दस आज्ञाहरू तोड्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् दस आज्ञाहरू तोड्दै

१ यूहन्‍ना 2 : 4
4 जसले “म उहाँलाई चिन्‍छु” भन्‍छ, तर उहाँका आज्ञाहरू उल्‍लङ्घन गर्छ, त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य छैन।

यूहन्‍ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।

मत्ती 5 : 38 – 39
38 “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’
39 तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।

१ कोरिन्थी 6 : 9
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

मत्ती 15 : 1 – 39
1 यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू येशूकहाँ आए, र भने,
2 “तपाईंका चेलाहरूले पुर्खाहरूको परम्‍परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्‍ना हात धुँदैनन्‌।”
3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पनि किन आफ्‍ना परम्‍पराको खातिर परमेश्‍वरका आज्ञा भङ्ग गर्दछौ?
4 किनभने परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्‍ना बुबा र आमाको आदर गर, र बुबा वा आमाको विरुद्धमा दुष्‍ट कुरा जसले बोल्‍छ, त्‍योचाहिँ निश्‍चय मारिनुपर्छ।
5 तर तिमीहरूचाहिँ भन्‍दछौ, जसले आफ्‍ना बुबा वा आमालाई भन्‍छ, ‘तपाईंले मबाट जे प्राप्‍त गर्न सक्‍नुहुन्‍थ्‍यो, सो परमेश्‍वरलाई चढ़ाइएको छ,’ त्‍यसले आफ्‍ना बाबुको आदर गर्नुपर्दैन।
6 यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ।
7 ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले,
8 ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।
9 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।”
10 उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सुन र बुझ।
11 जे मुखभित्र पस्‍तछ, त्‍यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्‍कन्‍छ, त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।”
12 यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्‌?”
13 तर उहाँले भन्‍नुभयो, “स्‍वर्गमा हुनुहुने मेरा पिताले नरोप्‍नुभएको हरेक बोट उखेलिनेछ।
14 तिनीहरूलाई छोडिदेओ, ती अन्‍धा अगुवाहरू हुन्‌। अन्‍धाले अन्‍धालाई डोर्‍यायो भने, ती दुवै खाल्‍डोमा पर्नेछन्‌।”
15 पत्रुसले उहाँलाई भने, “हामीलाई यस दृष्‍टान्‍तको अर्थ बताइदिनुहोस्‌।”
16 उहाँले भन्‍नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ?
17 के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्‍छ त्‍यो पेटमा गइहाल्‍छ, र बाहिर निस्‍किहाल्‍छ?
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्‍कन्‍छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌।
19 किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌।
20 यी कुराहरूले चाहिँ मान्‍छेलाई अशुद्ध पार्छन्‌। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”
21 तब येशू त्‍यहाँबाट निस्‍कनुभयो, र टुरोस र सीदोनका इलाकातिर जानुभयो।
22 त्‍यस इलाकाबाट एउटी कनानी स्‍त्री आएर कराउँदै भन्‍न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।”
23 येशूले त्‍यसलाई केही जवाफ दिनुभएन। उहाँका चेलाहरूले आएर उहाँलाई बिन्‍ती गरे, “यसलाई बिदा गर्नुहोस्, किनभने त्‍यो कराउँदै हाम्रो पछि लागिरहिछे।”
24 उहाँले भन्‍नुभयो, “म इस्राएल जातिका हराएका भेड़ाहरूका निम्‍ति मात्र पठाइएको हुँ।”
25 तर त्‍यो स्‍त्री आएर उहाँको अघि घोप्‍टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्‌।”
26 उहाँले भन्‍नुभयो, “बालकहरूको रोटी लिएर कुकुरहरूलाई फालिदिनु ठीक हुँदैन।”
27 त्‍यसले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त आफ्‍ना मालिकको टेबिलबाट झरेका टुक्राटाक्री खान्‍छन्‌।”
28 तब येशूले त्‍यसलाई जवाफ दिनुभयो, “ए नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्‍छा गरेबमोजिम तिमीलाई होस्‌।” त्‍यसकी छोरी त्‍यही घड़ी निको भइहाली।
29 येशू त्‍यहाँबाट निस्‍केर गालील समुद्रको किनार भएर जानुभयो, र पहाड़माथि उक्‍लेर त्‍यहाँ बस्‍नुभयो।
30 तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्‍याएका लङ्गड़ा, लुला, अन्‍धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो,
31 यहाँसम्‍म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्‍धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्‍क परे, र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।
32 तब येशूले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्‍नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्‌।”
33 चेलाहरूले उहाँलाई भने, “यस्‍तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने?
34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्‌?” तिनीहरूले भने, “सात वटा रोटी र केही ससाना माछा छन्‌।”
35 उहाँले भीड़लाई भूइँमा बस्‍ने आज्ञा दिनुभयो।
36 उहाँले ती सात रोटी र माछा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए।
37 तिनीहरू सबैले खाए र तृप्‍त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए।
38 स्‍त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए।
39 तब भीड़लाई बिदा गरिसकेपछि उहाँ डुङ्गामा चढ्‌नुभयो, र मगादानको इलाकातिर जानुभयो।

रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

प्रस्‍थान 22 : 2 – 3
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”

प्रस्‍थान 22 : 1 – 31
1 यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्‍यसलाई मार्‍यो कि बेच्‍यो भने, त्‍यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्‌।
2 “यदि चोर घर फोर्दैगरेको फेला पर्‍यो भने र त्‍यसलाई पिट्‌दा त्‍यो मर्‍यो भने, त्‍यसको हत्‍याको दोष पिट्‌नेलाई लाग्‍नेछैन।
3 तर घाम झुल्‍किसकेको भए, त्‍यो दोषी हुनेछ। चोरले नोक्‍सानी भरिदिनुपर्छ। तर त्‍यससँग केही छैन भने, चोरीको निम्‍ति त्‍यो बेचिओस्‌।”
4 “यदि चोरीको माल त्‍यससँग जीवित पाइयो भने— त्‍यो गोरु अथवा गधा वा भेड़ा जे भए पनि— त्‍यसको निम्‍ति दुई गुणा तिर्नुपर्छ।”
5 “कसैले आफ्‍नो पशुलाई चराउँदा छोड़िदियो र त्‍यो अर्काको खेत अथवा दाखबारीमा चरेर खायो भने, त्‍यसले आफ्‍नो खेत र दाखबारीको सबैभन्‍दा असल उब्‍जनी त्‍यसको सट्टा देओस्‌।”
6 “यदि झाड़ीमा आगलागी भएर अन्‍नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्‍म गर्‍यो भने, त्‍यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”
7 “कसैले आफ्‍नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्‍नलाई दियो, र त्‍यो त्‍यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्‍यो भने, त्‍यस चोरले दोबर तिरोस्‌।
8 तर चोरचाहिँ पक्राउ परेन भने, त्‍यस घरको मालिकले आफ्‍नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्‍यायकर्ताहरूकहाँ त्‍यो आओस्‌।
9 जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्‍तु देखाएर कसैले त्‍यो मेरो हो भन्‍यो भने, दुवै जना न्‍यायकर्ताहरूका अगि आऊन्‌। न्‍यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्‍यसले नै आफ्‍नो छिमेकीलाई दोबर देओस्‌।”
10 “यदि कुनै मानिसले आफ्‍नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्‍न दियो, र त्‍यो कसैले नदेखीकन मर्‍यो अथवा त्‍यसलाई चोट लाग्‍यो वा त्‍यो खेदेर भगाइयो भने,
11 ती दुवैका बीचको झगड़ा आफ्‍नो छिमेकीको सम्‍पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्‌। तब त्‍यसको मालिकले त्‍यो कुरा स्‍वीकार गरोस्, र त्‍यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।
12 तर त्‍यो छिमेकीबाट चोरिएको हो भनेता, त्‍यसको मालिकलाई भर्ना दिनुपर्नेछ।
13 त्‍यो जङ्गली पशुले छिन्‍नभिन्‍न पारेको छ भने, त्‍यसले त्‍यो गवाहीको निम्‍ति ल्‍याओस्, र त्‍यो छिन्‍नभिन्‍न भएको कारण त्‍यसले भर्ना तिर्नुपर्दैन।”
14 “यदि कसैले आफ्‍नो छिमेकीबाट पशुको पैँचो लियो, र त्‍यसको मालिक साथमा नहुँदा त्‍यसलाई चोट लाग्‍यो कि मर्‍यो भने, त्‍यसले त्‍यसको भर्ना देओस्‌।
15 तर त्‍यसको मालिक साथै भएदेखि पैँचो लिनेले त्‍यसको भर्ना दिनुपर्नेछैन। त्‍यो पशु ज्‍यालाको हो भने, ज्‍यालाको लागि तिरेको रकमले सो नोक्‍सानी बेहोर्छ।”
16 “यदि कसैले मगनी नभएकी कन्‍ये-केटीलाई फकाएर त्‍यससित सुत्‍यो भने, त्‍यस मानिसले दुलहीको दाम दिएर त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्‌।
17 तर त्‍यस केटीको बुबाले त्‍यो केटी त्‍यसलाई दिन इन्‍कार गर्‍यो भने, त्‍यसले कन्‍ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।
18 “जादुगरी गर्ने स्‍त्रीलाई जीवित नराख।
19 जसले पशुसित यौन सम्‍बन्‍ध राख्‍छ, त्‍यो मारिनैपर्छ।
20 जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्‍यो बिलकुलै नष्‍ट पारिओस्‌।
21 परदेशीलाई नसताओ, त्‍यसलाई अत्‍याचार पनि नगर, किनकि तिमीहरू पनि मिश्रमा परदेशी नै थियौ।
22 “विधवा अथवा टुहुराबाट फाइदा नलेओ।
23 फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु।
24 मेरो क्रोध दन्‍कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्‍नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्‌।
25 तिमीहरूसँग हुने मेरो कुनै गरीब मानिसलाई ऋण दियौ भने त्‍यसप्रति साहुकारजस्‍तै नहोओ। त्‍यससित ब्‍याज पनि नलेओ।
26 तिमीहरूका छिमेकीको खास्‍टो बन्‍धकमा लिएका छौ भने, सूर्यास्‍त हुन अघि नै त्‍यो त्‍यसलाई फर्काइदेओ,
27 किनकि त्‍यो त्‍यसको एउटै मात्र ओढ्‌ने हो। त्‍यसबाहेक त्‍यो केमा सुत्‍छ? त्‍यसले मेरो पुकारा गर्‍यो भने म त्‍यसको पुकारा सुन्‍नेछु, किनकि म कृपालु छु।
28 “परमेश्‍वरको विरुद्धमा निन्‍दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप।
29 “आफ्‍नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्‍ब नगर। “तिमीहरूका छोराहरूमध्‍ये जेठोचाहिँ मेरो निम्‍ति देओ।
30 त्‍यस्‍तै गरी तिमीहरूका गाईबस्‍तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्‍म ती आफ्‍ना माउसित रहून्‌। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्‍ति देओ।”
31 “तिमीहरू मेरो निम्‍ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्‍यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।”

मत्ती 5 : 1 – 48
1 भीड़लाई देखेर उहाँ डाँड़ामा उक्‍लनुभयो, र उहाँ बस्‍नुभएपछि चेलाहरू उहाँकहाँ आए।
2 उहाँले मुख खोल्‍नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्‍नुभयो:
3 “धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।
4 धन्‍य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।
5 धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌।
6 धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।
7 धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌।
8 धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌।
9 धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।
10 धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।
11 “धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌।
12 तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।
13 “तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन।
14 “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन।
15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ।
16 यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।
17 “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।
18 किनभने साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जबसम्‍म स्‍वर्ग र पृथ्‍वी टलेर जाँदैन तबसम्‍म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्‍यवस्‍थाबाट एउटा मात्रा वा एउटा बिन्‍दु टल्‍नेछैन।
19 यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, र मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइनेछ।
20 किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ।
21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्‍या नगर्नू, र जसले हत्‍या गर्छ त्‍यो दण्‍डको योग्‍य हुनेछ।’
22 तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
23 “यसकारण तिमीले वेदीमा आफ्‍नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्‍ने तिमीलाई याद भयो भने,
24 तिम्रो भेटी त्‍यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्‍नो भाइसँग मिलाप गर, र त्‍यसपछि आएर आफ्‍नो भेटी चढ़ाऊ।
25 “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्‍यायाधीशको हातमा सुम्‍पिदेला र न्‍यायाधीशले अधिकृतको हातमा सुम्‍पिदेलान्, र तिमी झ्‍यालखानमा पर्नेछौ।
26 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्‍जेल तिमी त्‍यहाँबाट उम्‍कनेछैनौ।
27 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्‍यभिचार नगर्‌।’
28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।
29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा फालिनुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ।
30 तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्‍पूर्ण शरीर नरकमा जानुभन्‍दा बरु तिम्रा अङ्गहरूमध्‍ये एउटा गुमाउनु तिम्रो निम्‍ति हितकारी हुन्‍छ।
31 “यसो पनि भनिएको छ, कि ‘जसले आफ्‍नी पत्‍नीलाई त्‍याग गर्छ, त्‍यसले तिनलाई त्‍यागपत्र लेखिदेओस्‌।’
32 तर म तिमीहरूलाई भन्‍दछु, जसले आफ्‍नी पत्‍नीलाई व्‍यभिचारको कारणबाहेक अरू कारणले त्‍याग गर्ला, त्‍यसले तिनलाई व्‍यभिचारिणी तुल्‍याउँछ, र जसले त्‍याग गरिएकी स्‍त्रीसँग विवाह गर्ला, त्‍यसले व्‍यभिचार गर्नेछ।
33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्‍ति गरिएको शपथ तैंले पूरा गर्‌।’
34 तर म तिमीहरूलाई भन्‍दछु, शपथ खाँदै नखाओ। स्‍वर्गको नाउँमा शपथ नखाओ, किनकि त्‍यो परमेश्‍वरको सिंहासन हो,
35 न त पृथ्‍वीको, किनकि त्‍यो उहाँको पाउदान हो, न त यरूशलेमको, किनकि त्‍यो महाराजाको सहर हो।
36 आफ्‍नो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्‍दैनौ।
37 तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌। यीभन्‍दा बढ़ीचाहिँ दुष्‍टताबाट आउँदछ।
38 “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत।’
39 तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ।
40 यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्‍यसलाई तिम्रो खास्‍टो पनि दिइहाल।
41 यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्‍य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ।
42 तिमीसँग माग्‍नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्‍कार नगर।
43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,
45 र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ।
46 किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्‍यसै गर्दैनन्‌ र?
47 तिमीहरूले आफ्‍ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्‍दा बढ़ी के गर्‍यौ र? के अन्‍यजातिहरूले पनि त्‍यसै गर्दैनन्‌ र?
48 यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”

व्यवस्था 28 : 47 – 48
47 तिमीहरूसँग सबै चीज प्रशस्‍त हुँदा खुशीसँग प्रसन्‍न चित्तले परमप्रभु आफ्‍ना परमेश्‍वरको सेवा गरेनौ।
48 यसकारण भोक, प्‍यास, नग्‍नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्‍म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ।

भजनसंग्रह 46 : 1
1 सङ्गीत-निर्देशकको निम्‍ति अलामोत [1] नामक कोरहवंशीको भजन [1] परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।

रोमी 1 : 1 – 32
1 म पावल, येशू ख्रीष्‍टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरको त्‍यस सुसमाचारको निम्‍ति अलग गरिएको हुँ,
2 जुन सुसमाचार उहाँले अघिबाटै आफ्‍ना अगमवक्ताद्वारा पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको थियो।
3 यो सुसमाचार परमेश्‍वरका पुत्रको विषयमा हो, जसको जन्‍म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो।
4 येशू ख्रीष्‍ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्‍माअनुसार शक्तिमा परमेश्‍वरका पुत्र ठहरिनुभयो।
5 उहाँका नाउँको खातिर विश्‍वासद्वारा आउने आज्ञापालन सबै जातिहरूका बीचमा ल्‍याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं।
6 तिमीहरू पनि तिनीहरूसँगसँगै येशू ख्रीष्‍टका हुन बोलाइएका छौ।
7 रोममा भएका तिमीहरू सबै, परमेश्‍वरका प्रियहरू, जो सन्‍त हुनलाई बोलाइएका छौ: तिमीहरूलाई परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।
8 सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्‍ति धन्‍यवाद चढ़ाउँछु, किनकि तिमीहरूका विश्‍वासको कुरा सारा संसारमा प्रचार भएको छ।
9 म सम्‍पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ कि कसरी म निरन्‍तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु।
10 अनि यो माग्‍दछु, कि कुनै किसिमले परमेश्‍वरको इच्‍छाद्वारा आखिरमा म तिमीहरूकहाँ आउन सफल हुन सकूँ।
11 किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्‍मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्‌ने उत्‍कट इच्‍छा गर्दछु।
12 यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्‍परिक विश्‍वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्‍साहन पाउन सकौं।
13 भाइ हो, तिमीहरूलाई थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि म तिमीहरूका र बाँकी अन्‍यजातिहरूका बीचमा पनि केही फल बटुल्‍न सकूँ भनेर तिमीहरूकहाँ आउने धेरै पल्‍ट इच्‍छा गरें। तर म अहिलेसम्‍म रोकिएको छु।
14 ग्रीक होस्‌ वा अरू असभ्‍य जाति, बुद्धिमान्‌ होस्‌ वा निर्बुद्धि, सबैको म ऋणी छु।
15 यसैले सकेसम्‍म तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न म उत्‍सुक छु।
16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि।
17 किनकि सुसमाचारमा परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्‍यो धार्मिकता जोचाहिँ सम्‍पूर्ण रूपले विश्‍वासद्वारा नै आउँछ। यस्‍तो लेखिएको छ, “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”
18 परमेश्‍वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्‍टताको विरुद्ध स्‍वर्गबाट प्रकट भएको छ, जसले सत्‍यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्‌।
19 परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ।
20 उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्‍त शक्ति र ईश्‍वरीय स्‍वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।
21 किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्‍यवाद नै चढ़ाए, तर तिनीहरू आफ्‍ना विचारमा बेकम्‍मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्‍यारो भयो।
22 बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए,
23 र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे।
24 यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌।
25 किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे।
26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो। तिनीहरूका स्‍त्रीहरूले आफ्‍ना स्‍वाभाविक व्‍यवहारलाई अस्‍वाभाविक व्‍यवहारमा परिवर्तन गरे,
27 र त्‍यसरी नै स्‍त्रीतर्फको स्‍वाभाविक व्‍यवहार त्‍यागेर एक-दोस्रातर्फ कामुकताको जलनमा पुरुषहरूले पुरुषहरूसितै निर्लज्‍ज काम गरे, र आफ्‍नै शरीरमा आफ्‍ना कसूरको उचित दण्‍ड भोगे।
28 यसरी तिनीहरूले परमेश्‍वरलाई मान्‍यता दिन नचाहेका हुनाले परमेश्‍वरले तिनीहरूलाई भ्रष्‍ट मनका अवस्‍थामा अनुचित आचरणको निम्‍ति त्‍यागिदिनुभयो।
29 तिनीहरू सबै किसिमका बदमाशी, दुष्‍टता, लोभ, इबीले भरिएका छन्‌। तिनीहरू डाह, हत्‍या, झैँझगड़ा, छल, बदख्‍वाइँले भरिएका हुन्‍छन्, र तिनीहरू कुरौटे,
30 र बदनाम गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्‍ट कुरा रचिहिँड्‌ने, आमा-बुबाको आज्ञापालन नगर्ने,
31 मूर्ख, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्‍छन्‌।
32 यस्‍ता काम गर्नेहरू मृत्‍युको योग्‍य हुन्‍छन्‌ भन्‍ने परमेश्‍वरको धार्मिक-विधान जान्‍दाजान्‍दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्‍ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्‍छन्‌।

२ इतिहास 17 : 1 – 19
1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले इस्राएललाई रोक्‍ने अठोट गरे।
2 तिनले यहूदाका किल्‍ला भएका सबै सहरहरूमा फौज राखे। अनि यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे।
3 तिनी आफ्‍ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्,
4 तर तिनले आफ्‍ना पिताका परमेश्‍वरलाई खोजे, र उहाँका आज्ञाहरू पालन गरे। तिनी इस्राएलका चालमा चलेनन्‌।
5 परमप्रभुले तिनको शासनमुनि तिनको राज्‍य स्‍थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्‍पत्ति र ख्‍याति साह्रै बढ़्यो।
6 परमप्रभुका मार्गमा हिँड्‌न तिनी गर्व गर्थे। यसबाहेक तिनले यहूदाबाट डाँड़ाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाइदिए।
7 आफ्‍नो शासनकालको तेस्रो वर्षमा यहूदाका सहरहरूमा शिक्षा दिन तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई पठाइदिए।
8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात्‌ शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम।
9 परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए।
10 यहूदाको वरिपरि भएका देशका राज्‍यहरूमाथि परमप्रभुको भय पर्‍यो, र उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌।
11 कुनै-कुनै पलिश्‍तीहरूले त यहोशापातकहाँ उपहारहरू र चाँदीको सौगात ल्‍याए। अरबीहरूले पनि सात हजार सात सय भेड़ा र सात हजार सात सय बोकाहरू ल्‍याए।
12 यहोशापात झन्‌ शक्तिशाली भए। तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए।
13 यहूदाका सहरहरूमा तिनले प्रशस्‍त खानेकुरा सञ्‍चय गरे। यरूशलेममा तिनका खूबै तालीम पाएका योद्धाहरू थिए।
14 तिनीहरू आ-आफ्‍नो परिवारअनुसार यसरी भर्ती भएका थिए: यहूदाबाट सेनानीहरू: सेनापति अदनाह र तिनका साथमा तीन लाखको फौज।
15 तिनीपछि सेनापति येहोहानान र तिनका साथमा दुई लाख असी हजारको फौज।
16 तिनीपछि जिक्रीका छोरा अमसिया, जसले परमप्रभुका सेवाको निम्‍ति स्‍वयंसेवकको काम गर्थे। तिनका साथमा दुई लाखको फौज थियो।
17 बेन्‍यामीनबाट: एक जना वीर योद्धा एल्‍यादा र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज।
18 तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्‍जित भएका एक लाख असी हजारको फौज।
19 यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाहरूबाहेक यी मानिसहरू राजाको सेवामा लागेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *