यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झ्याल
उत्पत्ति 6 : 16
16 जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्यसको एकापट्टि राख्नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनू।
उत्पत्ति 26 : 8
8 इसहाक त्यहाँ धेरै दिन बसेपछि पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट हेर्दा इसहाक आफ्नी पत्नी रिबेकासँग प्रेम-क्रीड़ा गरिरहेका देखे।
यहोशू 2 : 15
15 तब त्यसले तिनीहरूलाई झ्यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्यो बसेकी घर सहरको पर्खालमै थियो।
यहोशू 2 : 21
21 त्यसले भनी, “तपाईंहरूले भन्नुभएबमोजिम नै होस्।” अनि त्यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्यसले त्यो रातो डोरी झ्यालमा बाँधी।
१ राजाहरू 6 : 4
4 तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए।
इजकिएल 40 : 36
36 त्यसका कोठाहरू, गाराहरू र दलान त्यस्तै थिए। त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो।
प्रेरित 20 : 9
9 युटिकस नाउँ भएको एक जना युवक झ्यालमा बसेको थियो। पावलले धेरै बेरसम्म कुरा गरिरहँदा त्यो गहिरो निद्रामा पर्यो र निद्राको वशमा परी त्यो तेस्रो तलाबाट खस्यो र त्यसलाई तिनीहरूले मृत अवस्थामा उठाए।
Leave a Reply