यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तिमोथी
प्रेरित 16 : 1
1 पावल डर्बी र लुस्त्रामा पनि आए। त्यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए।
प्रेरित 16 : 2
2 लुस्त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो।
१ कोरिन्थी 4 : 17
17 यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्यारा र विश्वासी छोरा हुन्। मैले सबै ठाउँमा सारा मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ, सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।
१ कोरिन्थी 16 : 10
10 तिमोथी तिमीहरूकहाँ आउँदा तिनलाई तिमीहरूका साथ निष्फिक्री बस्न देओ। किनकि तिनले पनि मैले जस्तै प्रभुको काम गरिरहेछन्।
२ तिमोथी 1 : 5
5 मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ। त्यो विश्वास, जो पहिले तिम्री बज्यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ, त्यो विश्वास तिमीमा पनि रहेको छ।
२ तिमोथी 3 : 15
15 तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ।
प्रेरित 16 : 3
3 तिनलाई पावलले साथमा लैजान इच्छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्ने उनीहरू सबैलाई थाहा थियो।
१ थेसलोनिकी 3 : 2
2 र तिमीहरूलाई विश्वासमा स्थिर गराउन र अर्ती-उपदेश दिन, परमेश्वरमा ख्रीष्टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं,
प्रेरित 17 : 14
14 तब भाइहरूले तुरुन्तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्यहीँ नै बसे।
प्रेरित 17 : 15
15 पावललाई पुर्याउन जानेहरूले तिनलाई एथेन्ससम्म ल्याए। सिलास र तिमोथीचाहिँ जति सक्दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्ने आज्ञा पाएर तिनीहरू फर्के।
प्रेरित 18 : 5
5 जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्यस्त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले शिक्षा दिँदैथिए।
प्रेरित 19 : 22
22 तिनका सेवा गर्नेहरू दुई जना, तिमोथी र इरास्तसलाई तिनले माकेडोनियामा पठाए, तर तिनी आफैचाहिँ केही दिन एशियामै बसे।
प्रेरित 20 : 4
4 तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।
रोमी 16 : 21
21 तिमोथी मेरा सहकर्मी, र मेरा आफन्तहरू लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन्।
१ कोरिन्थी 4 : 17
17 यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्यारा र विश्वासी छोरा हुन्। मैले सबै ठाउँमा सारा मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ, सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।
१ कोरिन्थी 16 : 11
11 यसकारण कसैले तिनको अवहेलना नगरोस्। तर शान्तिसँग तिनलाई आफ्नो यात्रामा पठाइदेओ, र तिनी मकहाँ आऊन्। किनभने भाइहरूसँग आउँछन् भनी म तिनको प्रतीक्षा गर्दछु।
२ कोरिन्थी 1 : 19
19 किनभने सिलास, तिमोथी र मैले तिमीहरूका बीचमा प्रचार गरेका परमेश्वरका पुत्र येशू ख्रीष्ट “हो” र “होइन” हुनुहुन्नथियो। तर उहाँमा सधैँ “हो” मात्र छ।
Leave a Reply