तालमाई

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तालमाई

गन्ती 13 : 22
22 तिनीहरू नेगेवतिरबाट उक्‍लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्‍तान अहीमन, शेशै र तल्‍मै बस्‍थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्‍दा सात वर्ष पहिले निर्माण गरिएको थियो।

यहोशू 15 : 14
14 कालेबले त्‍यहाँबाट तीन जना अनाकी, शेशै, अहीमन र तल्‍मै अनाक वंशीहरूलाई निकालिदिए।

न्यायकर्ताहरू 1 : 10
10 तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे, र शेशै, अहीमन र तल्‍मैलाई परास्‍त गरे। (हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो।)

२ शमूएल 3 : 3
3 तिनका माहिला छोरा किलाब थिए, जसकी आमा कर्मेलका नाबालकी विधवा अबीगेल थिइन्‌; तिनका साहिँला छोरा अब्‍शालोम थिए, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्‌;

२ शमूएल 13 : 37
37 अब्‍शालोम गशूरका राजा अम्‍मीहूदका छोरा तल्‍मैकहाँ गएर शरण लिए। तर राजाले दिनदिनै आफ्‍नो छोरा अमनोनको निम्‍ति विलाप गरे।

१ इतिहास 3 : 2
2 साहिँला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्‍गीत थिइन्,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *