यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ट्याटू
प्रकाश 19 : 16
16 उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ।
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।
एफिसी 5 : 10
10 र प्रभुलाई मन पर्ने के हो सो सिक्ने कोसिस गर।
१ कोरिन्थी 10 : 23
23 “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्।
गलाती 3 : 23 – 25
23 तर विश्वास आउन अघि हामी व्यवस्थाको वशमा थियौं, र विश्वास प्रकट नभएसम्म हामी थुनिएका थियौं।
24 विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दिइयो।
25 तर अब विश्वास आएको हुनाले अब उप्रान्त हामी संरक्षकको अधीनमा छैनौं।
१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
व्यवस्था 14 : 1
1 तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू।
Leave a Reply