17 एउटा सुतारो लिएर त्‍यसको कानको लोती ढोकामा लगाएर छेड्‌नू, र त्‍यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्‍नी कमारीलाई पनि त्‍यसै गर्नू।
18 त्‍यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्‍नू, किनकि ज्‍यालादारी नोकरले लिने ज्‍यालाको दोबर मूल्‍यको काम त्‍यसले छ वर्षमा गर्‍यो। अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबै काममा आशिष्‌ दिनुहुनेछ।
19 तिमीहरूका गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएको हरेक बाछो वा पाठो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति अलग गर्नू। आफ्‍ना गाईबस्‍तुको पहिले बियाएकाबाट केही काम नलिनू, र आफ्‍ना पहिले बियाएका भेड़ाको ऊन नकत्रनू।
20 जुन स्‍थान परमप्रभुले चुन्‍नुहुन्‍छ त्‍यहाँ तिमीहरूले आफ्‍ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने त्‍यो खानू।
21 कुनै पशु लङ्गड़ा वा अन्‍धो भए, अथवा अरू कुनै प्रकारको खोट त्‍यसमा भए त्‍यसलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि बलि नगर्नू।
22 आफ्‍नो सहरमै त्‍यो खानू। हरिण वा मृगको मासु खाएझैँ विधिपूर्वक शुद्ध वा अशुद्ध व्‍यक्तिले त्‍यो खान सक्‍छ।
23 केवल त्‍यसको रगतचाहिँ नखानू। त्‍यो पानीझैँ भूइँमा पोखाइदिनू।

हितोपदेश 22 : 7
7 धनीले गरीबमाथि प्रभुत्‍व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्‍छ।

लेवीहरू 25 : 35 – 37
35 “‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्‍ये कोही अति गरीब भएर आफ्‍नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्‍तै गरी त्‍यसलाई सहायता दिनू, कि त्‍यो तिमीहरूसित बसिरहन सकोस्‌।
36 त्‍यसलाई ऋण दिँदा ब्‍याज वा नाफा नलिनू। तिमीहरूले आफ्‍ना परमेश्‍वरको भय मान्‍नू, र तिमीहरूको दाजुभाइ तिमीहरूसितै बसिरहोस्‌।
37 त्‍यसलाई तिमीहरूले ब्‍याजमा रुपियाँ नदिनू। खानेकुरो पनि त्‍यसलाई नाफा नगरी दिनू।

लेवीहरू 25 : 35
35 “‘यदि तिमीहरूका इस्राएली दाजुभाइमध्‍ये कोही अति गरीब भएर आफ्‍नो देखभाल गर्न सकेन भने, तिमीहरूले नै परदेशी पाहुनालाई जस्‍तै गरी त्‍यसलाई सहायता दिनू, कि त्‍यो तिमीहरूसित बसिरहन सकोस्‌।

व्यवस्था 23 : 19 – 20
19 ब्‍याज कमाउन सक्‍ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्‍नो दाजुभाइबाट ब्‍याज नलिनू।
20 विदेशीबाट त तिमीहरू ब्‍याज लिन सक्‍छौ, तर आफ्‍ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्।

इजकिएल 18 : 13
13 त्‍यसले ब्‍याजमा रुपियाँ दिन्‍छ र दिएको भन्‍दा बढ़ी लिन्‍छ। के यस्‍तो मानिस जीवित रहन्‍छ र? त्‍यो जीवित रहनेछैन। त्‍यसले यी सबै घिनलाग्‍दा कामहरू गरेको कारणले त्‍यो मारिनैपर्छ, र त्‍यसको रगत त्‍यसकै शिरमाथि पर्नेछ।

उपदेशक 5 : 5
5 भाकल गरेर पनि पूरा नगर्नुभन्‍दा त भाकल नगरेको अझ असल हो।

प्रस्‍थान 22 : 25
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ।

व्यवस्था 8 : 11 – 18
11 सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्‍लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल।
12 नत्रता जब तिमीहरू खाएर तृप्‍त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्‍नेछौ,
13 जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्‍त हुनेछन्,
14 तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भुल्‍नेछौ।
15 उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्‍छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्‍थानको बीचमा डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो।
16 अन्‍त्‍यमा तिमीहरूको भलो होस्‌ भनेर उजाड़-स्‍थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्‍न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्‍याउनुभयो र जाँच्‍नुभयो।
17 “हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्‍पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला।
18 तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।

इजकिएल 22 : 12
12 तँमा नै मानिसहरूले हत्‍या गर्नलाई घूस लिन्‍छन्‌। तैंले ब्‍याजमा बढ़ी ब्‍याज लिन्‍छस्, आफ्‍नो छिमेकीलाई अन्‍याय गरेर जबरदस्‍ती गरी नाफा लिन्‍छस्‌। अनि तैंले मलाई बिर्सेको छस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *