ट्रस्टीहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ट्रस्टीहरू

मत्ती 25 : 14 – 28
14 “किनकि योचाहिँ कुनै मानिसजस्‍तो हो, जसले परदेश जाँदा आफ्‍ना नोकरहरूलाई बोलाई आफ्‍नो धन-सम्‍पत्ति तिनीहरूलाई जिम्‍मा दिए।
15 तिनले हरेकलाई तिनीहरूका आ-आफ्‍नो योग्‍यताअनुसार एउटालाई पाँच सुनका सिक्‍का, अर्कोलाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले।
16 तब पाँच सुनका सिक्‍का पाउनेले तुरुन्‍तै गएर त्‍यो व्‍यापारमा लगाईकन अरू पाँच सिक्‍का कमायो।
17 त्‍यसरी नै दुई सिक्‍का पाउनेले पनि अरू दुई कमायो।
18 तर एक सिक्‍का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्‍ना मालिकको धन लुकाइराख्‍यो।
19 “धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे।
20 तब पाँच सुनका सिक्‍का पाउने नोकरले अरू पाँच सिक्‍का ल्‍याई अगाडि आएर यसो भन्‍यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्‍काको जिम्‍मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्‍का कमाएको छु।’
21 “मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर! तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
22 “दुई सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्‍का कमाएको छु।’
23 “त्‍यसका मालिकले त्‍यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासी नोकर, तँ थोरै कुरामा विश्‍वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्‍मा दिनेछु। तँ आफ्‍ना मालिकको खुसीमा सहभागी हो।’
24 “एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।
25 यसैले मलाई डर लाग्‍यो, र गएर तपाईंको सिक्‍का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्‍का लिनुहोस्‌।’
26 “त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,
27 तैंले मेरो धन साहूकहाँ राख्‍नुपर्नेथियो, र आएर मैले मेरो धन ब्‍याजसमेत फिर्ता पाउनेथिएँ।
28 यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।

१ कोरिन्थी 12 : 18
18 तर परमेश्‍वरले आफ्‍नो इच्‍छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ।

लूका 19 : 12 – 27
12 उहाँले भन्‍नुभयो, “एक जना खानदानी मानिस एउटा राज्‍य प्राप्‍त गरी फर्किआउन भनी कुनै टाढ़ा देशमा गए।
13 तिनले आफ्‍ना दश जना नोकरहरूलाई बोलाएर तिनीहरूलाई दश सुनका सिक्‍का दिएर भने, ‘जबसम्‍म म फर्किआउँदिनँ यसबाट व्‍यापार गर।’
14 “तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे, र तिनीहरूले तिनको पछिपछि यसो भनेर दूतहरूलाई पठाए, ‘तिनले हामीमाथि राज गरेका हामी चाहँदैनौं।’
15 “तब राज्‍य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफूकहाँ बोलाउने हुकुम दिए, अनि व्‍यापारबाट तिनीहरूले कति नाफा गरे भन्‍ने तिनले जान्‍न चाहे।
16 “तब पहिलो आएर यसो भन्‍यो, ‘मालिक, तपाईंको सिक्‍काले अझै दश सिक्‍का कमाएको छु।’
17 “तिनले त्‍यसलाई भने, ‘स्‍याबास असल नोकर, तँ अति थोरैमा विश्‍वासी भइस्, तैंले दश सहरहरूमाथि अधिकार पाउनेछस्‌।’
18 “दोस्रो आएर यसो भन्‍यो, ‘मालिक, तपाईंको सिक्‍काले अरू पाँच सिक्‍का कमाएको छु।’
19 “तिनले त्‍यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्‌।’
20 “अर्को आएर यसो भन्‍यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ।
21 म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्‍छ। जे राख्‍नुभएन त्‍यो लिनुहुन्‍छ, र जे छर्नुभएन त्‍यसैको कटनी गर्नुहुन्‍छ।’
22 “तिनले त्‍यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्‍साफ गर्नेछु, ए दुष्‍ट नोकर! जे राखिनँ त्‍यो लिने, र जे छरिनँ त्‍यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्‌।
23 तब मेरो सिक्‍का बैङ्कमा किन राखिनस्‌ त? म आएर व्‍याजसहित त्‍यो पाउनेथिएँ।’
24 “तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्‍यसबाट त्‍यो सिक्‍का लिएर दश सिक्‍का हुनेलाई दिइहाल्‌।’
25 तिनीहरूले तिनलाई भने, ‘हजूर, त्‍यससँग त दश सिक्‍का छँदैछन्‌।’
26 “‘म तिमीहरूलाई भन्‍दछु, जससँग छ त्‍यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
27 तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्‍याओ, र तिनीहरूलाई मेरै सामुन्‍ने मार’।”

प्रस्‍थान 22 : 7 – 13
7 “कसैले आफ्‍नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्‍नलाई दियो, र त्‍यो त्‍यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्‍यो भने, त्‍यस चोरले दोबर तिरोस्‌।
8 तर चोरचाहिँ पक्राउ परेन भने, त्‍यस घरको मालिकले आफ्‍नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्‍यायकर्ताहरूकहाँ त्‍यो आओस्‌।
9 जुनसुकै विषयको अपराध होस्, चाहे गोरु अथवा गधा, वा भेड़ा, लुगाफाटा कि कुनै हराएको वस्‍तु देखाएर कसैले त्‍यो मेरो हो भन्‍यो भने, दुवै जना न्‍यायकर्ताहरूका अगि आऊन्‌। न्‍यायकर्ताले जसलाई दोषी ठहराउनेछ, त्‍यसले नै आफ्‍नो छिमेकीलाई दोबर देओस्‌।”
10 “यदि कुनै मानिसले आफ्‍नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्‍न दियो, र त्‍यो कसैले नदेखीकन मर्‍यो अथवा त्‍यसलाई चोट लाग्‍यो वा त्‍यो खेदेर भगाइयो भने,
11 ती दुवैका बीचको झगड़ा आफ्‍नो छिमेकीको सम्‍पत्तिमा हात लगाएको होइन भनेर परमप्रभुको अगि शपथ खाएर मिलाइओस्‌। तब त्‍यसको मालिकले त्‍यो कुरा स्‍वीकार गरोस्, र त्‍यसले क्षतिपूर्ति गर्नुपर्नेछैन।
12 तर त्‍यो छिमेकीबाट चोरिएको हो भनेता, त्‍यसको मालिकलाई भर्ना दिनुपर्नेछ।
13 त्‍यो जङ्गली पशुले छिन्‍नभिन्‍न पारेको छ भने, त्‍यसले त्‍यो गवाहीको निम्‍ति ल्‍याओस्, र त्‍यो छिन्‍नभिन्‍न भएको कारण त्‍यसले भर्ना तिर्नुपर्दैन।”

२ पत्रुस 1 : 21
21 किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

लेवीहरू 6 : 2 – 7
2 “यदि कसैले यी अपराधहरू गरेर परमप्रभुको विरुद्धमा पाप र विश्‍वासघात गर्‍यो भने, जस्‍तो कि— कसैले राख्‍न दिएको कुरा, बन्‍धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झूट बोल्‍यो भने,
3 अथवा छिमेकीबाट केही हरण गर्‍यो वा हराएको कुरा पाएर पनि झूट बोल्‍यो, अथवा झूटो शपथ खायो भने, अथवा मानिसहरूले गरिरहने यस्‍ता पापहरूमध्‍ये कुनै एउटा पाप गर्‍यो भने—
4 जब त्‍यसले यसरी पाप गरेर दोषी भएको छ, तब त्‍यसले चोरेको, हरण गरेको, पचाएर राखेको माल अथवा हराएर पाएको थोक,
5 अथवा जुनसुकै कुरा जसको बारेमा त्‍यसले झूटा शपथ खाएको छ, त्‍यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ हिस्‍सा थपेर पूरा फर्काइदिनुपर्छ। त्‍यसले दोषबलि चढ़ाउने दिनैमा त्‍यो माल जसको हो, उसैलाई त्‍यसले दिनुपर्छ।
6 अनि त्‍यसले पूजाहारीकहाँ, अर्थात्‌ परमप्रभुकहाँ ठीक मोलबमोजिम एउटा निष्‍खोट भेड़ा आफ्‍नो दोषबलिको निम्‍ति ल्‍याओस्‌।
7 यसरी पूजाहारीले त्‍यसको निम्‍ति परमप्रभुको सामु प्रायश्‍चित गर्नेछन्, र जुन कुराको कारणले त्‍यो दोषी ठहरिएको हो, त्‍यो त्‍यसलाई क्षमा हुनेछ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *