ज्येष्ठ नागरिक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ज्येष्ठ नागरिक

२ कोरिन्थी 4 : 16
16 यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदैजान्‍छ।

अय्‍यूब 12 : 12
12 के पाकाहरूका बीचमा बुद्धि पाइँदैन र? के लामो आयुले समझ ल्‍याउँदैन?

भजनसंग्रह 92 : 14
14 बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्‍छन्‌, र तिनीहरू ताजा र हरिया रहन्‍छन्‌,

यशैया 46 : 4
4 तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यही हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।

भजनसंग्रह 71 : 18
18 हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुलिसक्‍दा पनि मलाई नत्‍याग्‍नुहोस्‌, अर्को पुस्‍तालाई र पछि आउने सबैलाई मैले तपाईंका सामर्थ्‍यको घोषणा नगरेसम्‍म मलाई नत्‍याग्‍नुहोस्‌।

भजनसंग्रह 91 : 16
16 लामो आयु दिएर म त्‍यसलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु, र त्‍यसलाई म उद्धारको दर्शन दिनेछु।”

लूका 2 : 25 – 38
25 यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्‍त्‍वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्‍मा उनीमाथि हुनुहुन्‍थ्‍यो।
26 “परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्‍म तिमी मर्नेछैनौ” भन्‍ने प्रकाश उनले पवित्र आत्‍माबाट पाएका थिए।
27 उनी पवित्र आत्‍माको प्रेरणामा मन्‍दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्‍ति व्‍यवस्‍थाअनुसारको विधि गर्नलाई मन्‍दिरभित्र ल्‍याए,
28 तब उनले उहाँलाई आफ्‍नो काखमा लिए, र परमेश्‍वरलाई धन्‍यवाद दिएर भने,
29 “अब हे परमप्रभु, आफ्‍नो वचनअनुसार तपाईंले आफ्‍नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस्‌।
30 किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्,
31 जो तपाईंले सबै मानिसहरूका सामुन्‍ने तयार पार्नुभएको छ,
32 अन्‍यजातिहरूलाई प्रकाशको निम्‍ति ज्‍योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्‍ति ज्‍योति।”
33 अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्‍क परे।
34 शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्‍थानको निम्‍ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्‍हको निम्‍ति नियुक्त गरिएको छ,
35 ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्‌। अनि तरवारले तिम्रो आफ्‍नै हृदय पनि छेड्‌नेछ।”
36 आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌।
37 अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्‌। तिनले मन्‍दिर छोड्‌दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्‌।
38 त्‍यही बेला तिनले आएर परमेश्‍वरलाई धन्‍यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्‌।

यूहन्‍ना 3 : 1 – 26
1 फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए।
2 यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”
4 निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?”
5 येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन।
6 शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो।
7 मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान।
8 बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।”
9 निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्‍दछ?”
10 येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्‍दैनौ?
11 साँच्‍चै, म तिमीलाई भन्‍दछु, हामी जे जान्‍दछौं त्‍यो भन्‍दछौं, र हामीले जे देखेका छौं त्‍यसको गवाही दिन्‍छौं, तर तिमीहरू हाम्रो गवाही स्‍वीकार गर्दैनौ।
12 मैले तिमीहरूलाई पृथ्‍वीका कुरा भनें, र पनि तिमीहरू विश्‍वास गर्दैनौ, त तिमीहरूलाई स्‍वर्गका कुरा बताएँ भने कसरी विश्‍वास गर्न सक्‍छौ?
13 स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन।
14 जसरी मोशाले उजाड-स्‍थानमा सर्पलाई उचाले, त्‍यसरी नै मानिसको पुत्र उचालिनुपर्छ,
15 र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ।
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।
18 जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन।
19 फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए।
20 किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।
21 सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।”
22 यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्‍यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्‍तिस्‍मा दिनुभयो।
23 यूहन्‍नाले पनि सालीमको छेउ एनोनमा बप्‍तिस्‍मा दिन्‍थे, किनकि त्‍यहाँ प्रशस्‍त पानी थियो। त्‍यहाँ मानिसहरू आउँथे र बप्‍तिस्‍मा लिन्‍थे।
24 त्‍यस बेलासम्‍म यूहन्‍ना झ्‍यालखानमा परेका थिएनन्‌।
25 त्‍यसै बेला यूहन्‍नाका चेलाहरूको एक जना यहूदीसँग शुद्धीकरणको विषयमा वाद-विवाद भयो।
26 यूहन्‍नाकहाँ आएर तिनीहरूले उनलाई भने, “गुरुज्‍यू, यर्दन पारि जो तपाईंसँग हुनुहुन्‍थ्‍यो, जसको बारेमा तपाईंले गवाही दिनुभयो, हेर्नुहोस्, उहाँले बप्‍तिस्‍मा दिइरहनुभएको छ, र सबै उहाँकहाँ जाँदैछन्‌।”

भजनसंग्रह 100 : 1 – 5
1 हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको जयजयकार मनाओ।
2 आनन्‍दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्‍ने आओ।
3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
4 उहाँको भवनका द्वारहरूभित्र धन्‍यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्‍दिरमा प्रवेश गर। उहाँलाई धन्‍यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर।
5 किनभने परमप्रभु भला हुनुहुन्‍छ, र उहाँको करुणा सदाकाल रहन्‍छ। उहाँको विश्‍वसनीयता पुस्‍तादेखि पुस्‍तासम्‍म रही नै रहन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *