यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झूटा ईसाईहरू
२ कोरिन्थी 11 : 13 – 15
13 किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्।
14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ।
15 यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्नो भेष बद्लन्छन्। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ।
२ तिमोथी 3 : 5
5 भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस।
मत्ती 7 : 15
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्।
तीतस 1 : 16
16 तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।
मत्ती 7 : 21 – 23
21 “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
22 त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
यूहन्ना 13 : 35
35 यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”
यूहन्ना 8 : 44
44 तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो।
२ थेसलोनिकी 2 : 1 – 17
1 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टका आगमनको विषयमा र उहाँलाई भेट्न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं,
2 कि कुनै अगमवाणी वा वचन वा कुनै पत्रले प्रभुको दिन नजिक आएको छ भनी बतायो भने, ती हामीबाट आएका भन्ठानेर तिमीहरूको मन चाँड़ै विचलित नहोस् अथवा तिमीहरू नआत्तिओ।
3 कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।
4 त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ।
5 के तिमीहरूलाई याद छैन, म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ?
6 त्यो आफ्नो समयमा प्रकट होस् भन्ने हेतुले कुन कुराले त्यसलाई अहिलेसम्म रोकिराखेको छ, यो तिमीहरू जान्दछौ।
7 किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्म जसले त्यसलाई रोकिराख्नुभएको छ, उहाँ नहटुञ्जेल त्यसलाई रोकी नै राख्नुहुनेछ।
8 तब त्यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ।
9 शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित,
10 र नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे।
11 यसैकारण तिनीहरूले झूटा कुरामा विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ,
12 ताकि सत्यमाथि विश्वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन्।
13 प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्ति हामी परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउन बाध्य छौं, किनकि सुरुदेखि नै पवित्र आत्माको पवित्र तुल्याउने कामद्वारा र सत्यतामाथिको विश्वासद्वारा बाँच्नलाई परमेश्वरले तिमीहरूलाई चुन्नुभयो।
14 यसैको निम्ति हाम्रो सुसमाचारद्वारा हाम्रा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न उहाँले तिमीहरूलाई बोलाउनुभयो।
15 यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस् तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।
16 अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले,
17 तिमीहरूका हृदयलाई सान्त्वना देऊन् र हरेक असल काम र वचनमा तिमीहरूलाई स्थिर गराऊन्।
मर्कूस 6 : 11
11 यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्न इन्कार गरे भने, त्यस ठाउँबाट तिमीहरू निस्कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्नो पैतालाको धुलो टकटक्याइदिनू।”
यूहन्ना 1 : 1 – 51
1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
2 उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
4 उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
5 त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।
6 परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो।
7 उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए।
8 उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए।
9 हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।
10 उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।
11 उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।
12 तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।
13 तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्।
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो।
15 यूहन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले भनें, ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो’।”
16 उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं।
17 किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।
18 परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
19 जब यरूशलेमबाट यहूदीहरूले पूजाहारीहरू र लेवीहरूलाई उनीकहाँ “तिमी को हौ?” भन्ने कुरा सोध्न पठाए, तब यूहन्नाको गवाही यो थियो।
20 उनले स्वीकार गरे, अनि इन्कार गरेनन्, र “म ख्रीष्ट होइनँ” भनी स्वीकार गरे।
21 तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?” उनले भने “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइन।”
22 तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्नो विषयमा के भन्छौ?”
23 उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्थानमा कराउने एक व्यक्तिको म आवाज हुँ।”
24 तिनीहरूलाई फरिसीहरूले पठाएका थिए।
25 अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्ट पनि होइनौ, एलिया पनि होइनौ, त्यो अगमवक्ता पनि होइनौ भने, किन बप्तिस्मा दिन्छौ?”
26 यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्तिस्मा दिन्छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।
27 मपछि आउनुहुने उहाँ नै हुनुहुन्छ। उहाँका जुत्ताको फित्ता खोल्ने योग्यको म छैनँ।”
28 यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए।
29 भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!
30 उनी उहाँ नै हुनुहुन्छ, जसको विषयमा मैले भनेको थिएँ, ‘मपछि एक जना मानिस आउनुहुन्छ, जो मभन्दा उच्च हुनुहुन्छ, किनभने उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो।’
31 म आफैले उहाँलाई चिनेको थिइनँ, तर उहाँ इस्राएलमा प्रकट होऊन् भनेर नै पानीले बप्तिस्मा दिँदै म आएँ।”
32 यूहन्नाले यसो भन्दै गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर आई उहाँमाथि बस्नुभएको देखें।
33 मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्नुभयो, ‘जसमाथि तिमी पवित्र आत्मालाई ओर्लंदै र बस्दैगर्नुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’
34 मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्वरका पुत्र उहाँ नै हुनुहुन्छ।”
35 फेरि अर्को दिन यूहन्ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए।
36 उनले येशूलाई गइरहनुभएको देखेर भने, “हेर, परमेश्वरका थुमा!”
37 उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे।
38 येशूले फर्केर हेर्नुभयो, र तिनीहरूलाई पछिपछि आइरहेका देखेर तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के खोज्दैछौ?” तिनीहरूले उहाँलाई भने, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्नुहुन्छ?”
39 उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” तिनीहरू गए, र उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग वास बसे, किनभने प्राय: चार बजिसकेको थियो।
40 यूहन्नाले भनेका कुरा सुन्ने र येशूलाई पछ्याउने ती दुई जनामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।
41 तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए, र उनलाई भने “हामीले मसीहलाई (जसको अर्थ हो, ख्रीष्ट) भेट्टाएका छौं।”
42 तिनले सिमोनलाई येशूकहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी योआनेसको छोरा सिमोन हौ, तिमी केफास (जसको अर्थ हो, चट्टान) भनिनेछौ।”
43 भोलिपल्ट उहाँले गालीलमा जाने निश्चय गर्नुभयो। र फिलिपलाई भेट्टाएर उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
44 अन्द्रियास र पत्रुसजस्तै फिलिप पनि बेथसेदा सहरका नै थिए।
45 फिलिपले नथानेललाई भेट्टाएर भने, “जसको विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, योसेफका पुत्र नासरतका येशूलाई हामीले भेट्टाएका छौं।”
46 नथानेलले तिनलाई भने, “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” फिलिपले तिनलाई जवाफ दिए, “आएर हेर।”
47 येशूले नथानेललाई आफूकहाँ आइरहेका देखेर तिनको विषयमा भन्नुभयो, “एक जना पक्का इस्राएलीलाई हेर, जसमा कुनै छल छैन।”
48 नथानेलले सोधे, “तपाईंले मलाई कसरी चिन्नुभयो?” येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “फिलिपले तिमीलाई बोलाउन अघि, अञ्जीरको रूखमुनि मैले तिमीलाई देखेको थिएँ।”
49 नथानेलले उहाँलाई भने, “रब्बी, तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ, तपाईं इस्राएलका राजा हुनुहुन्छ।”
50 येशूले तिनलाई जवाफ दिई भन्नुभयो “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखें भनेकोले नै तिमी विश्वास गर्दछौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।”
51 अनि उहाँले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लँदै र ओर्लंदैगरेका देख्नेछौ।”
२ तिमोथी 3 : 1 – 17
1 तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्।
2 किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
3 स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,
4 विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने,
5 भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस।
6 किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्ना अधीनमा पार्छन्।
7 जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्।
8 यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेजस्तै, यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यी मानिसहरू भ्रष्ट दिमागका र नक्कली विश्वासका हुन्छन्।
9 तर तिनीहरू अझ धेरै टिक्न सक्नेछैनन्, किनकि ती दुई मानिसको जस्तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।
10 अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ,
11 मेरा सतावटहरू र मेरा कष्टहरू एन्टिओखियामा, आइकोनियनमा र लुस्त्रामा ममाथि के पर्न आयो र कस्ता-कस्ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।
12 ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,
13 तर दुष्ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्-झन् दुष्ट हुँदैजानेछन्।
14 तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ।
15 तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ।
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
17 ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।
मत्ती 7 : 1 – 29
1 “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ।
2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ।
3 “किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
4 अथवा तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ, ‘मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ।’
5 ए ढोंगी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्न सक्नेछौ।
6 “जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्।
7 “माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।
8 किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।
9 “तिमीहरूमध्ये कुन मानिस होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला?
10 कि माछा माग्दा त्यसलाई साँप देला?
11 यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।
12 मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्।
14 किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्।
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्।
16 तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र?
17 त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ।
18 असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ।
19 असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।
20 यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ।
21 “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
22 त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
23 अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
24 “यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो।
25 अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो।
26 जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो।
27 पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो।”
28 येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्क पर्यो।
29 किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो।
प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
प्रेरित 17 : 11
11 यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे।
Leave a Reply