टेपेस्ट्री

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टेपेस्ट्री

हितोपदेश 7 : 16
16 मैले मेरो ओछ्यानमा, मिश्रदेशका रङ्गीन तन्‍ना बिछ्याएकी छु।

हितोपदेश 31 : 22
22 तिनले आफ्‍नो खाटको लागि ओढ्‌ने-ओछ्याउने बनाउँछिन्, तिनी मलमल र बैजनी कपड़ाले पहिरेकी हुन्‍छिन्‌।

प्रस्‍थान 26 : 14
14 रातो रङ्गले लगाएको भेड़ाका छालाको छत पाल ढाक्‍नलाई बनाउनू, र त्‍यसको माथि ढाक्‍नलाई सीलका छालाको अर्को एउटा छत बनाउनू।”

प्रस्‍थान 26 : 37
37 त्‍यस पर्दाको निम्‍ति बबुल काठका पाँच वटा खम्‍बा बनाउनू, र तिनलाई सुनले मोहोर्नू। तिनका अङ्‌कुसे सुनका होऊन्, र तिनका निम्‍ति काँसाका पाँच वटा आधार बनाउनू।”

प्रस्‍थान 27 : 17
17 चोकका चारैतिरका सबै खम्‍बाहरूका फित्ता र अङ्‌कुसेहरू चाँदीका होऊन्‌। तिनका आधारहरूचाहिँ काँसाका होऊन्‌।

प्रस्‍थान 36 : 18
18 फेरि तिनीहरूले त्‍यो पाल जोड़ेर एउटै पार्नका निम्‍ति काँसाका पचास वटा अङ्‌कुसे बनाए।

प्रस्‍थान 39 : 3
3 तिनीहरूले सुन पिटेर पतला पाताहरू काटेर तारहरू बनाए। ती नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा मिलाउनलाई सिपालु शिल्‍पकारको काम भएको थियो।

एस्‍तर 1 : 6
6 त्‍यहाँ बगैँचामा सूती कपड़ाका सेता र नीला पर्दाहरू झुण्‍डिएका थिए, जो सेता र बैजनी रङ्गका डोरीहरूले सिङ्गमरमरका खम्‍बाहरूमा भएका चाँदीका गोलचक्रसित बाँधिएका थिए। त्‍यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमरका र अरू मूल्‍यवान्‌ पत्‍थरहरूले छापिएको फर्शमाथि सुन र चाँदीका बस्‍ने आसनहरू थिए।

श्रेष्‍ठगीत 1 : 5
5 म श्‍यामवर्णकी तर सुन्‍दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरूजस्‍तै कालो, र सोलोमनको पालका पर्दाजस्‍तै।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *