ज्वालामुखी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ज्वालामुखी

व्यवस्था 4 : 11
11 पर्वतमा आगो दन्‍केर आकाशसम्‍मै पुग्‍यो, र बाक्‍लो बादल आएर त्‍यहाँ घोर अन्‍धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ।

व्यवस्था 5 : 23
23 जब तिमीहरूले अन्‍धकारको बीचबाट सोर सुन्‍यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए।

न्यायकर्ताहरू 5 : 5
5 परमप्रभुको सामु, अँ, सीनैका परमप्रभुको सामु, परमप्रभुको सामु, इस्राएलका परमेश्‍वरको सामु पहाड़हरू डरले थरथराए।

भजनसंग्रह 97 : 5
5 परमप्रभुको सामुन्‍ने पर्वतहरू मैनझैँ पग्‍लन्‍छन्‌, सारा पृथ्‍वीका स्‍वामीको सामुन्‍ने।

भजनसंग्रह 104 : 32
32 तपाईंको दृष्‍टि पर्दा पृथ्‍वी कम्‍पायमान हुन्‍छ, तपाईंको स्‍पर्शमा मात्र पहाड़हरूबाट धूवाँ निस्‍कन्‍छ।

भजनसंग्रह 144 : 5
5 हे परमप्रभु, आफ्‍नो स्‍वर्गलाई खोल्‍नुहोस्‌ र तल ओर्लनुहोस्‌, पहाड़हरूलाई छुनुहोस्‌, र तीबाट धूवाँ निक्‍लिआओस्‌।

यशैया 34 : 10
10 त्‍यो रातदिन निभ्‍नेछैन। त्‍यसको धूवाँ निरन्‍तर उठिरहनेछ। पुस्‍तादेखि पुस्‍तासम्‍म त्‍यो उजाड़ भएर रहनेछ, त्‍यसबाट भएर कोही पनि फेरि कहिल्‍यै जानेछैन।

यशैया 64 : 3
3 जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्‍थितिमा कामे।

यर्मिया 51 : 25
25 “हे नाश गर्ने पहाड़, जसले सारा पृथ्‍वीलाई नाश गर्दछ, म तेरो विरुद्धमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “म मेरो हात तेरो विरुद्धमा पसार्नेछु, र तँलाई भीरबाट तल खसालिदिनेछु, र तँलाई डढ़ेलो लागेको पहाड़ तुल्‍याइदिनेछु।

मीका 1 : 4
4 आगोमा मैन पग्‍लेजस्‍तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्‍लन्‍छन्, र उपत्‍यकाहरू टुक्रिन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *