यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डेनियल
दानिएल 2 : 49
49 त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासक नियुक्त गरे। दानिएल आफैचाहिँ राजदरबारमै रहे।
दानिएल 5 : 11
11 तपाईंको राज्यमा एक जना मानिस छन्, जोसँग पवित्र देवताहरूका आत्मा छ। तपाईंका पिताको पालोमा उनमा देवताको जस्तै अन्तर्दृष्टि, ज्ञान र बुद्धि पाइएको थियो। तपाईंका पिता राजा नबूकदनेसरले उनलाई जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेका प्रमुख नियुक्त गर्नुभएको थियो।
दानिएल 5 : 29
29 त्यसपछि बेलसजरको हुकुममा दानिएललाई बैजनी वस्त्र पहिराइयो। तिनको गलामा सुनको सिक्री लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गरियो।
दानिएल 6 : 2
2 तीमाथि तीन जना अध्यक्ष नियुक्त गरिए, जसमध्ये दानिएल एक थिए। राजाको काममा हानि नहोस् भनेर ती प्रान्तका बड़ाहाकिमहरू उनीहरूप्रति उत्तरदायी गराइए।
दानिएल 4 : 9
9 मैले भने, “हे बेलतसजर, जादूगरहरूका प्रमुख, म जान्दछु कि तिमीमा पवित्र देवताहरूको आत्मा छ, र तिम्रो लागि कुनै पनि रहस्य अप्ठ्यारो छैन। सपना यही हो, यसको अर्थ मलाई बताइदेऊ।
मत्ती 24 : 15
15 “यसकारण जब तिमीहरूले दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्रस्थानमा खड़ा भएको देखौला (पाठकले बुझोस्),
दानिएल 1 : 16
16 यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए।
दानिएल 1 : 17
17 यी चार जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए।
इजकिएल 28 : 3
3 के तँ दानिएलभन्दा पनि बुद्धिमान् छस्? के तँबाट कुनै गुप्त कुरा लुकिएको छैन र?
दानिएल 2 : 18
18 बेबिलोनका अरू ज्ञानी पुरुषहरूका साथमा तिनी र तिनका साथीहरू नमारिऊन् भन्ने खातिर यो रहस्य खोल्न स्वर्गका परमेश्वरको कृपा मिलोस् भनी तिनले आफ्ना साथीहरूलाई उहाँसँग प्रार्थना गर्न अनुरोध गरे।
दानिएल 12 : 13
13 “तिमीचाहिँ अन्तसम्मै आफ्नो बाटो लाग। तिमीले विश्राम गर्नेछौ, र त्यसपछि तोकिएको उत्तराधिकार प्राप्त गर्नलाई तिमी दिनहरूको अन्तमा खड़ा हुनेछौ।”
इजकिएल 14 : 14
14 अनि नोआ, दानिएल र अय्यूब, यी तीन जना मानिसहरू त्यहाँ भए भने पनि तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्र बचाउन सक्नेथिए, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Leave a Reply