यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डोएग
१ शमूएल 21 : 7
7 शाऊलका सेवकहरूमध्ये एक जना पनि त्यस दिन त्यहीँ परमप्रभुको सामु रोकिएर बसेको थियो। त्यसको नाउँ एदोमी दोएग थियो, र त्यो शाऊलका गोठालाहरूका सबैभन्दा मुख्य थियो।
१ शमूएल 22 : 9
9 तर शाऊलका अधिकारीहरूसँग उभिरहने एदोमी दोएगले भन्यो, “मैले यिशैका छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आइरहेका देखें।
१ शमूएल 22 : 22
22 तब दाऊदले तिनलाई भने, “त्यस दिन एदोमी दोएग त्यहाँ थियो, र त्यसले शाऊललाई भन्ला भन्ने मलाई थाहा थियो। तिम्रा पिताका सबै जहानका मृत्युको कारण मै भएँ।
भजनसंग्रह 52 : 1
1 सङ्गीत-निर्देशकको निम्ति दाऊदको मस्किल [1] हे शक्तिशाली मानिस, तिमी किन खराबीमा अहङ्कार गर्दछौ? सारा दिन तिमी किन अहङ्कार गर्दछौ, तिमी, जो परमेश्वरको दृष्टिमा अपमानित छौ।
१ शमूएल 22 : 19
19 अनि त्यसले पूजाहारीहरूको सहर नोबको हरेक जीवित प्राणीलाई तरवारले मार्यो— पुरुष, स्त्री, केटाकेटी, दूध खाने बालक, गाई-गोरु, गधा, र भेड़ाबाख्रा सबै मार्यो।
Leave a Reply