यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् डकैती
लेवीहरू 19 : 13
13 “‘तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्यसलाई नलुट्नू। “‘ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्।
यशैया 61 : 8
8 “किनभने म, परमप्रभुचाहिँ, न्यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्छ। म आफ्नो विश्वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्नेछु।
इजकिएल 18 : 10
10 “मानौं, त्यसको रिसाहा छोरो छ, जसले हत्या गर्छ अथवा यी माथि लेखिएका कामहरू गर्छ,
इजकिएल 18 : 13
13 त्यसले ब्याजमा रुपियाँ दिन्छ र दिएको भन्दा बढ़ी लिन्छ। के यस्तो मानिस जीवित रहन्छ र? त्यो जीवित रहनेछैन। त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारणले त्यो मारिनैपर्छ, र त्यसको रगत त्यसकै शिरमाथि पर्नेछ।
इजकिएल 33 : 15
15 यदि त्यसले कर्जामा राखेको धितो फर्काइदियो, आफूले चोरेर लगेको माल फर्काइदियो, र जीवन दिने विधिहरू मान्यो र दुष्ट्याइँ गरेन भने, त्यो निश्चय नै बाँच्नेछ, त्यो मर्नेछैन।
न्यायकर्ताहरू 9 : 25
25 तिनको विरुद्धमा शकेमवासीहरूले डाँड़ाका टुप्पातिर बाटो हिँड्ने प्रत्येकलाई ढुक्न र डाँका मार्न मानिसहरूलाई राखे, र यो खबर अबीमेलेककहाँ पुर्याइयो।
Leave a Reply