ढुकुर, कछुवा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ढुकुर, कछुवा

उत्‍पत्ति 8 : 11
11 त्‍यो ढुकुर साँझमा तिनीकहाँ फर्क्‍यो। त्‍यसको चुच्‍चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्‍ने नोआले थाहा पाए।

यशैया 38 : 14
14 गौँथलीझैँ वा सारिका चराझैँ म चिरबिर गर्थें। ढुकुरझैँ विलाप गर्थें, माथितिर हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके। हे परमप्रभु, म दु:खमा परेको छु। तपाईं मलाई सहायता गर्नुहोस्‌।”

यशैया 59 : 11
11 हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्‍याय माग्‍छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्‍छौं, तर त्‍यो हामीबाट टाढ़ा छ।

नहूम 2 : 7
7 यो अवश्‍यम्‍भावी छ, सहर निर्वासनमा लगिनेछ। त्‍यसका दासीहरू छाती पिट्‌दै ढुकुरहरूझैँ विलाप गर्छन्‌।

यशैया 60 : 8
8 “बादलझैँ उड्‌ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्‌ने यी को हुन्‌?

यर्मिया 48 : 28
28 हे मोआबमा बस्‍नेहरू हो, तिमीहरूका नगरहरू छोड़ र चट्टानहरूमा बस। गुफाका मुखको छेउमा गुँड़ लाउने ढुकुरजस्‍ता होओ।

मत्ती 10 : 16
16 “हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।

उत्‍पत्ति 15 : 9
9 उहाँले तिनलाई भन्‍नुभयो, “मेरो निम्‍ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।”

लेवीहरू 12 : 6
6 “‘त्‍यसका शुद्ध हुने दिन पूरा भएपछि, छोराको निम्‍ति होस्‌ वा छोरीको निम्‍ति होस्, त्‍यसले होमबलिको लागि एउटा एक वर्षे थुमा र पापबलिको लागि परेवाको एउटा बचेरो वा एउटा ढुकुर भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।

लेवीहरू 12 : 8
8 थुमा ल्‍याउने त्‍यसको औकात छैन भने त्‍यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्‍ति र अर्को पापबलिको निम्‍ति ल्‍याओस्‌। यसरी पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यो शुद्ध ठहरिनेछे’।”

लूका 2 : 24
24 अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्‍यवस्‍थामा भनेजस्‍तै तिनीहरू बलिदान चढ़ाउन आए।

गन्ती 6 : 10
10 अनि आठौँ दिनमा त्‍यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।

लेवीहरू 14 : 22
22 र आफूले जस्‍तो पाउन सक्‍छ, दुई वटा ढुकुर कि दुई वटा परेवाका बचेरा, एउटा पापबलिको लागि र अर्को होमबलिको लागि ल्‍याओस्‌।

लेवीहरू 1 : 17
17 त्‍यसले त्‍यसलाई नटुक्र्याईकन पखेटाको बीचबाट फारोस्‌। पूजाहारीले वेदीमा भएको आगोमाथिका दाउरामा त्‍यो जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात्‌ होमबलि हो’।”

लेवीहरू 5 : 10
10 त्‍यसपछि पूजाहारीले अर्कोचाहिँ होमबलिको निम्‍ति विधिपूर्वक चढ़ाउनेछन्‌। त्‍यसले गरेको पापको निम्‍ति यसरी पूजाहारीले प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ।

लेवीहरू 12 : 8
8 थुमा ल्‍याउने त्‍यसको औकात छैन भने त्‍यसले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेरा— एउटा होमबलिको निम्‍ति र अर्को पापबलिको निम्‍ति ल्‍याओस्‌। यसरी पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नेछन्, र त्‍यो शुद्ध ठहरिनेछे’।”

गन्ती 6 : 10
10 अनि आठौँ दिनमा त्‍यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *