यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तिर्खा
भजनसंग्रह 42 : 4
4 मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरूको मलाई सम्झना हुन्छ: म कसरी ती उत्सव मनाउने जन-समूहसित हर्ष र धन्यवादसाथ जाने, र तिनीहरूको अगुवा भएर तिनीहरूलाई परमेश्वरको मन्दिरतर्फ लाने गर्थें।
भजनसंग्रह 63 : 1
1 तिनी यहूदाको मरुभूमिमा हुँदा दाऊदको भजन [1] हे परमेश्वर, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंलाई दिलोज्यानले खोज्छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्ति मरिमेट्दछ।
भजनसंग्रह 143 : 6
6 म मेरा हात तपाईंतिर पसार्दछु, बाँझो जमिनझैँ मेरो प्राण तपाईंको निम्ति तिर्खाउँछ। सेला
यशैया 55 : 1
1 “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।
आमोस 8 : 13
13 “त्यस दिन, सुन्दरी तरुणीहरू र बलिष्ठ जवानहरू तिर्खाले मूर्च्छा खानेछन्।
मत्ती 5 : 6
6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्।
यूहन्ना 4 : 15
15 त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।
यूहन्ना 7 : 37
37 अब चाड़को पछिल्लो दिन, अर्थात् चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस्।
प्रकाश 21 : 6
6 उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
Leave a Reply