तरवारहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तरवारहरू

मत्ती 26 : 52 – 54
52 तब येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार म्‍यानमा हाल, किनभने तरवार लिने सबै तरवारैले नष्‍ट हुनेछन्‌।
53 तिमी के ठान्‍दछौ, के म आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍दिनँ, र उहाँले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टनभन्‍दा बढ़ी मेरो निम्‍ति पठाइदिनुहुन्‍न र?
54 तर त्‍यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्‍त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”

लूका 22 : 36
36 उहाँले भन्‍नुभयो, “तर अब जसको थैलो छ, त्‍यसले त्‍यो बोकोस्, त्‍यसै गरी झोला पनि बोकोस्‌। र जससँग तरवार छैन, त्‍यसले आफ्‍नो वस्‍त्र बेचेर एउटा तरवार किनोस्‌।

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

भजनसंग्रह 144 : 1
1 दाऊदको भजन [1] मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्‌, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्‍छ।

१ शमूएल 25 : 13
13 दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “सबैले आ-आफ्‍नो तरवार भिर।” तिनीहरू सबैले आ-आफ्‍नो तरवार भिरे, र दाऊदले पनि आफ्‍नो तरवार भिरे। प्राय: चार सय जना दाऊदको पछि लागे, र अरू दुई सय जनाचाहिँ मालसामान हेर्नलाई बसे।

न्यायकर्ताहरू 5 : 8
8 जब तिनीहरूले नयाँ-नयाँ देवताहरूसित मित्रता बाँधे, सहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्‍यो, र इस्राएलका चालीस हजारसित न त ढाल न भाला देखिए।

नहेम्‍याह 4 : 17 – 18
17 भारी बोक्‍ने मजदूरहरूको एउटा हात काममा र अर्को हात आफ्‍नो हतियारमा हुन्‍थ्‍यो।
18 र निर्माण गर्नेहरू आफ्‍नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्‍नेचाहिँ मेरो छेउमा थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *