जोश

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् जोश

प्रकाश 3 : 19
19 जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्‍काउँछु, र ताड़ना दिन्‍छु। यसकारण उत्‍साहित होओ। पश्‍चात्ताप गर।

रोमी 10 : 2
2 म यो गवाही दिन्‍छु कि परमेश्‍वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन।

रोमी 12 : 11
11 जोशमा पछि नहट। पवित्र आत्‍मामा प्रज्‍वलित होओ, प्रभुको सेवा गर्दैरहो।

तीतस 2 : 14
14 ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो।

यशैया 59 : 17
17 उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्‍त्र लाउनुभयो र जोशलाई पोशाकजस्‍तै पहिरिनुभयो।

भजनसंग्रह 119 : 139
139 मेरो जोशले मलाई खाइसकेको छ, किनभने मेरा शत्रुहरूले तपाईंका वचनहरूको बेवास्‍ता गर्छन्‌।

फिलिप्पी 1 : 27
27 केवल तिमीहरूका जीवनको चाल ख्रीष्‍टका सुसमाचारको योग्‍य होस्‌। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्‍थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्‍न चाहन्‍छु, कि तिमीहरू एउटै आत्‍मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्‍वासको निम्‍ति मिलेर परिश्रम गर्दछौ,

१ कोरिन्थी 9 : 27
27 तर म आफ्‍नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्‍तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्‍य ठहरिनेछु।

२ कोरिन्थी 9 : 2
2 किनभने म तिमीहरूको तत्‍परता जान्‍दछु। यसको विषयमा माकेडोनियाका मानिसहरूका सामुन्‍ने तिमीहरूको गर्व गर्दै मैले भनेथें, कि पोहोर सालदेखि अखैया तयारी भइरहेको छ। तिमीहरूको जोशले तिनीहरूमध्‍ये धेरैजसोलाई उत्तेजित पारेको छ।

२ थेसलोनिकी 3 : 13
13 तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ।

याकूब 2 : 20 – 24
20 मूर्ख हो, कामविनाको विश्‍वास व्‍यर्थ हुन्‍छ भन्‍ने कुराको प्रमाण चाहन्‍छौ?
21 जब हाम्रा पुर्खा अब्राहामले आफ्‍नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन्‌ र?
22 तिमी देख्‍तछौ, कि तिनका कामहरू सँगसँगै विश्‍वास क्रियाशील थियो, र कामद्वारा नै विश्‍वास पूर्ण भएको थियो।
23 पवित्रधर्मशास्‍त्रको यसो भन्‍ने वचन पूरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्‍ति धार्मिकता गनियो,” र उनी परमेश्‍वरका मित्र कहलिए।
24 तिमीहरू देख्‍तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्‍वासद्वारा मात्र होइन।

१ तिमोथी 4 : 12
12 जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।

२ कोरिन्थी 4 : 16 – 18
16 यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदैजान्‍छ।
17 किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ।
18 हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।

फिलिप्पी 4 : 17
17 मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्‍तो फलको आशा राख्‍छु, जो तिमीहरूकै हिसाबमा जम्‍मा हुँदैजाओस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *