तपाईलाई चोट पुर्याउनेहरूलाई माफ गर्नुहोस्

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तपाईलाई चोट पुर्याउनेहरूलाई माफ गर्नुहोस्

मत्ती 6 : 14 – 15
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।

भजनसंग्रह 34 : 17 – 20
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ।
20 परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन।

लूका 6 : 27
27 “तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,

मर्कूस 11 : 25
25 जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्‍छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।

मत्ती 18 : 15
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।

१ कोरिन्थी 13 : 4 – 7
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।

याकूब 4 : 12
12 व्‍यवस्‍था दिने र न्‍यायकर्ता त एउटै हुनुहुन्‍छ, जसले बचाउन र नाश गर्न पनि सक्‍नुहुन्‍छ। तर आफ्‍नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?

१ यूहन्‍ना 2 : 11
11 तर जसले आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अन्‍धकारमा हुन्‍छ, र अँध्‍यारोमा हिँड्‌छ, र त्‍यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसलाई अन्‍धो पारेको हुन्‍छ।

कलस्सी 3 : 12 – 15
12 यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।
13 एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।
14 यी सबैभन्‍दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्‍पूर्ण एकतामा एकसाथ बाँध्‍छ।
15 ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्‌। साँच्‍चै, तिमीहरू त्‍यसको निम्‍ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्‍यवादी होओ।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

२ कोरिन्थी 2 : 7 – 11
7 तर बरु तिमीहरूले त्‍यसलाई क्षमा गर्नु र सान्‍त्‍वना दिनुपर्छ, नत्रता त्‍यो ज्‍यादै शोकमा डुबिजाला।
8 यसकारण म तिमीहरूलाई अनुरोध गर्दछु, कि त्‍यस व्‍यक्तिप्रति आफ्‍नो प्रेम अझ गहिरो पार।
9 यसैकारणले नै तिमीहरूलाई जाँच्‍न, र हरेक कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्‍ने थाहा पाउनका निम्‍ति मैले तिमीहरूलाई लेखेथें।
10 जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्‍टको उपस्‍थितिमा क्षमा गरेको छु,
11 ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्‍यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।

मत्ती 5 : 43 – 48
43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,
45 र तिमीहरू स्‍वर्गमा हुनुहुने आफ्‍ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्‍ट र सज्‍जन दुवैलाई सूर्यको ताप दिनुहुन्‍छ, र धर्मी र पापी दुवैलाई वृष्‍टि दिनुहुन्‍छ।
46 किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्‍यसै गर्दैनन्‌ र?
47 तिमीहरूले आफ्‍ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्‍दा बढ़ी के गर्‍यौ र? के अन्‍यजातिहरूले पनि त्‍यसै गर्दैनन्‌ र?
48 यसकारण जस्‍तो तिमीहरूका स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ, तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हुनुपर्दछ।”

एफिसी 4 : 26 – 27
26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।

मत्ती 18 : 21 – 22
21 तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्‍ट मेरो विरुद्धमा अपराध गरे मैले त्‍यसलाई क्षमा गर्ने? के सात पल्‍टसम्‍म?”
22 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, सात पल्‍ट होइन, तर सत्तरी गुणा सात पल्‍ट।

प्रकाश 2 : 10
10 तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले [1] तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।

कलस्सी 3 : 15
15 ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्‌। साँच्‍चै, तिमीहरू त्‍यसको निम्‍ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्‍यवादी होओ।

२ यूहन्‍ना 1 : 9 – 11
9 ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।
10 यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू।
11 किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।

यूहन्‍ना 14 : 27
27 शान्‍ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्‍नो शान्‍ति तिमीहरूलाई दिन्‍छु। संसारले दिएजस्‍तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्‍याकुल नहोस्‌ र भयभीत नहोस्‌।

१ कोरिन्थी 13 : 1 – 168

1 मैले मानिसहरू र स्‍वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्‍ला मचाउने घण्‍टा र झ्‍याइँ-झ्‍याइँ गर्ने झ्‍याली मात्र हुन्‍छु।
2 मसँग अगमवाणी बोल्‍ने शक्ति होला, र सबै रहस्‍य र सबै ज्ञानहरू बुझ्‍न सकूँला, र पहाड़हरू हटाउन सक्‍नेसम्‍मको सम्‍पूर्ण विश्‍वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
3 यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
4 प्रेम सहनशील हुन्‍छ र दयालु हुन्‍छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्‍छ। प्रेमले आफ्‍नै कुरामा जिद्दी गर्दैन, झर्को मान्‍दैन, खराबीको हिसाब राख्‍दैन।
6 प्रेम खराबीमा प्रसन्‍न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्‍छ, सबै कुराको पत्‍यार गर्छ, सबै कुरामा आशा राख्‍छ, सबै कुरामा स्‍थिर रहन्‍छ।
8 प्रेमको कहिल्‍यै अन्‍त्‍य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्‍द हुनेछन्, ज्ञान टलिजानेछ।
9 हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।
10 तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ।
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।
12 अहिले हामी ऐनामा जस्‍तै धमिलोसँग देख्‍छौं, तर त्‍यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं। अहिले म थोरै मात्र बुझ्‍दछु, त्‍यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु।
13 अब विश्‍वास, आशा, प्रेम, यी तीन रहन्‍छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *