टेकोह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टेकोह

२ इतिहास 11 : 6
6 तिनले सुरक्षित बनाएका यहूदा र बेन्‍यामीनमा भएका सहरहरू यी नै थिए:

२ शमूएल 14 : 2
2 तब तिनले तकोमा मानिसहरू पठाएर एउटी बुद्धिमती स्‍त्रीलाई बोलाइपठाए। तिनले त्‍यसलाई भने, “शोक गर्ने स्‍त्रीझैँ बहाना गर, शोकको लुगा लाऊ, केशमा तेल नलगाऊ, र धेरै दिनदेखि शोकमा बसेकी स्‍त्रीझैँ बन।

२ शमूएल 14 : 4
4 जब तकोकी स्‍त्री राजाको सामुन्‍ने हाजिर भई, तब त्‍यो भूइँसम्‍मै घोप्‍टो परी, र राजालाई दण्‍डवत्‌ गरी रुँदै भनी, “दुहाई, महाराजा!”

२ शमूएल 14 : 9
9 तर तकोकी त्‍यस स्‍त्रीले अझै भन्‍न लागी, “हजूर, यसको दोष म र मेरा पिताको घरमाथि परोस्‌। महाराजा र उहाँको सिंहासनचाहिँ निर्दोष रहून्‌।”

२ इतिहास 11 : 6
6 तिनले सुरक्षित बनाएका यहूदा र बेन्‍यामीनमा भएका सहरहरू यी नै थिए:

२ इतिहास 20 : 20
20 तब तिनीहरू बिहान सबेरै उठेर तकोको उजाड़-स्‍थानमा गए। तिनीहरू निस्‍केर जाँदा खड़ा भएर यहोशापातले भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्‍वरको विश्‍वासमा तिमीहरू स्‍थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्‍नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, र तिमीहरूको फलिफाप हुनेछ।”

नहेम्‍याह 3 : 5
5 तकोका मानिसहरूले अर्को भाग मरम्‍मत गरे, तर तिनीहरूका भारदारहरूचाहिँ आ-आफ्‍ना नाइकेहरूको निर्देशनमा काम गरेर आफैलाई नीच तुल्‍याउन मानेनन्‌।

नहेम्‍याह 3 : 27
27 तिनका छेउमा तकोका मानिसहरूले बाहिर निस्‍केको ठूलो बुर्जादेखि ओफेलको पर्खालसम्‍म अर्को एउटा भाग मरम्‍मत गरे।

यर्मिया 6 : 1
1 “हे बेन्‍यामीनका मानिसहरू हो, सुरक्षाको निम्‍ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्‍केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *