यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झूटा अगमवक्ताहरू
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
१ यूहन्ना 4 : 1 – 6
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
2 यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो।
3 येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा “त्यो आउँछ” भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ।
4 मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ।
5 तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ।
6 हामी त परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं।
२ पत्रुस 2 : 1
1 जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्। यिनीहरूले गुप्त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्याउनेछन्, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्याउनेछन्।
मत्ती 7 : 15
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्।
मर्कूस 7 : 6 – 9
6 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ।
7 तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्।’
8 तिमीहरू परमेश्वरको आज्ञालाई त्यागेर मानिसहरूका परम्परा मान्छौ।”
9 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ।
प्रकाश 20 : 10
10 तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्।
१ कोरिन्थी 14 : 33
33 किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार,
मत्ती 7 : 21
21 “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
मत्ती 24 : 24
24 किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्।
व्यवस्था 18 : 20
20 तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्ने वा अन्य देवताको नाउँमा बोल्ने अगमवक्ता मारिनुपर्छ।”
यर्मिया 23 : 26
26 यी झूटा अगमवक्ताहरू, जसले आफ्नै मनका भ्रमको अगमवाणी कहन्छन्, तिनीहरूको हृदयमा कहिलेसम्म यो कुरा रहला?
यूहन्ना 14 : 6
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
प्रकाश 19 : 20
20 तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झूटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए।
यर्मिया 5 : 30 – 31
30 “यस देशमा डरलाग्दो र बीभत्स काम भएको छ।
31 अगमवक्ताहरू झूट अगमवाणी कहन्छन्। पूजाहारीहरू आफ्नै अधिकारले शासन गर्छन्। अनि मेरा प्रजाचाहिँ यस्तै हुन रुचाउँछन्। तर आखिरमा तिमीहरू के गर्नेछौ?”
प्रकाश 13 : 1 – 18
1 समुद्रबाट एउटा पशु निस्किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्यसका सीङमा दश वटा मुकुट थिए, र त्यसका शिरमा ईश्वर-निन्दाको नाउँ थिए।
2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। त्यस अजिङ्गरले त्यस पशुलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अधिकार दियो।
3 त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो।
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्यसले आफ्नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्दै पशुको पूजा गरे, “यो पशुजस्तो अरू को छ? यसको विरुद्धमा को लड्न सक्ने?”
5 त्यसलाई अहङ्कारी र ईश्वर-निन्दक शब्दहरू उच्चारण गर्ने मुख दिइयो। त्यसलाई बयालीस महिनासम्म अधिकार चलाउने अनुमति दिइयो।
6 परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाउँ र उहाँको वासस्थान, र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्नलाई त्यसले आफ्नो मुख खोल्यो।
7 अनि त्यसलाई सन्तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्यसलाई अधिकार दिइयो।
8 र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
9 जसको कान छ त्यसले सुनोस्—
10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्तहरूको सहनशीलता र विश्वास यसैमा छ।
11 अनि पृथ्वीबाट निस्किरहेको अर्को एउटा पशु मैले देखें। त्यसको पनि थुमाका जस्तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्तै त्यो बोल्दथ्यो।
12 त्यसले पहिलो पशुको उपस्थितिमा त्यही पशुको सारा अधिकार चलाउँदथ्यो, र पृथ्वी र त्यसका सम्पूर्ण बासिन्दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्यो, जसको घातक चोट निको भएको थियो।
13 मानिसका आँखाको अगि आकाशबाट पृथ्वीमा आगो झार्नेजस्ता ठूला-ठूला चिन्हहरू पनि त्यसले गर्यो।
14 पहिलो पशुको उपस्थितिमा जुन चमत्कार देखाउने शक्ति त्यसलाई दिइएको थियो, त्यहीद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्यस पहिलो पशुको सम्मानमा एउटा मूर्ति बनाउने हुकुम त्यसले तिनीहरूलाई दियो।
15 त्यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि पशुको त्यो मूर्ति बोल्न सकोस्, र त्यस पशुको मूर्तिलाई नपुज्नेहरू मारिऊन्।
16 अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्यो छापचाहिँ त्यस पशुको नाउँ वा त्यसका नाउँको संख्या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्यसले त्यस पशुको संख्या जोडोस्, किनकि त्यो कुनै मानिसको संख्या हो, र यो संख्याचाहिँ छ सय छयसट्ठी हो।
प्रकाश 2 : 2
2 तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्दछन्, तर वास्तवमा होइनन्, त्यस्तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्दछु।
रोमी 16 : 18
18 किनभने यस्ताहरूले ख्रीष्ट हाम्रा प्रभुको निम्ति होइन, तर आफ्नै पेटको निम्ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्छन्।
यशैया 44 : 25
25 जसले झूटा अगमवक्ताहरूका चिन्ह निष्फल तुल्याउँनुहुन्छ, र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउँनुहुन्छ, जसले ज्ञानी मानिसहरूको ज्ञान भ्रष्ट पार्नुहुन्छ, र त्यसलाई मूर्खतामा परिणत गर्नुहुन्छ,
यूहन्ना 8 : 44
44 तिमीहरू आफ्नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई केही वास्ता छैन। किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ, त्यो आफ्नै स्वभावअनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो।
भजनसंग्रह 55 : 1 – 232
1 सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा दाऊदको मस्किल [1] मेरो प्रार्थना सुनिदिनुहोस्, हे परमेश्वर, र मेरो विनयबाट मुख नमोड्नुहोस्।
2 मतिर ध्यान दिनुहोस्, र मलाई जवाफ दिनुहोस्। मेरो मनका विचारले म दु:खित छु, म व्याकुल छु,
3 मेरा शत्रुको आवाजदेखि, दुष्टका आँखाको तराइदेखि, किनभने तिनीहरूले ममाथि कष्ट ल्याउँछन् र क्रोधमा तिनीहरू भर्त्सना गर्छन्।
4 मेरो हृदय मभित्र ज्यादै वेदनामा छ, र मृत्युको त्रासले मलाई छोपेको छ।
5 डर र कम्पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ।
6 मैले भनें, “ढुकुरका जस्तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ।
7 उड़ेर म टाढ़ा जानेथिएँ, र मरुभूमिमा म बस्नेथिएँ। सेला
8 आँधी र तूफानबाट टाढ़ा, मेरो शरणस्थानतिर आतुरी गरेर जानेथिएँ।”
9 हे परमप्रभु, दुष्टहरूका योजनाहरू नष्ट गरिदिनुहोस्। तिनीहरूको भाषा खलबल्याइदिनुहोस्, किनकि म सहरमा हिंसा र झगड़ा देख्तछु।
10 दिनरात तिनीहरू त्यसका पर्खालमा चढ़ेर शिकारको खोजमा वरिपरि घुम्छन्, अधर्म र उपद्रव त्यसभित्र छन्।
11 विध्वंसकारी शक्तिहरू सहरभित्र प्रबल छन्, धम्की र झूटले त्यसका सड़कहरू कहिल्यै छोड़ेर जाँदैनन्।
12 यदि मेरो शत्रुले मलाई अपमान गर्ने भए, त्यो म सहन सक्नेथिएँ। यदि मेरो शत्रु ममाथि आइलागेको भए, त्योदेखि म लुक्न सक्नेथिएँ।
13 तर त्यो त तिमी नै हौ, मजस्तै मानिस, मेरा सहचारी, मेरै हितको मित्र।
14 तिनीसँग एक चोटि मेरो मधुर सङ्गति हुन्थ्यो, जसै हामी मानिसको समूहसित परमेश्वरको भवनमा हिँड्थ्यौं।
15 मृत्युले मेरा शत्रुहरूलाई अचानक निलोस्। तिनीहरू जिउँदै चिहानमा जाऊन्, किनकि दुष्टता तिनीहरूकै बीचमा वास गर्दछ।
16 तर म त परमेश्वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्छ।
17 बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्नुहुन्छ।
18 म लड़िरहेको युद्धमा उहाँले मलाई विनाचोट उद्धार गर्नुहुन्छ, यद्यपि धेरै जनाले मेरो विरोध गर्छन्।
19 सनातनदेखि सिंहासनमा विराजमान हुनुहुने परमेश्वरले सुन्नुहुनेछ र तिनीहरूलाई वेदना दिनुहुनेछ। सेला किनभने तिनीहरू आफ्नो बाटो कहिल्यै सुधार्दैनन्, र परमेश्वरको भय मान्दैनन्।
20 मेरा साथीले तिनका आफ्ना मित्रहरूमाथि आक्रमण गर्छन्, तिनले आफ्नो करार भङ्ग गरेका छन्।
21 तिनको बोली घिउजस्तै चिप्लो छ, तर तिनको हृदयमा झगड़ा छ। तिनका कुराहरू तेलभन्दा पनि आरामदायक छ, तर ती नाङ्गा तरवार हुन्।
22 तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुनेछैन।
23 तर हे परमेश्वर, तपाईंले दुष्टहरूलाई विनाशको खाड़लमा फालिदिनुहुनेछ। हत्यारा र छली मानिसहरू तिनीहरूको आधा आयुसम्म पनि जिउनेछैनन्। तर म त तपाईंमा भरोसा राख्तछु।
Leave a Reply