तीन अंक र दस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तीन अंक र दस

भजनसंग्रह 90 : 10
10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्‍यायो भने, असी पुग्‍ला। तापनि तिनीहरूको अवधि कष्‍ट र शोकमा बित्‍छ, किनकि आयुचाहिँ चाँड़ै बित्‍छ, र हामी उड़िजान्‍छौं।

भजनसंग्रह 90 : 1 – 17
1 प्रभुभक्त मोशाको प्रार्थना [1] हे परमप्रभु, पुस्‍तादेखि पुस्‍तासम्‍म तपाईं हाम्रो वासस्‍थान हुनुभएको छ।
2 पहाड़हरू उत्‍पन्‍न हुनुभन्‍दा अघि, अथवा तपाईंले पृथ्‍वी र संसार सृजनुभन्‍दा अघि, अनादिदेखि अनन्‍तसम्‍म तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ।
3 तपाईं मानिसलाई धूलोमा फर्काउनुहुन्‍छ, र भन्‍नुहुन्‍छ, “ए मानिसका सन्‍तान हो, धूलोमा फर्किजाओ।”
4 किनकि तपाईंको दृष्‍टिमा एक हजार वर्ष हिजो बिताएको एक दिनजस्‍ता मात्र छन्‌, अथवा रातको एक पहरजस्‍तै।
5 तपाईंले मानिसहरूलाई मृत्‍युको निद्रामा बगाइलानुहुन्‍छ। तिनीहरू बिहान पलाउने घाँसजस्‍तै छन्‌।
6 यद्यपि त्‍यो बिहान मौलाउँछ, बेलुकी त्‍यो सुक्‍छ र ओइलिन्‍छ।
7 हामी तपाईंको क्रोधमा भस्‍म भएका छौं, र तपाईंको आक्रोशमा हामी आतङ्कित हुन्‍छौं।
8 तपाईंले हाम्रा अधर्म आफ्‍नै सामुन्‍ने राख्‍नुभएको छ, हाम्रा गुप्‍त पापहरू तपाईंका उपस्‍थितिको प्रकाशमा छन्‌।
9 हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्‍दछन्‌, सुस्‍केरामा हामी आफ्‍ना वर्षहरू बिताउँदछौं।
10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्‍यायो भने, असी पुग्‍ला। तापनि तिनीहरूको अवधि कष्‍ट र शोकमा बित्‍छ, किनकि आयुचाहिँ चाँड़ै बित्‍छ, र हामी उड़िजान्‍छौं।
11 तपाईंका क्रोधको शक्ति कसले जान्‍दछ? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ।
12 हाम्रो आयु ठीकसँग गन्‍न हामीलाई सिकाउनुहोस्‌, र हामी बुद्धिको हृदय प्राप्‍त गर्न सकौं।
13 हे परमप्रभु, नम्र हुनुहोस्‌, अझै कति बेर लाग्‍ने हो? आफ्‍ना दासहरूमाथि दया गर्नुहोस्‌।
14 बिहान आफ्‍नो नटल्‍ने करुणाले हामीलाई तृप्‍त पार्नुहोस्‌, र हामी आफ्‍ना जीवनभरि रमाएर गाउन सकौं।
15 जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष दु:ख भोग्‍यौं, त्‍यत्ति दिन हामीलाई आनन्‍दित तुल्‍याउनुहोस्‌।
16 तपाईंका कार्य तपाईंका सेवकहरूलाई प्रदर्शन गरिऊन्‌, र तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्‌।
17 हाम्रा परमप्रभु परमेश्‍वरको निगाह हामीमाथि रहोस्‌, र हाम्रा हातका कामहरू हाम्रा निम्‍ति दृढ़ पारिऊन्‌। हो, हाम्रा हातका कामहरू सुदृढ़ पारिदिनुहोस्‌।

फिलिप्पी 4 : 6
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,

रोमी 1 : 16
16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *