यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् टाइटस
२ कोरिन्थी 2 : 13
13 तर मेरो भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा चैन भएन। यसकारण तिनीहरूबाट बिदा लिएर म माकेडोनियातर्फ लागे।
२ कोरिन्थी 7 : 7
7 तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने। मेरो निम्ति तिमीहरूको शोकको विषयमा र मप्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढ़ी आनन्दित भएँ।
२ कोरिन्थी 7 : 14
14 किनभने तिनको सामु तिमीहरूका बारेमा मैले केही घमण्ड गरेको थिएँ भने मलाई त्यसमा केही शर्म भएन। तर जसरी हामीहरूले तिमीहरूलाई भनेका सबै कुरा सत्य थिए, त्यसरी नै तीतसको सामने हामीले गरेका घमण्ड पनि सत्य ठहरिएको छ।
२ कोरिन्थी 8 : 23
23 तीतसचाहिँ मेरा सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरूचाहिँ मण्डलीहरूका दूतहरू र ख्रीष्टका महिमा हुन्।
तीतस 1 : 4
4 एउटै विश्वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
२ कोरिन्थी 7 : 6
6 तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो।
२ कोरिन्थी 7 : 15
15 तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले डर र कम्पसाथ तिनलाई गरेको स्वागत सम्झदा तिनको भित्री स्नेह तिमीहरूप्रति झन् बढ़ेर आउँछ।
२ कोरिन्थी 8 : 6
6 यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं।
२ कोरिन्थी 8 : 22
22 तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौं, जसलाई हामीले धेरै पल्ट जाँचेर धेरै कुरामा जोशिला भेट्टाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढ़ी जोशिला भएका छन्।
२ कोरिन्थी 12 : 18
18 मैले तीतसलाई जान भनी आग्रह गरें, र त्यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं?
२ कोरिन्थी 12 : 18
18 मैले तीतसलाई जान भनी आग्रह गरें, र त्यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं?
गलाती 2 : 3
3 तर मेरो साथमा हुने तीतसलाई ग्रीक भए तापनि खतना हुनुपर्छ भनेर कसैले कर लाएन।
प्रेरित 15 : 29
29 तपाईंहरू मूर्तिहरूलाई बलि चढ़ाएको थोक, रगत, गला अँठ्याएर मारेको पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुहोस्। यी कुराहरूबाट अलग्ग रहनुभयो भने असल हुनेछ। बिदा।”
तीतस 1 : 5
5 यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्डरहरू नियुक्त गर्नू।
तीतस 3 : 12
12 जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्दूर चेष्टा गर। किनकि त्यहीँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु।
तीतस 1 : 4
4 एउटै विश्वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
२ तिमोथी 4 : 10
10 किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।
२ तिमोथी 4 : 10
10 किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।
Leave a Reply