यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् झुट
लेवीहरू 6 : 7
7 यसरी पूजाहारीले त्यसको निम्ति परमप्रभुको सामु प्रायश्चित गर्नेछन्, र जुन कुराको कारणले त्यो दोषी ठहरिएको हो, त्यो त्यसलाई क्षमा हुनेछ।”
लेवीहरू 19 : 12
12 “‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्यसो गर्नाले तिमीहरूले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ।
यशैया 48 : 1
1 “हे याकूबका घराना हो, तिमीहरू, जो इस्राएल नाउँले बोलाइएका छौ, र यहूदाको वंशबाट आएका हौ, यी कुरा सुन। तिमीहरू, जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलका परमेश्वरको नाउँमा पुकारा गर्छौ, तर सत्यता र धार्मिकतामा होइन—
यर्मिया 5 : 2
2 ‘जीवित परमप्रभुको नाउँमा’ भनी तिनीहरू भन्छन्, तापनि तिनीहरू झूटा शपथ खान्छन्।”
यर्मिया 7 : 9
9 “‘के तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ, व्यभिचार गर्छौ, झूटा देवताहरूको नाउँमा शपथ खान्छौ, बाल देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका देवताहरूका पछि लाग्छौ,
होशे 10 : 4
4 तिनीहरूले धेरै प्रतिज्ञा गर्छन्, झूटा कसम खान्छन् र करारहरू बाँध्छन्। यसैकारण हलो जोतेको भूमिमा विषालु झार उम्रेझैँ न्यायका मुद्दाहरू बढ्छन्।
जकरिया 5 : 4
4 सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्यो पस्नेछ, र त्यो घरभित्र रहनेछ र त्यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।”
जकरिया 8 : 17
17 आफ्नो छिमेकीको विरुद्धमा खराब षड्यन्त्र नगर, र झूटा शपथ खान नरुचाओ। यी सबै कुरा म घृणा गर्दछु,” परमप्रभु भन्नुहुन्छ।
मलाकी 3 : 5
5 “यसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्यभिचारीहरू र झूटो गवाही बक्नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, र मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
मत्ती 5 : 33
33 “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, ‘तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर्।’
२ इतिहास 36 : 13
13 परमेश्वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा तिनी बागी भए। तिनी अटेरी र हठी भएर परमप्रभु इस्राएलका परमेश्वरतिर फर्किआउन तिनले इन्कार गरे।
१ राजाहरू 21 : 13
13 तब ती दुई नीच मानिस आएर तिनको विपरीत बसे, र परमेश्वर र राजालाई तिनले सरापेका छन् भनी मानिसहरूका सामुन्ने तिनलाई खुल्लमखुल्ला अभियोग लाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे।
भजनसंग्रह 35 : 11
11 निर्दयी साक्षीहरू अगि आउँछन्। मैले जान्दै नजानेका कुरा तिनीहरू मलाई सोध्छन्।
मत्ती 26 : 59
59 अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्न लागे।
मर्कूस 14 : 57
57 कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए,
प्रेरित 6 : 11
11 तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।”
प्रेरित 6 : 14
14 किनभने यसले यसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”
Leave a Reply