यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ताबोर
यहोशू 19 : 22
22 सो सिमाना तबोर, शहसूमा र बेथ-शेमेशसम्म पुगेर यर्दनमा टुङ्गिएको थियो। तिनीहरूका बस्तीहरूसमेत सोह्र सहरहरू हुन्।
न्यायकर्ताहरू 8 : 18
18 तब तिनले जेबह र सल्मुन्नालाई भने, “तबोरमा तिमीहरूले मारेका मानिसहरू कस्ता थिए?” उनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए, हरेकको अनुहार राजाका छोराजस्तै थियो।”
भजनसंग्रह 89 : 12
12 उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो, तबोर र हेर्मोन तपाईंको नाउँमा हर्षले गाउँछन्।
यर्मिया 46 : 18
18 “जस्तो म जीवित छु,” राजाले भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो, “पहाड़हरूमध्ये तबोरजस्तै एक जना आउनेछ, समुद्रको किनारको कर्मेलझैँ त्यो आउनेछ।
होशे 5 : 1
1 “हे पूजाहारी हो, यो कुरा सुन! हे इस्राएलीहरू हो, ध्यान दिएर सुन! हे राजाको घराना हो, ध्यानसित सुन! यो न्यायको फैसला तिमीहरूको विरुद्धमा छ। तिमीहरू मिस्पामा पासो र तबोरमा फिँजाएको जाल भएका छौ।
न्यायकर्ताहरू 4 : 6
6 तिनले नप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्वरको आज्ञा यो हो: ‘गएर नप्ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्याऊ’।
न्यायकर्ताहरू 4 : 12
12 अबीनोअमका छोरा बाराक तबोर डाँड़ामा गएका छन् भन्ने खबर सीसराकहाँ पुर्याइयो।
न्यायकर्ताहरू 4 : 14
14 तब दबोराले बाराकलाई भनिन्, “उठ, आजको दिन परमप्रभुले सीसरालाई तिम्रो हातमा दिनुभएको छ। परमप्रभु तिम्रो अगि जानुभएको छ।” यसकारण बाराक तबोर डाँड़ाबाट आक्रमण गर्दै तल झरे, र दश हजार मानिसहरू तिनको पछिपछि लागे।
१ शमूएल 10 : 3
3 “त्यहाँबाट तबोरको ठूलो रूखसम्म पुग्दा त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसले तपाईंलाई भेट्टाउनेछन्। तीमध्येको पहिलाले तीन वटा पाठा, दोस्राले तीन वटा रोटी र तेस्राले एक मशक दाखमद्य बोकेर लगिरहेका हुनेछन्।
Leave a Reply