त्रिमूर्ति

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् त्रिमूर्ति

मत्ती 28 : 19
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,

१ कोरिन्थी 8 : 6
6 तर हाम्रा निम्‍ति त एउटै परमेश्‍वर पिता हुनुहुन्‍छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्‍ति हामी जिउँदछौं— हाम्रा निम्‍ति एउटै प्रभु, येशू ख्रीष्‍ट हुनुहुन्‍छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।

२ कोरिन्थी 13 : 14
14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्‍माको सङ्गति तिमीहरू सबैसँग रहून्‌।

यूहन्‍ना 10 : 30
30 पिता र म एक हौं।”

यूहन्‍ना 10 : 30 – 36
30 पिता र म एक हौं।”
31 यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए।
32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्‍ये कुन कामको निम्‍ति तिमीहरू मलाई ढुङ्गाले हान्‍न चाहन्‍छौ?”
33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्‍दैनौं, तर ईश्‍वर-निन्‍दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्‍वर तुल्‍याउँछौ।”
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूको व्‍यवस्‍थामा यसो लेखिएको छैन, ‘मैले भनें, तिमीहरू देवहरू हौ’?
35 यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्‍छन्‌ भने (धर्मशास्‍त्र भङ्ग हुन सक्‍दैन),
36 पिताले पवित्र तुल्‍याएर संसारमा पठाउनुभएको व्‍यक्तिले ‘म परमेश्‍वरको पुत्र हुँ’ भन्‍दा कसरी ईश्‍वर-निन्‍दा हुन्‍छ?

फिलिप्पी 2 : 5 – 8
5 तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
6 परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।
8 स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।

मत्ती 3 : 16 – 17
16 अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो।
17 तब स्‍वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु।”

१ तिमोथी 2 : 5
5 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।

१ यूहन्‍ना 5 : 7 – 8
7 गवाही दिने त पवित्र आत्‍मा नै हुनुहुन्‍छ, किनकि पवित्र आत्‍मा सत्‍य हुनुहुन्‍छ।
8 किनभने गवाही दिनेहरू तीन छन्, अर्थात्‌ पवित्र आत्‍मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्‍छन्‌।

यूहन्‍ना 14 : 26
26 तर सल्‍लाहकार, अर्थात्‌ पवित्र आत्‍मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।

यूहन्‍ना 1 : 14
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।

उत्‍पत्ति 1 : 26
26 अनि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”

मत्ती 3 : 17
17 तब स्‍वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु।”

एफिसी 4 : 4 – 6
4 शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,
6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।

व्यवस्था 6 : 4
4 हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।

कलस्सी 2 : 9
9 किनकि ख्रीष्‍टमा ईश्‍वरत्‍वको सारा परिपूर्णता शरीरमा वास गर्दछ,

यूहन्‍ना 14 : 16 – 17
16 र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।
17 यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।

कलस्सी 1 : 15 – 17
15 उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ,
16 किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।
17 उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।

उत्‍पत्ति 3 : 22
22 तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *