यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तीर
उत्पत्ति 21 : 20
20 परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दैगयो, र उजाड़-स्थानमा बसेर एक धनुर्धारी बन्यो।
उत्पत्ति 27 : 3
3 अब तेरा हतियारहरू, अर्थात् तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्ति शिकार मारेर,
१ शमूएल 31 : 3
3 शाऊलका चारैतिर लड़ाइँ मच्चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्त घायल बनाए।
२ शमूएल 22 : 15
15 उहाँले आफ्ना काँड़हरू हान्नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो। अनि चट्याङद्वारा तिनीहरू अस्तव्यस्त भए।
१ राजाहरू 22 : 34
34 तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड़ हाने, र त्यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्यो। राजाले आफ्नो सारथिलाई भने, “रथ घुमाएर मलाई लड़ाइँबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”
२ राजाहरू 19 : 32
32 “यसैकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “त्यो यस सहरभित्र पस्नेछैन, अथवा त्यसले एउटा काँड़ पनि यहाँ हान्नेछैन। त्यो ढाल लिएर यसको अगि आउनेछैन, अथवा यसको विरुद्धमा घेरा-मचान लाउनेछैन।
भजनसंग्रह 7 : 13
13 उहाँले आफ्ना घातक शस्त्रहरू तयार पार्नुभएको छ। उहाँले आफ्ना काँड़हरूलाई अग्निबाण तुल्याउनुहुन्छ।
यशैया 22 : 3
3 तेरा सबै शासकहरू एकैसाथ भागे, धनु नचलाएर नै तिनीहरू पक्राउमा परे। शत्रुहरू टाढ़ै छँदा पनि तिमीहरू भाग्यौ, र सबै जो समातियौ एकैसाथ कैदी बनाएर लगियौ।
यर्मिया 51 : 3
3 धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढ़ाओस्, र त्यो आफ्नो कवच लगाएर खड़ा नहोओस्। त्यसका जवान मानिसहरूलाई नछोड़। त्यसको सबै सेनालाई बिलकुलै सर्वनाश गर।
इजकिएल 21 : 21
21 किनभने बेबिलोनका राजा जोखना हेर्नलाई दोबाटोमा, अर्थात् ती दुवै बाटोका मुखमा उभिनेछ, त्यसले काँड़हरूको चिट्ठा हाल्नेछ। त्यसले आफ्ना मूर्तिहरूसित सल्लाह लिनेछ, र कलेजो जाँच्नेछ।
१ शमूएल 20 : 42
42 तब जोनाथनले दाऊदलाई भने, “शान्तिसाथ जानुहोस्। तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सदासर्वदै साक्षी हुनुहुने परमप्रभुको नाउँमा हामी एउटाले अर्कोसित वाचाबन्धन बाँधेका छौं।” तब दाऊद तुरुन्तै गइहाले, र जोनाथनचाहिँ सहरमा फर्के।
२ राजाहरू 13 : 19
19 परमेश्वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, “तपाईंले त भूइँमा पाँच-छ पल्ट हान्नुपर्ने थियो। तब पो तपाईंले अरामलाई जित्नुहुनेथियो र त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गर्नुहुनेथियो। तर अब तपाईंले अरामलाई तीन पल्ट मात्र परास्त गर्नुहुनेछ।”
गन्ती 24 : 8
8 “परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभयो। तिनीहरूको शक्ति जङ्गली साँढ़ेको जस्तै छ। तिनीहरूले आफ्ना विरोधी जातिहरूलाई निल्नेछन्, र उनीहरूको हड्डी चूर पारेर फोर्नेछन्, आफ्ना बाणहरूले उनीहरूलाई छेड़ेर मार्नेछन्।
व्यवस्था 32 : 23
23 “म तिनीहरूमाथि विपत्ति ल्याउनेछु, म आफ्ना काँड़ तिनीहरूमाथि चलाउनेछु।
व्यवस्था 32 : 42
42 म मेरा काँड़हरूलाई रगतले मत्याउनेछु, जब मेरो तरवारले मासु खाँदछ, मारिएका र कैदमा परेकाहरूको रगत, शत्रुहरूका नायकहरूका शिर!”
अय्यूब 6 : 4
4 सर्वशक्तिमान्का काँड़ ममा गाड़िएका छन्, अनि तिनका विष मेरो आत्माले पिउँदछ, परमेश्वरका त्रास मेरो विरुद्धमा खड़ा छन्।
भजनसंग्रह 11 : 2
2 किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझो हृदय भएकाहरूलाई अँध्यारोबाट हान्नलाई तिनीहरूले आफ्नो काँड़ ताँदोमा चढ़ाएका छन्।
भजनसंग्रह 21 : 12
12 किनभने तपाईंले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ।
भजनसंग्रह 38 : 2
2 किनकि तपाईंका बाणहरू ममा गड़ेका छन्, र तपाईंको हात ममाथि परेको छ।
भजनसंग्रह 45 : 5
5 तपाईंका तीक्ष्ण बाणहरूले राजाका शत्रुहरूका मुटु छेडून्। जाति-जातिहरू तपाईंका चरणमा झुकून्।
भजनसंग्रह 57 : 4
4 म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा सुत्दछु। मानिसहरू जसका दाँत बर्छा र बाण हुन्, जसका जिब्रा धारिला तरवारझैँ छन्।
भजनसंग्रह 58 : 7
7 तिनीहरू बग्ने पानीजस्तै विलीन भइजाऊन्, तिनीहरूले धनुमा ताँदो चढ़ाउँदा तिनका काँड़हरू बोधा भइजाऊन्।
भजनसंग्रह 91 : 5
5 तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उड़ेर आउने बाणदेखि डराउनेछैनौ,
Leave a Reply