दाँत किट्नु

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दाँत किट्नु

अय्‍यूब 16 : 9
9 क्रोधमा परमेश्‍वरले मलाई छिन्‍नभिन्‍न पार्नुहुन्‍छ, र मेरो विरुद्ध दारा किट्‌नुहुन्‍छ। मेरा शत्रुले मलाई तर्केर हेर्नुहुन्‍छ।

भजनसंग्रह 35 : 16
16 अधर्मीझैँ तिनीहरूले वैमनस्‍यपूर्वक निन्‍दा गरे, तिनीहरूले ममाथि दाह्रा किटे।

भजनसंग्रह 37 : 12
12 दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्‌यन्‍त्र रच्‍तछन्‌, र उनीहरूमाथि दाह्रा किट्‌दछन्‌,

भजनसंग्रह 112 : 10
10 दुष्‍ट मानिस यो देखेर कुँड़िन्‍छ, त्‍यसले दाह्रा किट्‌नेछ, अनि नष्‍ट हुनेछ। दुष्‍ट मानिसको अभिलाषा निष्‍फल हुन्‍छ।

विलाप 2 : 16
16 तेरा सबै शत्रुहरू तँलाई मुख खोलेर गिल्‍ला गर्दछन्‌। तिनीहरूले तँलाई दाह्रा किटेर भन्‍छन्, “हामीले त्‍यसलाई नष्‍ट पार्‍यौं। अहा, यही दिन हेर्नलाई हामी पर्खिरहेका थियौं, हामीले बाँचेर यो हेर्न पायौं।”

मत्ती 8 : 12
12 तर राज्‍यका सन्‍तान बाहिरी अन्‍धकारमा फालिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

मत्ती 13 : 42
42 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।

मत्ती 22 : 13
13 “तब राजाले सेवकहरूलाई भने, ‘त्‍यसका हात-खुट्टा बाँधेर त्‍यसलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’

मत्ती 24 : 51
51 अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”

मत्ती 25 : 30
30 त्‍यस बेकम्‍मा नोकरलाई चाहिँ बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *