यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ठूलो सङ्कष्ट
मत्ती 24 : 21
21 किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।
दानिएल 12 : 1
1 “त्यस समयमा तिम्रा मानिसहरूलाई रक्षा गर्ने प्रधान राजकुमार मिखाएल देखा पर्नेछन्। यस्तो सङ्कष्टको समय आउनेछ कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म त्यस्तो कहिल्यै भएको छैन। तर त्यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्तकमा नाम लेखिएका सबै— बचाइनेछन्।
प्रकाश 7 : 14
14 अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।
मत्ती 24 : 29
29 “ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्।
मत्ती 24 : 22
22 ती दिन नघटाइएका भए कोही मानिस बाँच्न सक्नेथिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।
प्रकाश 13 : 1 – 18
1 समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो।
3 त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो।
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, “यो पशुजस्तो अरू को छ? यसको विरुद्धमा को लड्न सक्ने?”
5 त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो।
6 परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान, र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्नो मुख खोल्यो।
7 अनि त्यसलाई सन्तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।
8 र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
9 जसको कान छ त्यसले सुनोस्—
10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वास यसैमा छ।
11 अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो।
12 त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो।
13 मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गर्यो।
14 पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो।
15 त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्।
16 अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
प्रकाश 8 : 1 – 13
1 जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो।
2 परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो।
3 अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो।
4 धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो।
5 तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए, र पृथ्वीमा फ्याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो।
6 ती सात वटा तुरही हुने सातै स्वर्गदूत तुरही फुक्न तयारी भए।
7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्यो, र ती पृथ्वीमा बर्सिन लाग्यो। अनि पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढ़िहाले।
8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्तो समुद्रमा फालियो,
9 र समुद्रको एक तिहाइ भाग रगत बन्यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्ट भए।
10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आकाशबाट बल्दो राँकोझैँ एउटा ठूलो तारा खस्यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो।
11 त्यस ताराको नाउँ “ऐरेलु” हो, र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।
12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्धकारले छोप्यो। तब दिनको एक तिहाइ ज्योतिविहीन भयो, त्यसरी नै रातको एक तिहाइ पनि।
13 मैले हेरें, र मध्य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनें, “फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्वीमा वास गर्नेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!”
प्रकाश 3 : 10
10 तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।
प्रकाश 16 : 13 – 16
13 तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें।
14 तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्।
15 “हेर, म चोरजस्तै आउनेछु। त्यो धन्य हो, जो जागा रहन्छ र आफ्नो वस्त्रको रक्षा गर्छ। नत्रता त्यो नाङ्गै हिँड्नेछ, र त्यसको नग्नता देखिनेछ।”
16 तिनीहरूले राजाहरूलाई त्यस ठाउँमा भेला गरे जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ।
दानिएल 9 : 27
27 धेरै जनासित एक ‘सात’ [3] को लागि तिनले एउटा करारको सदर गर्नेछन्। ‘सात’ को बीचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन्। अनि मन्दिरको एक भागमा तिनले विनाशकारी घृणित थोक खड़ा गर्नेछन्, जबसम्म तिनीमाथि आदेश गरिएको अन्त खन्याइनेछैन।”
Leave a Reply