यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोहानन
२ राजाहरू 25 : 24
24 गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खाएर आश्वासन दिए, र तिनले भने, “बेबिलोनी अधिकारीहरूसँग नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।”
यर्मिया 40 : 16
16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर। किनकि तिमीले इश्माएलको विषयमा भनेको कुरा असत्य हो।”
यर्मिया 41 : 15
15 तर नतन्याहको छोरो इश्माएल आफ्ना आठ जना मानिसहरूसित योहानानको हातबाट उम्केर अम्मोनीहरूकहाँ भागेर गयो।
यर्मिया 42 : 3
3 परमप्रभु तपाईंका परमेश्वरले हामीलाई कहाँ जाने हो, र हामीले के गर्नुपर्ने हो, सो देखाइदेऊन् भनेर प्रार्थना गर्नुहोस्।”
यर्मिया 43 : 7
7 यसरी परमप्रभुको आज्ञा भङ्ग गरेर तिनीहरू मिश्रदेशमा गए, र तिनीहरू तहपनेसमा पुगे।
१ इतिहास 3 : 15
15 योशियाहका छोराहरू: जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह, र कान्छा शल्लूम थिए।
१ इतिहास 3 : 24
24 एल्यहोएनैका छोराहरू: होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी— जम्मा सात जना।
१ इतिहास 6 : 10
10 योहानान अजर्याहका पिता थिए (त्यही अजर्याहले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्दिरमा पूजाहारीको सेवा गर्थे),
१ इतिहास 12 : 4
4 गिबोनी यिश्मायाह, जो ती तीसमध्येका एक वीर र तिनीहरूका प्रधान थिए।
१ इतिहास 12 : 12
12 आठौँ योहानान, नवौँ एल्जाबाद,
२ इतिहास 28 : 12
12 तब कुनै-कुनै एफ्राइमका प्रधानहरू, अर्थात् येहोहानानका छोरा अजर्याह, मशिल्लेमोतका छोरा बेरेक्याह, शल्लूमका छोरा येहिजक्याह र हद्लैका छोरा अमासाले युद्धबाट फर्केर आइरहेकाहरूलाई भेट्टाएर भने,
एज्रा 8 : 12
12 अज्गादका परिवारका— हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष।
एज्रा 10 : 6
6 त्यसपछि एज्रा परमेश्वरका भवनको अगिबाट एल्यासीबका छोरा येहोहानानको कोठामा गएर बसे। तिनले केही खानपान गरेनन्, किनभने कैदबाट फर्केर आएकाहरूका अपराधका निम्ति तिनी विलाप गर्दैथिए।
नहेम्याह 12 : 23
23 लेवी परिवारहरूका मुखियाहरूका नाउँचाहिँ एल्यासीबका छोरा योहानानको पालासम्मै इतिहासको पुस्तकमा लेखिएका थिए।
Leave a Reply