झूटा साक्षी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झूटा साक्षी

प्रस्‍थान 20 : 16
16 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।

व्यवस्था 5 : 20
20 “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।

मत्ती 19 : 18
18 तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्‍नुभयो, “तैंले हत्‍या नगर्नू, तैंले व्‍यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।

लूका 18 : 20
20 तिमी आज्ञाहरू त जान्‍दछौ: ‘व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्‍ना बुबा र आमाको आदर गर्नू’।”

रोमी 13 : 9
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”

प्रस्‍थान 23 : 1
1 झूटा गवाही नदेओ। दुष्‍टको साथ लागेर त्‍यसको निम्‍ति ईर्ष्‍यापूर्ण गवाह नबन।

लेवीहरू 6 : 3
3 अथवा छिमेकीबाट केही हरण गर्‍यो वा हराएको कुरा पाएर पनि झूट बोल्‍यो, अथवा झूटो शपथ खायो भने, अथवा मानिसहरूले गरिरहने यस्‍ता पापहरूमध्‍ये कुनै एउटा पाप गर्‍यो भने—

लेवीहरू 19 : 12
12 “‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्‍यसो गर्नाले तिमीहरूले आफ्‍ना परमेश्‍वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ।

लेवीहरू 19 : 16
16 “‘मानिसहरूका बीचमा निन्‍दा नफैलाओ। “‘तिमीहरूले आफ्‍नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।

व्यवस्था 19 : 20
20 यो सुनेर अरूहरू डराउनेछन्‌। त्‍यसपछि तिमीहरूका बीचमा यस्‍तो खराबी कहिले हुनेछैन।

भजनसंग्रह 27 : 12
12 मेरा शत्रुहरूको इच्‍छामा मलाई नछोडिदिनुहोस्‌, किनकि झूटा गवाहहरू मेरो विरुद्धमा उठेका छन्‌, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्‌छन्‌।

भजनसंग्रह 35 : 11
11 निर्दयी साक्षीहरू अगि आउँछन्‌। मैले जान्‍दै नजानेका कुरा तिनीहरू मलाई सोध्‍छन्‌।

हितोपदेश 6 : 19
19 असत्‍य बोल्‍ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।

हितोपदेश 12 : 17
17 एक सत्‍यवादी साक्षीले ईमानदार गवाही दिन्‍छ, तर झूटो साक्षीले झूटो कुरा बोल्‍छ।

हितोपदेश 14 : 5
5 साँचो साक्षीले छल गर्दैन, तर झूटो साक्षीले झूटा कुराहरूको ओइरो लाउँछ।

हितोपदेश 14 : 8
8 समझदार मानिसको बुद्धिले त्‍यसलाई सही बाटो दिन्‍छ, तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो।

हितोपदेश 14 : 25
25 साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्‍छ।

हितोपदेश 18 : 5
5 दुष्‍टको पक्ष लिनु, अथवा निर्दोषलाई न्‍यायबाट वञ्‍चित गराउनु राम्रो होइन।

हितोपदेश 19 : 9
9 झूटो गवाही दिने दण्‍डविना उम्‍कनेछैन, र झूटको ओइरो लाउने मानिस नष्‍ट हुन्‍छ।

हितोपदेश 19 : 22
22 मानिसले अचूक प्रेमको चाहना गर्छ, झूटो बोल्‍नुभन्‍दा त गरीब हुनु नै बेस हो।

हितोपदेश 19 : 28
28 भ्रष्‍ट साक्षीले न्‍यायको खिल्‍ली उडाउँछ, र दुष्‍टको मुखले खराबी स्‍वात्तै निलिहाल्छ।

हितोपदेश 21 : 28
28 झूटो साक्षी नष्‍ट हुनेछ, त्‍यसको कुरा सुन्‍ने जोसुकै सधैँको निम्‍ति नष्‍ट हुनेछ

हितोपदेश 24 : 28
28 आफ्‍नो छिमेकीको विरुद्ध केही कारणैविना गवाही नदे, वा आफ्‍ना ओठलाई छली कामको लागि प्रयोग नगर्‌।

हितोपदेश 25 : 18
18 लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्‍नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।

जकरिया 5 : 4
4 सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्‍यो पस्‍नेछ, र त्‍यो घरभित्र रहनेछ र त्‍यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।”

मत्ती 15 : 19
19 किनकि हृदयबाट नै खराब विचार, हत्‍या, परस्‍त्रीगमन, व्‍यभिचार, चोरी, झूटो गवाही र निन्‍दा बाहिर निस्‍कन्‍छन्‌।

लूका 3 : 14
14 सिपाहीहरूले पनि सोधे, “हामीले चाहिँ के गर्ने?” तिनले उनीहरूलाई भने, “कसैमाथि अत्‍याचार गरेर, र झूटो दोष लगाएर नलुट। आफ्‍ना तनखामा सन्‍तुष्‍ट रहो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *