डेनियल छिटो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डेनियल छिटो

दानिएल 10 : 3
3 मैले कुनै मीठो खाना खाइनँ, न मासु न दाखमद्य मेरो मुखमा पर्‍यो, र तीन हप्‍ता नबितेसम्‍म मैले कुनै पनि किसिमको तेल घसिनँ।

दानिएल 1 : 8 – 14
8 तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे।
9 अनि परमेश्‍वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्‍याउनुभयो,
10 तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्‍बन्‍धमा मलाई खटाउनुहुने मेरा स्‍वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्‍दा तिमीहरू उहाँको सामु किन कमसल अवस्‍थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।”
11 त्‍यसपछि दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने,
12 “कृपया, तपाईंका दासहरूलाई दश दिनसम्‍म जाँच्‍नुहोस्‌। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्‌।
13 त्‍यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्‍नुहोस्‌ र तपाईंले देख्‍नुभएअनुसार आफ्‍ना दासहरूसँग व्‍यवहार गर्नुहोस्‌।”
14 यसकारण उनले यो कुरा मन्‍जूर गरे र दश दिनसम्‍म तिनीहरूको जाँच गरे।

मत्ती 6 : 16 – 18
16 “जब तिमीहरू उपवास बस्‍तछौ, तब ढोंगीहरूजस्‍ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्‍ना मोहड़ा अँध्‍यारा पार्छन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।
17 तर तिमीचाहिँ उपवास बस्‍दा आफ्‍नो शिरमा तेल लगाऊ, र आफ्‍नो मुख धोऊ।
18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्‍तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

दानिएल 10 : 1 – 21
1 फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई (जसलाई बेलतसजर भनिन्‍थ्‍यो) एउटा दर्शन दिइयो। यस दर्शनको सन्‍देश सत्‍य थियो र यो एक ठूलो लड़ाइँको बारेमा थियो। त्‍यस सन्‍देशको अर्थ तिनलाई दर्शनमा प्राप्‍त भएको थियो।
2 त्‍यस बेला म, दानिएल, तीन हप्‍तासम्‍म शोक गर्दैरहें।
3 मैले कुनै मीठो खाना खाइनँ, न मासु न दाखमद्य मेरो मुखमा पर्‍यो, र तीन हप्‍ता नबितेसम्‍म मैले कुनै पनि किसिमको तेल घसिनँ।
4 पहिलो महिनाको चौबीसौँ दिनमा ठूलो नदी टाइग्रिसको किनारमा जसै म उभिरहेको थिएँ,
5 मैले माथि हेरें र मेरो अगि कम्‍मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें।
6 तिनको शरीर पीतमणिजस्‍तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्‍कन्‍थ्‍यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्‍काइएको काँसोजस्‍तै र तिनको स्‍वर ठूलो भीड़को स्‍वरझैँ थिए।
7 म, दानिएलले मात्र त्‍यो दर्शन देखें। मसँग भएका मानिसहरूले त्‍यो देखेनन्, तर तिनीहरूलाई यति डर आयो कि तिनीहरू भागे र आफै लुके।
8 यसकारण म त्‍यस महान्‌ दर्शन हेर्दैरहेको अवस्‍थामा एकलै छोड़िएँ। ममा कुनै बल बाँकी रहेन, मेरो अनुहार मरेतुल्‍य पहेँलो भयो र म असहाय भएँ।
9 तब तिनले बोलेका मैले सुनें र जसै मैले तिनको कुरा सुनें, म जमिनमा घोप्‍टो परेर मस्‍त निद्रामा परें।
10 एउटा हातले मलाई छोयो र म डरले कामेकै अवस्‍थामा मेरा हात र घुँड़ामा उभिन लगायो।
11 तिनले भने, “दानिएल, तिमी जो अति नै सम्‍मान गरिएका छौ, मैले तिमीलाई भन्‍न लागेका वचनहरूमा राम्रोसँग विचार गर, र खड़ा होऊ, किनभने म तिमीकहाँ पठाइएको छु।” जब तिनले यो मलाई भने, म डरले थरथर काम्‍दै उभिएँ।
12 तिनले भन्‍दैगए, “नडराऊ दानिएल, तिमीले आफ्‍नो मन समझतिर लगाएको र तिम्रा परमेश्‍वरको सामु आफैलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै तिम्रा शब्‍दहरूको सुनुवाइ भएको थियो, र म तिनकै प्रतिउत्तरमा आएको छु।
13 तर फारस राज्‍यका राजकुमारले मलाई एक्‍काईस दिनसम्‍म विरोध गरे। तब प्रधान राजकुमारहरूमध्‍ये एक जना मिखाएल मलाई मदत गर्न आए, किनभने फारसको राजासँग म त्‍यहीँ रोकिएँ।
14 अब म भविष्‍यमा तिम्रा मानिसहरूलाई के हुनेछ भन्‍ने कुरा बुझाउन तिमीकहाँ आएको छु, किनभने दर्शनचाहिँ पछि हुने कुरासँग सम्‍बन्‍धित छ।”
15 तिनले मलाई यसो भन्‍दैगर्दा मैले आफ्‍नो शिर निहुराएँ र लाटो भएँ।
16 अनि मानिसजस्‍तै देखिने एक जनाले मेरो ओठ छोए, र मैले आफ्‍नो मुख खोलेर बोल्‍न लागें। मेरो सामु उभिएकालाई मैले भनें, “मेरा प्रभु, दर्शनको कारणले गर्दा म वेदनाग्रस्‍त र असहाय भएको छु।
17 म, हजूरको सेवक, कसरी हजूरसँग कुरा गर्न सक्‍छु र, मेरा प्रभु? मेरो ताकत गइसकेको छ र सास फेर्न पनि मुश्‍किल परेको छ।”
18 फेरि ती मानिसजस्‍तो देखिने व्‍यक्तिले मलाई छोएर ताकत दिए।
19 तिनले भने, “उच्‍च सम्‍मान गरिएका हे मानिस, नडराऊ। तिमीलाई शान्‍ति होस्, अब तिमी बलिया होऊ, बलिया होऊ।” जब तिनी मसँग बोले, मैले बल पाएँ र भनें, “मेरा प्रभु, बोल्‍नुहोस्, किनभने हजूरले मलाई बल दिनुभएको छ।”
20 यसकारण तिनले भने, “म तिमीकहाँ किन आएको छु, तिमीलाई थाहा छ? फारसका राजकुमारको विरुद्ध लड्‌नलाई म छिटै फर्कनेछु, र जब म जान्‍छु, ग्रीसका राजकुमार आउनेछन्‌।
21 तर सत्‍यको पुस्‍तकमा के लेखिएको छ, पहिले म तिमीलाई बताउनेछु। तिम्रा राजकुमार मिखाएलले बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्धमा लड्‌न मलाई मदत गर्दैनन्‌।”

दानिएल 6 : 10 – 14
10 जब दानिएलले त्‍यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्‍नो घरको माथिल्‍लो तलाको कोठामा गए, जहाँ झ्‍यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्‍तै तिनी दिनमा तीन पल्‍ट घुँड़ा टेकी परमेश्‍वरलाई धन्‍यवाद दिँदै प्रार्थना गर्थे।
11 तब ती मानिसहरू समूह बनाएर गए र दानिएलले परमेश्‍वरसँग सहायताको लागि प्रार्थना गरिरहेका उनीहरूले भेट्टाए।
12 यसकारण उनीहरू राजाकहाँ गए र उनलाई उनको राजकीय आदेशको बारेमा भने, “हे महाराजा, के आगामी तीस दिनको अवधिभर जसले हजूरलाई बाहेक अन्‍य कुनै देवता वा मानिसलाई प्रार्थना गर्छ, त्‍यो सिंहको खोरमा फ्‍याँकिनेछ भनी हजूरले एउटा आदेश प्रकाशित गर्नुभएको छैन र?” राजाले जवाफ दिए, “हो, मादीहरू र फारसीहरूका ऐनबमोजिम, जुनचाहिँ खारेज हुन सक्‍दैन, त्‍यो आदेश स्‍थायी छ।”
13 तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्‍ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्‍ता गर्दैनन्‌। उनी अझै पनि दिनमा तीन पल्‍ट प्रार्थना गर्दछन्‌।”
14 जब राजाले यो कुरा सुने, उनी अत्‍यन्‍त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्‍तसम्‍मै हरप्रयास गरे।

मत्ती 4 : 4
4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”

१ पत्रुस 4 : 7 – 11
7 सबै कुराको अन्‍त्‍य नजिकै आएको छ। यसकारण आफ्‍ना प्रार्थनाको निम्‍ति शुद्ध मनको र सचेत भइरहो।
8 सबैभन्‍दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्‌। किनकि प्रेमले नै असंख्‍य पापहरू ढाक्‍तछ।
9 विनागनगन एउटाले अर्काको अतिथिसत्‍कार गर।
10 जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर।
11 यदि कसैले बोल्‍दछ भने, परमेश्‍वरको वचन बोलेजस्‍तै त्‍यसले बोलोस्‌। यदि कसैले सेवा गर्छ भने परमेश्‍वरले दिनुभएको शक्तिद्वारा त्‍यसले त्‍यो गरोस्, यस हेतुले कि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई नै प्रशंसा होस्‌। उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।

हिब्रू 12 : 28 – 29
28 यसकारण हल्‍लाउन नसकिने राज्‍य पाएकोमा हामी कृतज्ञ होऔं। त्‍यसैले हामी भक्ति र भयसाथ परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने आराधना चढ़ाऔं।
29 किनभने हाम्रा परमेश्‍वर भस्‍म पार्ने आगो हुनुहुन्‍छ।

याकूब 1 : 19 – 21
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
20 किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।
21 यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ।

१ तिमोथी 6 : 6 – 10
6 सन्‍तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो।
7 किनकि हामीले न त यस संसारमा केही ल्‍यायौं न यहाँबाट केही लैजान नै सक्‍छौं।
8 तर खान र लाउनसम्‍म छ भने हामी त्‍यसैमा सन्‍तुष्‍ट हुनेछौं।
9 तर धनी हुने इच्‍छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्‍छन्‌ र धेरै अर्थहीन र दुःखदायी इच्‍छाहरूमा डुब्‍छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌।
10 किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌।

हिब्रू 13 : 5 – 6
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”
6 यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?”

याकूब 5 : 13 – 16
13 के तिमीहरूमा कसैले कष्‍ट भोगिरहेछ? त्‍यसले प्रार्थना गरोस्‌। के कोही आनन्‍दित छ? त्‍यसले प्रशंसाको भजन गाओस्‌।
14 के तिमीहरूमध्‍ये कोही बिरामी छ? त्‍यसले मण्‍डलीका एल्‍डरहरूलाई बोलाओस्‌। तिनीहरूले प्रभुको नाउँमा त्‍यसलाई तेलले अभिषेक गरेर त्‍यसको निम्‍ति प्रार्थना गरून्,
15 र विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्‍यसलाई निको पार्नुहुनेछ, र यदि त्‍यसले पाप गरेको छ भने त्‍यसलाई क्षमा हुनेछ।
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

१ कोरिन्थी 3 : 10 – 15
10 मलाई दिइएको परमेश्‍वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्‍तै मैले जग बसालें, र अर्काले त्‍यसमाथि घर बनाउँदैजान्‍छ। त्‍यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्‍यान देओस्‌।
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।
12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,
13 प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
14 यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।
15 यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।

१ थेसलोनिकी 5 : 16 – 18
16 सधैँ आनन्‍दित रहो।
17 निरन्‍तर प्रार्थना गरिरहो।
18 सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।

यशैया 58 : 1 – 14
1 “चर्को गरी करा, नथाम्‌। तुरहीको आवाज जस्‍तै उच्‍च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे।
2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्‍छन्‌। जे ठीक छ त्‍यही गर्ने र आफ्‍ना परमेश्‍वरको आज्ञा भङ्ग नगर्ने तर मेरो मार्ग जान्‍न इच्‍छा गर्ने जातिजस्‍तै तिनीहरू देखिन्‍छन्‌। तिनीहरू मसँग उचित निर्णयहरू माग्‍छन्, र परमेश्‍वर तिनीहरूका नजिकै आऊन्‌ भनी उत्‍सुक भएका देखिन्‍छन्‌।
3 तिनीहरू भन्‍छन्, ‘हामीहरू उपवास बस्‍यौं, र किन तपाईं देख्‍नुहुन्‍न? हामीहरू विनम्र भयौं, र किन तपाईं ध्‍यान दिनुहुन्‍न?’ “तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्‍नै इच्‍छा पूरा गर्दछौ, र तिमीहरूका कामदारहरू सबैलाई तिमीहरू शोषण गर्दछौ।
4 तिमीहरूका उपवासको दिन लड़ाइँ र झगड़ामा अन्‍त्‍य हुन्‍छ र एउटाले अर्कालाई दुष्‍ट मुक्‍काले हिर्काउँछौ। तिमीहरू आजको जस्‍तो उपवास बसेर तिमीहरूको सोर स्‍वर्गमा सुनिने आशा गर्न सक्‍दैनौ।
5 के मैले चुनेको उपवास यस्‍तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्‍ने? के निगालोझैँ आफ्‍नो शिर झुकाउने र भाङ्‌ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्‍ति ग्रहणयोग्‍यको दिन भन्‍छौ?
6 “अन्‍यायको बन्‍धन फुकाल्‍न, जुवाको डोरी फुकाल्‍न, र अत्‍याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?
7 आफ्‍नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्‍नो जात-भाइहरूबाट नलुक्‍नु, होइन र?
8 तब तिमीहरूको ज्‍योति बिहानझैँ फुटेर निस्‍कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्‍तिरको रक्षक हुनेछ।
9 तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्‍ति बिन्‍ती गर्नेछौ, र उहाँले भन्‍नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्‍ना बीचबाट अत्‍याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्‍यापूर्ण कुरा बोल्‍न त्‍याग्‍यौ,
10 अनि सम्‍पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्‍ति दियौ, र अत्‍याचारमा परेकाहरूको आवश्‍यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्‍योति अँध्‍यारोमा चम्‍कनेछ र तिमीहरूको रात मध्‍यदिनजस्‍तै हुनेछ।
11 परमप्रभुले तिमीहरूलाई निरन्‍तर डोर्‍याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्‍तुष्‍ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्‍त पानीले भिजाएको बगैँचाझैँ र नसुक्‍ने पानीको मूलझैँ हुनेछौ।
12 तिमीहरूका मानिसहरूले पुराना भग्‍नावशेष फेरि बनाउनेछन्‌। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्‌। तिमीहरू ‘भत्‍केका पर्खालहरू निर्माण गर्ने’ र ‘बस्‍ने घरहरूका निम्‍ति बाटो फेरि नयाँ बनाउनेहरू’ भनिनेछौ।
13 “तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्‍यौ, र आफ्‍नो इच्‍छाअनुसार नगरी यस दिनलाई मान्‍यता दियौ र यसमा आफ्‍नो खुशी नगरी व्‍यर्थका कुरा गरेनौ भने,
14 तिमीहरू परमप्रभुमा रमाहट पाउनेछौ, र म तिमीहरूलाई देशका उच्‍च स्‍थानहरूमा सवार गर्ने तुल्‍याउनेछु र म तिमीहरूलाई तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट भोज खुवाउने तुल्‍याउनेछु।” परमप्रभुको मुखैले यसो भन्‍नुभएको छ।

१ तिमोथी 2 : 1 – 2
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।

याकूब 1 : 22 – 25
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।
23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,
24 किनकि त्‍यसले आफैलाई हेर्छ र गइहाल्‍छ, र त्‍यो आफै कस्‍तो थियो, त्‍यो तुरुन्‍तै बिर्सिहाल्‍छ।
25 तर त्‍यो मानिस जसले स्‍वतन्‍त्रता दिने शुद्ध व्‍यवस्‍थालाई हेर्दछ र त्‍यसैमा लागिरहन्‍छ, अनि सुनेर बिर्सिहाल्‍ने होइन तर काम गर्ने पनि हुन्‍छ, त्‍यसले चाहिँ आफूले गरेको काममा आशिष्‌ पाउनेछ।

१ पत्रुस 2 : 13 – 17
13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्,
14 अथवा हाकिमहरूको होस्, जो दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्‍छन्‌।
15 किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।
16 स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।
17 सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *