यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् तपस्या
मत्ती 11 : 19
19 मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड़, कर उठाउने र पापीहरूको मित्र!’ बुद्धि ठीक हो भन्ने कुरा त्यसका कामहरूबाटै प्रमाणित हुन्छ।”
लूका 7 : 34
34 मानिसको पुत्र आयो, अनि उसले खायो र पियो, अनि तिमीहरू भन्दछौ, ‘हेर, एउटा घिचुवा र पियक्कड़, कर उठाउनेहरू र पापीहरूको मित्र!’
कलस्सी 2 : 23
23 उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्।
१ तिमोथी 4 : 4
4 परमेश्वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्कार गरिनुपर्दैन।
मत्ती 11 : 18
18 किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्।
लूका 7 : 33
33 बप्तिस्मा-दिने यूहन्ना आए, अनि तिनले न त रोटी खान्थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्दछौ।
मत्ती 19 : 12
12 किनकि कोही जन्मँदै नपुंसक हुन्छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्छन्। कतिचाहिँ आफैले आफैलाई स्वर्ग-राज्यको निम्ति नपुंसक बनाउँछन्। जसले यो ग्रहण गर्न सक्छ, त्यसले त्यो ग्रहण गरोस्।”
Leave a Reply