यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ज्वरो
लेवीहरू 26 : 16
16 म तिमीहरूका बीचमा आतङ्क फैलाउनेछु, अनि शरीर नष्ट पार्दैजाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदैलाने भयङ्कर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बीउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्।
व्यवस्था 28 : 22
22 क्षयरोग, जरो, सूज, प्रचण्ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्याएर तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।
अय्यूब 30 : 30
30 कालो भएको मेरो छाला पत्रै-पत्र भएर झर्छ र जरोले मेरो शरीर जलेको छ।
भजनसंग्रह 22 : 15
15 माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ, र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्युको धूलोमा मिलाउनुभएको छ।
मत्ती 8 : 14
14 पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो।
प्रेरित 28 : 8
8 पब्लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्नो हात तिनीमाथि राखी तिनलाई निको पारे।
Leave a Reply