यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् थेस्सलोनिका
प्रेरित 17 : 1
1 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्यहाँ यहूदीहरूको एउटा सभाघर थियो।
फिलिप्पी 4 : 16
16 किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ।
प्रेरित 17 : 8
8 यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए।
प्रेरित 17 : 11
11 यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे।
प्रेरित 17 : 13
13 तर जब परमेश्वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्ने थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तब उनीहरू त्यहाँ पनि भीड़हरूलाई उचाल्न र उक्साउन आइपुगे।
प्रेरित 20 : 4
4 तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।
प्रेरित 27 : 2
2 एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा सुरु गर्यौं। अरिस्तार्खस नाउँ भएका थेसलोनिकेका एक जना माकेडोनी हाम्रा साथमा थिए।
१ थेसलोनिकी 1 : 1
1 पावल, सिलास र तिमोथीबाट, परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई: अनुग्रह र शान्ति।
२ थेसलोनिकी 1 : 1
1 पावल, सिलास र तिमोथीबाट, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई:
२ तिमोथी 4 : 10
10 किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।
Leave a Reply