यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दाखबारी
मत्ती 20 : 1 – 16
1 “स्वर्गको राज्य जमिनको एक जना मालिकजस्तो हो, जो बिहान सबेरै आफ्नो दाखबारीमा खेतालाहरूलाई ज्यालामा काम लाउन बाहिर निस्क्यो।
2 खेतालाहरूसँग एक दिनमा पाउने ज्याला तोकेर उसले तिनीहरूलाई आफ्नो दाखबारीमा पठायो।
3 “जब ऊ नौ बजेतिर बाहिर निस्क्यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्यो,
4 र उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’
5 अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्केर त्यसै गर्यो।
6 उसले पाँच बजेतिर बाहिर निस्केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’
7 “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’
8 “जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’
9 “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्याला पाए।
10 जब पहिला ज्यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्ता नै पाउँला भन्ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्याला पाए।
11 ज्याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे।
12 तिनीहरू भन्न लागे, ‘यी पछिल्लाहरूले एक घण्टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्याउनुभएको छ।’
13 “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्यालामा काम गर्ने कबूल गरेका होइनौ?
14 तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्छु।
15 मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने?
16 “यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्।”
मत्ती 21 : 33 – 41
33 “अर्को दृष्टान्त सुन। कोही एक जना गृहस्थी थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे, र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे।
34 जब फलको समय नजिक आयो, उनले मोहीहरूकहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए।
35 “तर मोहीहरूले उनका नोकरहरूलाई समाती एउटालाई पिटे, अर्कालाई मारे, र अर्कालाई ढुङ्गाले हाने।
36 फेरि उनले अघिको भन्दा बढ़ी नोकरहरू पठाए, र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे।
37 ‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्ने सोचेर, अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए।
38 “तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, त्यसलाई मारौं, र त्यसको उत्तराधिकार हात पारौं।’
39 तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे।
40 “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब उनले ती मोहीहरूलाई के गर्लान्?”
41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।”
यशैया 5 : 1 – 7
1 मैले प्रेम गरेको उनको दाखबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्यन्त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो।
2 तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके, र त्यसमा तिनले सबैभन्दा असल दाख रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाख पो फल्यो।
3 “अब हे यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा इन्साफ गरिदेओ।
4 मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्छ कि भनेर आशा गरेको त किन त्यसले खराब दाख मात्र फलायो?
5 अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्नेछु: म त्यसको बार उखेलिदिनेछु, र त्यो नष्ट हुनेछ। म त्यसको पर्खाल भत्काइदिनेछु, र त्यो कुल्चीमिल्ची गरिनेछ।
6 त्यसलाई म उजाड़ भूमि पारिदिनेछु। त्यो न त छिमलिनेछ न गोड़िनेछ, तर त्यसमा सिउँड़ी र काँढ़ाहरू उम्रनेछन्। त्यसमा पानी नपरोस् भनेर बादललाई पनि म आज्ञा गर्नेछु।”
7 सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्दको बगैँचा हो। उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्टको रुवाबासी पो सुनियो।
यशैया 1 : 8
8 सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्तै, खरबूजाको मचानजस्तै र घेरिएको सहरजस्तै भएकी छ।
यशैया 5 : 2
2 तिनले त्यो खने र त्यसका ढुङ्गाहरू टिपेर फ्याँके, र त्यसमा तिनले सबैभन्दा असल दाख रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाए र त्यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्छ कि भनेर तिनले आशा गर्न लागे, तर त्यसमा खराब दाख पो फल्यो।
उपदेशक 2 : 4
4 मैले ठूला योजनाहरू थालें। मैले मेरो निम्ति घरहरू बनाएँ। मैले दाखको खेत स्थापना गरें।
यशैया 27 : 2
2 त्यस दिन, “फल दिने एउटा सुन्दर दाखबारीको विषयमा गीत गाओ।
Leave a Reply